एक्टीभ युवा क्लबको आयोजनामा २१ जनाले गरे रक्तदान
नेपालगन्ज, १३ साउन – ६१औं रक्तसंचार सेवा स्थापना दिवसको अवसरमा मंगलवार रक्तदान कार्यक्रमको अयोजना गरी मनाइएको छ ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल खजुरामा क्यान्सर रोगको बिरामीलाई रगतको अति आवश्यक परेकोले रक्तदान कार्यक्रम गरिएको छ ।
खजुरा गाउँपालिका वार्ड नं. ६ स्थित रहेको एक्टीभ युवा क्लबको दोस्रो पटक रक्तदान कार्यक्रमको आयोजनामा शान्तिनगर बाँकेमा आयोजित खजुरा रक्त सञ्चार ईकाई केन्द्रको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २१ जनाले रक्तदान गरेका छन् ।
एक्टीभ युवा क्लबका अध्यक्ष खेम सरन खत्री, क्लबका उपाध्यक्ष शनी श्रेष्ठ, शतक रक्तदाता पवन जायसवाल, खजुरा गाउँपालिका वार्ड नं.–६ का वडा सदस्य यमदिप घिमिरे, जन कल्याण माध्यमिक बिद्यालय शान्तिनगर बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बल बीर घिमिरेले संयुक्त रुपमा सुशील कोइराला प्रखर ...









