पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
रौतहट, १६ चैत्र - पटक–पटक मन्त्री बनेका प्रभु साह विरुद्ध लामो समयदेखि उठ्दै आएको अकुत सम्पत्ति आर्जनसम्बन्धी विषय पुनः चर्चामा आएको छ। विगतमा विभिन्न समयमा उनीमाथि गम्भीर आरोपहरू लागे पनि सत्ता र शक्तिको प्रभावका कारण प्रभावकारी छानबिन हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो। तर, यसपटक भने परिस्थितिमा परिवर्तन आउन सक्ने संकेत देखिएको छ।
हाल बालेन शाह नेतृत्वमा अगाडि बढाइएको सरकारी ओहदामा रहेका तथा रहिसकेका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरण अभियानले देशभर तरंग सिर्जना गरेको छ। सोही अभियानको प्रभाव रौतहटसम्म पुगेपछि स्थानीय बासिन्दाहरूले पनि वर्षौंदेखि उठाउँदै आएको साहको सम्पत्ति छानबिनको माग अब सम्बोधन हुने आशा व्यक्त गरेका छन्।
पूर्वमन्त्री साहमाथि आफू सत्ता र सरकारमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको, आफन्त तथा नातेदारका नाममा विभिन्न ट्रस्ट र प्रतिष्ठानहरू स्थापना गरी सम्पत्ति लुक...









