Wednesday, September 16सत्यम खबर
Shadow

आस्था

नयाँ रंग र भेरियन्टसहित बजारमा आयो रोयल इन्फिल्ड हन्टर ३५०

नयाँ रंग र भेरियन्टसहित बजारमा आयो रोयल इन्फिल्ड हन्टर ३५०

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ भदौ – रोयल इन्फिल्डले नेपालमा लोकप्रिय हन्टर ३५० लाई नयाँ भेरियन्ट र दुई नयाँ रंगसहित बजारमा ल्याएको छ । कम्पनीले हन्टर ३५० को नयाँ Tarmac Black भेरियन्ट सार्वजनिक गर्दै टप भेरियन्टमा Mumbai Yellow रMoonshot White रंग थप गरेको हो । नयाँ भेरियन्टमार्फत ग्राहकलाई डिजाइनसँगै दैनिक प्रयोगका लागि सहज र व्यावहारिक विकल्प उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको जनाएको छ । हन्टर ३५० को मौलिक रोडस्टर डिजाइन, चुस्त ह्यान्डलिङ र सहज राइडिङ अनुभवलाई भने नयाँ संस्करणमा पनि निरन्तरता दिइएको छ । नयाँ Tarmac Black भेरियन्टमा Alloy Wheels, Digi–Analog Instrument Cluster, राउन्ड ह्यालोजन हेडलाम्प, रोटरी स्विचगियर, Stitched Seat तथा स्पोर्टी ग्राब रेल राखिएको छ । यसमा Single–Channel ABS र Slip & Assist Clutch समेत उपलब्ध छन् । कम्पनीका अनुसार Slip & Assist Clutch ले गियर परिवर्त...
जसपा छाडेर श्रम संस्कृति पार्टीमा मोहम्मद रहिस हल्वाई

जसपा छाडेर श्रम संस्कृति पार्टीमा मोहम्मद रहिस हल्वाई

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३० भदौ – लामो समयदेखि राजनीतिमा सक्रिय नेपालगन्ज उपमहानगरपालिका–४ निवासी मोहम्मद रहिस हल्वाई जनता समाजवादी पार्टी -जसपा) नेपाल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । हल्वाईले श्रम संस्कृति पार्टीमा …श्रमदाता सहयोगी सदस्यÚ का रूपमा सदस्यता लिएका हुन् । उनलाई पार्टीका संगठन प्रमुख राजन राना मगरले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए । जसपाबाट राष्ट्रिय सभाको उम्मेदवारसमेत रहेका हल्वाईले श्रम, उत्पादन र आत्मनिर्भरतालाई राजनीतिको केन्द्रमा राख्ने अभियानप्रति आकर्षित भएर श्रम संस्कृति पार्टी रोजेको बताएका छन् । पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै उनले राजनीतिलाई केवल सत्ता र पदसँग जोड्नुभन्दा जनताको दैनिक जीवन, श्रम र उत्पादनसँग जोड्नुपर्ने धारणा व्यक्त गरे । æश्रम र उत्पादनमार्फत समाज र देश निर्माण गर्ने अभियानमा सक्रिय हुन चाहेकाले श्रम संस्कृति प...
पेन्टिङ र खेल सामाग्री पाएपछि आश्रित बालबालिका दङ्ग

पेन्टिङ र खेल सामाग्री पाएपछि आश्रित बालबालिका दङ्ग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ भदौ – ६२ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बालबालिकालाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको छ । गोपाल–नीना फाउण्डेशन, नेपालद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गर्दै आश्रितहरुलाई विहानको खाना पनि खुवाइएको हो । फाउण्डेसनकी सहनिर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार बाल दिवसको अवसरमा उक्त आश्रममा आश्रित अभिभावक विहीन, आफन्तहरु समेत गुमाएका सहारा विहीन करीब ५० जना बालबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको थियो भने उनीहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फटन गरेर वीच चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । डा. तृप्ती पाल रमणले भन्नुभयो- विगत २ वर्षदेखि बाल दिवसकै अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण, चित्रकला प्रतियोगिता, निःशुल्क स्वास्थ्य परिक्षण औषधी वितरण तथा स्वास्थ्य प...
नेपाल मानव धर्म सेवा समितिको आयोजित रक्तदान

नेपाल मानव धर्म सेवा समितिको आयोजित रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ भदौ – बाँके जिल्लाको नेपालगन्जमा श्री सतपालजी महाराजको जन्मोत्सव दिवसको पावन अवसरमा नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जको आयोजनामा रक्तदान कार्यक्रममा महिला पुरुष गरी २९ जनाले शनिवार रक्तदान गरेका छन् । नेपालगन्ज नगरपालिका वार्ड नं.१८ कारकाँदौ स्थित नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जको सभा हलमा आयोजित रक्तदान कार्यक्रममा भेरी राप्ती क्षेत्र प्रभारी महात्मा चाँदना बाईजी लगायत प्रादेशिक रक्त सचार केन्द्र नेपालगन्जका प्राबिधिक प्रमुख उपेन्द्र रेग्मी, महेश दहितलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो । नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक मंगल जिएमका अनुसार …रक्तदान जीवनदानÚ मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा रक्तदान संकलन गर्नेहरुमा प्रा...
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रमेश कुमार बोहोरा काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन, प्रशासनिक प्राथमिकता वा खर्च कटौतीको सामान्य निर्णय हुन सक्छ । तर छापा माध्यमका लागि यो कुनै एउटा बजेट शीर्षक घटाइएको विषय मात्र होइन । यो हजारौँ पत्रकार तथा श्रमजीवी पत्रकारको रोजगारी, स्वरोजगारमा आधारित साना तथा मझौला प्रकाशनको अस्तित्व, नागरिकसम्म सार्वजनिक सूचना पुर्‍याउने राज्यको प्रणाली र अन्ततः लोकतान्त्रिक सञ्चार बहुलतासँग जोडिएको गम्भीर प्रश्न हो । सबैभन्दा महत्वपूर्ण कुरा, सरकारले बुझ्नैपर्ने तथ्य हो । लोककल्याणकारी विज्ञापन कुनै सरकार, मन्त्री वा राजनीतिक दलले पत्रकारलाई दिएको कृपा होइन । यो सात दशक लामो सार्वजनिक सूचना प्रवाहको एउटा स्थापित प्रणाली हो । यसको प्रारम्भिक आधार वि.सं...
महिला पुरुष गरी १ सय ३६ जनाले रक्तदान

महिला पुरुष गरी १ सय ३६ जनाले रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ भदौ – सयपत्री कला प्रतिष्ठान लम्की चुहा–१ लम्की कैलालीको आयोजना र नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा सोमवार बृहत रक्तदान कार्यक्रम महिला पुरुष गरी १ सय ३६ जनाले रक्तदान गरेका छन् । कैलाली जिल्लाको लम्की चुहा–१ लम्की बसपार्कमा …रक्तदान नै जीवनदानÚ भन्ने मूल नाराका साथ बृहत रक्तदान कार्यक्रमका सञ्चालक तथा सयपत्री कला प्रतिष्ठानका सचिव चन्द्र प्रसाद खनालद्वारा सञ्चालित बृहत रक्तदान कार्यक्रममा सयपत्री कला प्रतिष्ठानका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक राज बहादुर शाहीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतारालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । …रक्तदान नै जीवनदानÚ भन्ने मूल नाराका साथ आयोजित कार्...
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री पुनद्वारा अनुगमन तथा भ्रमण

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री पुनद्वारा अनुगमन तथा भ्रमण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ भदौ – आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुगमन तथा भ्रमण आउनु भएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनद्वारा अनुगमन तथा भ्रमण गरिएको छ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पताललाई अनुगमन गर्न आउनुभएको लुिम्बनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनलाई आई.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुले एक कार्यक्रमका बीच स्वागत गरेका छन् । स्वागत कार्यक्रममा १९ वर्षदेखि सेवा दिई रहनुभएका साइनिङ्ग अस्पताल, आई.एन.एफ.नेपाल बाँकेका प्रशासन अधिकृत नरेन्द्रबहादुर साउदद्वारा सञ्चालित कार्यक्रममा साइनिङ्ग अस्पताल, ३५ वर्षदेखि सेवा दिदैं आई रहनुभएका आई.एन.एफ.नेपाल, बाँकेका साइनिंग अस्पताल लेप्रोसी इन्चार्ज मंगलबहादुर थारुले लुिम्बनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनलाई साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल बाँकेले दिई ...
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा छात्राहरु वीच सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा छात्राहरु वीच सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ भदौ – हरेक वर्ष सेप्टेम्बर १० मा विश्वभर विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । यसको उद्देश्य आत्महत्याका कारण हुने मानवीय क्षति कम गर्नु, मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउनु र कठिन परिस्थितिमा रहेका व्यक्तिलाई सहयोगका लागि प्रेरित गर्नु हो । सन् २००३ देखि मनाइँदै आएको विश्व आत्महत्या रोकथाम दिवसको विश्व स्वास्थ्य संगठनले तय गरेको यस वर्ष æआत्महत्याबारेको सोंच र सम्वाद परिवर्तन गरौैंÆ नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही क्रममा नारी विकास केन्द्रले स्थानीय सल्यानी वाग स्थित कन्या माध्यमिक विद्यालयमा छात्राहरु वीच आज विहीबार अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । नारी विकास केन्द्रकी संस्थापक सदस्य शान्ति हमालको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियात्मक कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले स्वागत गर्नुहुँदै कार्यक्रमको उद्देश्...
के एल दुगड ग्रुपद्वारा रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

के एल दुगड ग्रुपद्वारा रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ भदौ – यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको हो । राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो । विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पु¥याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेक...
युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भदौ – नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । युनियन बाँकेको नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरुका लागि युनियनले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णय स्वरूप पत्रकारहरुलाई सहयोग पुगोस भनेर कल्याणकारी कोष निर्माण गर्ने निणर्य गरेको बताउनुभयो । ‘पत्रकारहरुलाई समस्या पर्दा कोषले केही राहत पुर्याउनेछ,’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘रिर्पोटिंगका लागि पत्रकारले जतिबेला पनि सवारी चलाइरहनुपर्ने अवस्था हुन्छ, त्यस क्रममा पत्रकारलाई दुर्घटनाको जोखिम धेरै हुन्छ, यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’ स्थापना गरिने कोषलाई करिब दश लाख पुर्याउने समेत अध्यक्ष खत्रीले बताउनुभयो । यस्तै शाखाले अधिवेशनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनको केन्द्...