Friday, March 14सत्यम खबर
Shadow

डुडुवा ३ मा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न !

महेश चौधरी
डुडुवा, भाद्र १८–आज नेकपा एमाले डुडुवा गाऊँ पालिका वडा नं.३ को वडा कमिटीमा भेटघाट तथा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष बुधई यादवको अध्यक्षता र नेकपा एमाले प्रदेश सदस्य घननाथ खनालको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा अतिथी नेकाप एमाले जिल्ला सचिवालय सदस्य सोभाखर अधिकारी र अनिता पौडेल, जिल्ला सदस्य तथा डुडुवा ३ का इंचार्ज मोहम्मद सगीर खाँ, किसान संगठनका सदस्य राम सागर मुराउ, मंगते हरिजन, राम फेरन यादव, डुडुवा गाऊँ पालिका सदस्य शिव कुमार बर्मा, ननका गोडिया लगायत रहनु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अतिथी सगीर खाँले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । नेकपा एमाले ले जितेको स्थानिय तहमा शिक्षा, स्वास्थ लगायतका क्षेत्रहरुमा सुधार गरी युवाहरुको रोजगारीका लागि बिभिन्न कार्यक्रमहरु संचालन गरिएको छ, जनताको सुबिधाका लागि टोल टोल गली गली सडक निर्माण भईसकेको छ तर हाम्रो यस डुडुवामा शिक्षा स्वास्थ्य त परै जाओस् सन्तलिया बाहेक अरु गाऊँमा हिड डुल गर्न गाह्रो भएको बताउंदै डुडुवा गाऊँ पालिका नै जित्ने अभियानमा लाग्न सबैलाई आग्रह गर्नु भएको हो । यसै गरी जिल्ला सदस्य अनिता पौडेलले नेकपा एमाले ले जनताको लागि गरेको कार्यहरु प्रति प्रकाश पार्र्र्र्र्दै डुडुवाको बिकासका लागि नेकपा एमालेको आवश्यकता रहेको बताउनु भएको हो । त्यै गरी जिल्ला सचिवालय सदस्य सोभाखर अधिकारीले शिक्षा स्वास्थ्य लगायत समग्र बिकासका लागि नेकपा एमालेको बिकल्प नभएको हुनाले सबै कार्यकर्ता आ–आफ्नो ठाऊँबाट पार्टी प्रति सजग भई लाग्न आवश्यक भएको र यस डुडुवा गाऊँ पालिकाले गरेको बिभेदलाई अन्त्य गरी भ्रष्टाचार मुक्त डुडुवा बनाउन प्रशिक्षण गर्नु भएको थियो ।

प्रमुख अतिथी घननाथ खनालले आज सम्म २ नं.क्षेत्र किन जित्न सकिएन भन्ने प्रश्न गर्दै, जित्नलाई के गर्ने भनि कार्यकर्ताहरु संग प्रश्न गरेका थिए । कुनै पनि संगठनको अध्यक्षले ३ बर्षमा २ पटक बैठक बसे संगठन बलियो हुन सक्दैन झन बिग्रिन्दै जान्छ त्यही कुरा हाम्रो बाँके जिल्लामा पनि भएको कारण हामीलाई पराजयको मुख हेर्नु परेको छ, त्यसैले हालको नेकपा एमाले जिल्ला अध्यक्ष क.सूर्य ढकालले आफूले पाएको जिम्मेवारी तपाईहरुको माँझमा आई तपाईहरुको माया मम्ता पाउनुका साथै पार्टी बलियो हुंदै गएकोे कुरा बताउंदै अब सर्बहारा गरीब निमुखाको लागि एमाले सरकारको बिकल्प नभएको बताउंदै रणनीति सम्बन्धमा छलफल गर्नु भएको थियो । कार्यक्रम समापन क्रममा अध्यक्ष बुधई यादवले यस पालिकाको ३ नं.वडालाई मात्र नभई ६ वटा वडा समेत गाऊ पालिकालाई जिताउन जे जो गर्नु पर्ने हो गर्ने प्रतिबद्धता ब्यक्त गदै सबैलाई यस अभियानमा लाग्न आग्रह गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । वडा नं. ३ का ६३ जना संगठित कार्यकर्ता तथा सुभचिन्तकहरुको सहभागिता रहेको कार्यक्रमलाई डुडुवा गाऊँ पालिका नेकपा एमाले युवा संगठनको सचिव बुद्धुराम कलवारले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *