प्रेस स्वतन्त्रता सेनानी स्व. ‘चाचाजी’ को ९३ औ जन्मजयन्ती मनाईयो
नेपालगन्ज, २७ भाद्र - प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ता ‘चाचाजी’ को ९३ औ जन्मजयन्ती नेपालगन्जमा मनाईएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको प्रमुख अतिथित्वमा प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ता प्रतिष्ठानको आयोजनामा ‘चाचाजी’को ९३ औ जन्मजयन्ती नेपालगन्जमा भब्यका साथ मनाईएको छ ।
प्रतिष्ठानका अध्यक्ष, पुर्व मेयर, राजनीतिक, वरिष्ठ अधिवक्ता तथा ‘चाचाजी’का छोरा विजयकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, गैसस अध्यक्ष नमस्कार शाहले पन्नालाल चाचाजीले सञ्चालन गरेको साप्ताहिक किरणलाई पुनः सञ्चालनमा ल्याउन आफुहरूबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । ‘चाचाजी’ काे पत्रकारिता क्षेत्रमा योगदान मात्र नभएर परिवारका लागि पनि उत्तिकै संघर्ष...







