Tuesday, October 22सत्यम खबर
Shadow

प्रदेश ३

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेशका दिलेन्द्र प्रसाद बडू निर्वाचित

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेशका दिलेन्द्र प्रसाद बडू निर्वाचित

आस्था, प्रदेश ३, राजनीति, समाचार
दार्चुला, ९ मंसिर – दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रभावशाली नेता दिलेन्द्र प्रसाद बडू निर्वाचित भएका छन् । नेता बडूले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई २१ सय ३४ मतको फराकिलो मतान्तरले पराजित गरेर दार्चुलाबाट तेस्रो पटक संसदको यात्रा तय गरेका हुन् । नेता बडूले २८ हजार ५१५ मत प्राप्त गरेका छन् भने एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् । ...
शीर्ष नेताहरुको एउटै बोलीः संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धन

शीर्ष नेताहरुको एउटै बोलीः संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धन

आस्था, प्रदेश ३, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
धनगढी, ६ कार्तिक – सत्ता गठबन्धनका शीर्ष नेताहरुले संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् । उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अहिले देशमा एउटा संविधान पक्षधर अर्को संविधान विरोधी गठबन्धन बनेको बताए । आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पाँच दलीय गठबन्धनद्धारा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा सम्बोधन गर्दै नेताहरुले सत्ता गठबन्धन संविधान पक्षधर रहेकाले आगामी निर्वाचन यस गठबन्धनलाई विजयी गराउन आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, गणतन्त्र र संघीयता बचाउन गठबन्धका पक्षमा भोट हाल्न आग्रह गरे । उनले भने –‘२०७४ को निर्वाचनमा सुदूरपश्चिमबाट संघीय सांसदमा म एक्लो जितेको सांसद हुँ । तर गठबन्धन बनेर म अहिले प्रधानमन्त्री छु । त्यस...
माओवादी केन्द्रले छान्यो संघ र प्रदेश तर्फका उम्मेद्वार

माओवादी केन्द्रले छान्यो संघ र प्रदेश तर्फका उम्मेद्वार

आस्था, प्रदेश ३, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
पाँचथर, २३ भाद्र –सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रको पाँचथर जिल्ला कमिटिले आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि जिल्लाबाट उम्मेद्वार बन्नेहरुको नाम सिफारिस गरेको छ ।उक्त पार्टिको वुधवार सम्पन्न जिल्ला कमिटि बैठकले छनौट गरेका उम्मेद्वारको नाम सिफारिस गरेर माथिल्लाे समितिमा पठाएको हो ।उक्त पार्टिले हर्कबहादुर नेम्वाङ (मिक्सो) लाइ प्रतिनिधि सभा सदस्य र प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ चुनाल लड्ने गरी सिफारिस गरेको छ । नेम्वाङ माओवादी केन्द्रका एक नम्वर प्रदेश कमिटिका अध्यक्ष हुनुुुहुन्छ । प्रतिनिधि सभामा समानुपातिक तर्फ नरबहादुर दुलालको नाम सर्वसम्मत चयन गरिएको उक्त पार्टिका जिल्ला समन्वय संयोजक होमबहादुर जवेगुले जानकारी दिनुभयो ।प्रदेश सभा क बाट मिक्सो सहित सीता थेवे र लालबहादुर गुरुङको पनि नाम सिफारिस भएको उहाँले जानकारी दिनुभयो ।यस्तै प्रदेश सभा (ख) बाट...
‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा’

‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा’

आस्था, प्रदेश ३, राजनीति
खोरियाघाट (स्याङ्जा), ३ चैत्र – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं साँस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् ।स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी गराएका छन् । रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले ...
खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई

खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, ३ माघ - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नु भएको छ । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गईरहेको प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री अथकले बिदाई गर्नु भएको हो । प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो । बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेल क्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री अथकले भन्नुभयो, “पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।” बक्सिङका अन्तर्राष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरीसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले भन्नुभयो, “बक्सिङको अन्तर्राष्ट्रिय अध्य...
‘२० वर्षमा निर्यात डेढ गुणामात्र हुँदा आयात ८ गुणाले बढ्यो’

‘२० वर्षमा निर्यात डेढ गुणामात्र हुँदा आयात ८ गुणाले बढ्यो’

आस्था, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १ माघ – नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ ।वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले पुष्टि गर्दछ ।सन् १९९० को दशकमा नेपालको निर्यात(आयात अनुपात १ः२.३ थियो अर्थात् निर्याभन्दा २.३ गुणामात्र आयात हुन्थ्यो जुन अहिले १ः१२.२ पुगेको छ । त्यतिबेला नेपालले विदेशबाट २०३ रुपैयाँको आयात गर्दा १०० रुपैयाँको निर्यात गथ्र्यो । तर, २००४ डब्लूटीको सदस्य वैदेशिक व्यापारमा आयातको हिस्सा अनिन्त्रित तबरले बढेको छ । विश्व व्यापार संगठनको सदस्य राष्टू बनेसँगै अन्य मुलुकबाट आयात गर्न सजिलो भएपछि तथा आयातीत वस्तु सस्तो बनेपछि वैदेशिक व्यापारको डरलाग्दो तथ्य अगाडि आएको हो । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको तथ्यांक, विज्ञको...
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

आर्थिक, आस्था, प्रदेश ३, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डाै, २६ पाैष - पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् । काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग पुगोस भनेर विद्यार्थीहरुले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।   २०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजले जनाएको छ । तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गत पौष ३ गते पिक्नीक ...
सीमावर्ती जिल्लाहरुमा चीनद्वारा अवैध भूभाग अतिक्रमण

सीमावर्ती जिल्लाहरुमा चीनद्वारा अवैध भूभाग अतिक्रमण

अपराध, प्रदेश ३, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – चिनियाँ विस्तारबाद नीति अनुसार नेपालका कतिपय भूभागहरु कब्जा गरिएको तथ्य पटक पटक बाहिर आउने गरेको भएपनि नेपाल सरकार चुप लाग्नुको अर्थ के छ बुझ्न गाह्रो भईरहेको छ । नेपालको हुम्ला, गोरखा, दारचुला, दोलखा, सिंधुपालचौकलगायत सीमावर्ती जिल्लाहरुमा चीनद्वारा अवैध भूभाग अतिक्रमण गरिएको तथ्यहरु रहेका छन् ।गतवर्षमा नेपाल सरकारद्वारा हुम्लाको उत्तर भागमा नेपाल–चीन सीमाको अध्ययनका लागि गृह सचिवको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको थियो । सीमा अध्ययन समितिद्वारा नेपाल–चीन सीमा क्षेत्रको अध्ययन गरियो, जसमा लिमी घाटीमा दुबै देश बीच सीमासँग सम्बन्धित विषयहरु रहेका थिए ।स्रोतका अनुसार नेपाल–चीन सीमा क्षेत्रको अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्नु पूर्व गृहमन्त्रालयद्वारा रोक लगाईएको छ । किनभने चीनद्वारा त्यसबारे कुनै प्रतिक्रिया नआएपछि रोक लगाईएको जनाईएको छ । ...
राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

आस्था, खेल, प्रदेश ३, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ पौष - राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गर्नुभएको थियो । सोही समितिको सिफारीसको आधारमा मन्त्री परिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो । उपाध्यक्ष पदमा नियुक्तीका लागि १२ जनाले आवेदन दिनु भएको थियो ।...
रोजगार होईन स्वरोजगार हुनुहोस् : मन्त्री अथक

रोजगार होईन स्वरोजगार हुनुहोस् : मन्त्री अथक

आस्था, खेल, प्रदेश ३, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० पौष - युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु स्वरोजगार हुनुपर्ने बताउनु भएको छ । मंगलबार राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले रोजगारीको मात्र उद्धेश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताउनुभएको हो । अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं ।” राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुग्नु भएका मन्त्री अथकले देश भित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । तालिममा सहभागी सातै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्...