Monday, November 3सत्यम खबर
Shadow

अवधी

राप्रपा युवा संगठनद्वारा दोषीलाई कार्यवाहीको मांग गर्दै विज्ञप्ति जारी

राप्रपा युवा संगठनद्वारा दोषीलाई कार्यवाहीको मांग गर्दै विज्ञप्ति जारी

अपराध, अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ असाेज - बाँके जिल्ला विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र समुदायहरूको साझा फुलबारीका रूपमा चिनिएको जिल्लामा पछिल्लो समय धार्मिक आस्थामाथि आक्रमण भएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति बाँकेले गम्भीर ध्यानाकर्षण गराएको छ। अध्यक्ष युवराज शाहीले जारी गरेको विज्ञप्तिमा असोज १७ गतेका दिन हिन्दु धर्मावलम्बीहरूले नवदुर्गा भवानीको प्रतिमा (मूर्ति) बिसर्जन गर्न जाँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिकाका १९, ६, १४ र १५ नम्बर वडाका विभिन्न स्थानहरूमा केही समूह र व्यक्तिहरूबाट धार्मिक आस्थामाथि गरिएको सांघातिक आक्रमणप्रति संगठनले घोर निन्दा र भर्त्सना गरेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत स्वतन्त्रता र धार्मिक आस्थामाथि भएको यो जघन्य अपराधिक घटना नेपालको संविधान २०७२ को मर्म रभावना विपरीतको गम्भीर र आपत्तिजनक घटना हो।” युवा संगठन...
डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – गोपाल नीना फाउण्डेशनद्वारा डुडुवा गाउँ पालिका वडा नं २ नौरीगौढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । शनिवार सम्पन्न सो शिविरमा २ सय ९५ जना महिला र १ सय ५३ जना पुरुषहरु स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् । उक्त शिविरमा फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा भाइरल ज्वरो, छाला सम्बन्धि, पाठेघर, स्त्री रोग, पेट, छाला रोग लगायतका विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएका थिए । फाउण्डेसनका कार्यालय प्रमुख तथा कार्यक्रम संयोजक दिलिप गिरिले दिनु भएको जानकारी अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्...
बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ६ असोज – डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ‘शहिद’ भएका नेपालगन्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तीहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आज आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेनजी’ समुहले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समुहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समुहले तालाबन्दीसहित कर्मचारीमाथी कुटपिट तथा दुव्र्यवहार गरेको बताउनुभयो । तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष चौधरीले डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका बाँकेका युवा शुलभराज श्रेष्ठ र आयुष थापाको...
भारतीय पत्रकारहरूलाई सम्मानित गर्दै नाजाले मनायाे कजरी तीज

भारतीय पत्रकारहरूलाई सम्मानित गर्दै नाजाले मनायाे कजरी तीज

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ भदाैं – मित्र राष्ट्र भारत उत्तर प्रदेश आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरू विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, फराज अन्सारी, सलमान असलम, महफूज भाई र जावेद तन्नुलाई सम्मानित गर्दै अवधी पत्रकार संघ नेपाल (नाजा)ले कजरी तीज पर्व २०८२ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष समीर अलि सलमानीले गरेका थिए भने नाजाका केन्द्रीय सदस्य चन्दा सिंहले स्वागत मन्तव्य राख्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।   नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले पत्रकारितामा मर्यादा र जिम्मेवारी कायम राख्न जोड दिँदै भने, “समाचार लेख्ने बानी बसालौँ, मर्यादित पत्रकारिता गरौँ। पत्रकारमाथि समाजमा उठेका प्रश्नहरूको जवाफ हामीले आफ्नो कर्म र कामबाट दिनुपर्छ।” पत्रकार मह...
अवधी भाषी पत्रकार द्वय त्रिपाठी र साहु अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा सम्मानित हुने

अवधी भाषी पत्रकार द्वय त्रिपाठी र साहु अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा सम्मानित हुने

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – बाँकेका दुई पत्रकार चन्द्रेश्वरराज त्रिपाठी र नन्दलाल साहूलाई अवधी सांस्कृतिक प्रतिष्ठानले सम्मानित गर्ने भएको छ । अवधी भाषी समाज र पत्रकारिता क्षेत्रमा उनीहरूको योगदानको कदर गर्दै यही श्रावण १५ गते बिहीबार नेपालगन्जमा आयोजना हुने ५२८औं तुलसी जयन्ती तथा २६ औं अवधी महोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति, नेपालगन्ज, बाँके (लुम्बिनी प्रदेश) ले आयोजना गर्ने उक्त कार्यक्रममा पत्रकार द्वयलाई कदरपत्र र नगद पुरस्कार प्रदान गरिने जनाईएको छ । महोत्सवमा सम्मान अर्पणसँगै पुस्तक विमोचन, लोकगीत गायन (महिला विशेष), बहुभाषिक काव्य गोष्ठी र विचार गोष्ठी जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुने आयोजकद्वारा जनाईएको छ । आयोजकका अनुसार यो कार्यक्रमले अवधी संस्कृति र भाषाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तिहरूल...
अवधी पत्रकार सघंमा २ जना मनाेनित

अवधी पत्रकार सघंमा २ जना मनाेनित

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बृजेश यादव कपिलवस्तु, १० चैत - अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनेनित गरीएको छ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र  सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिषकुमार गुप्ताले जानकारी दिनुभयो । अजय मिश्र र  सुमित्रा मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरीएको र मनोनीत सदस्यहरूले अवधी भाषा, पत्रकारिता, तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभो । मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपालको विधान अनुसार नियुक्ति गरीएको अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सचिव बृजेश यादवले बताउनुभयोे ।...
अवधी पत्रकार संघ बाँके शाखाका पदाधिकारीहरूलाई पदभार ग्रहण

अवधी पत्रकार संघ बाँके शाखाका पदाधिकारीहरूलाई पदभार ग्रहण

अवधी, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ फागुन, अवधि पत्रकार सङ्घ बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं संघीय सांसद माननीय लक्ष्मी तिवारीले अवधि भाषा, संस्कृतिकलाई संरक्षण सम्बर्धन गर्न र संस्थागत विकासका लागिका आफूले सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नु भयो । उक्त कार्यका लागि प्रस्ताव ल्याउन अनुरोध गर्नुभयो। कार्यक्रममा निर्वाचन समिति संयोजक लियाकत अलिले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। अवधि पत्रकार सङ्घ बाँके शाखाका निवर्तमान अध्यक्ष प्रल्लाद विश्वकर्माले माइनेट बुक लगायत कागजातहरू वर्तमान अध्यक्ष समिर अलीलाई हस्तान्तरण गर्नुभएको थियो। निर्वाचन समिति संयोजक लियाकत अलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टंकप्रसाद शर्मा, अवधि पत्रकार सङ्घ केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्...
भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अयोध्या, २८ पुस – अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल भारत अवधी परिषदद्धारा संयुक्त रुपमा आयोजित अन्तर्राष्ट्रिय अवधी सम्मेलनमा प्राचिनकालदेखिको इतिहास बोकेको अवधी भाषाको विकास संरक्षण तथा सम्बद्र्धनका लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताइएको थियो । कार्यक्रमका सहभागी दुई देशका पत्रकारले अवधी भाषा, कला संस्कृतिको जर्गेनाका लागि अवधी भाषामा विद्यावारिधी तहसम्म विश्वविद्यालयमा पढाईको कक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल र भारतका विश्वविद्यालयमा अवधी भाषाको उच्च शिक्षाको पढाईको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । भारतको उत्तर प्रदेश र नेपालको पश्चिम क्षेत्रमा बोलिने अवधी भाषाको छुट्टै पहिचान रहेकाले यो क्षेत्र अवधको रुपमा पहिचान बनाएकाले अवधीको विरासतल...
लागु औषध तथा अबैध औषधिसहित अलग अलग ठाउँबाट दुई जना पक्राउ

लागु औषध तथा अबैध औषधिसहित अलग अलग ठाउँबाट दुई जना पक्राउ

अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, १५ पुस – लागु औषध ब्राउन सुगर जस्तो देखिने १ (एक) ग्राम ५० (पचास) मिलिग्राम खैरो धुलो पदार्थ सहित १ (एक) जना पुरुष व्यक्ति पक्राउ परेका छन् । साथै अवैध रुपमा भारतबाट नेपाल भित्राउन लागेको मुल्य रु. ७,०७,२३२।– बराबरको औषधीसहित एक जना पक्राउ परेका छन् । पुस १२ गते बेलुका ६ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ लक्ष्मीनगर स्थितमा पैदल हिड्दै गरेको जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ झण्डेनगर बस्ने बर्ष २० का आशिफ शाहलाई रोकी प्रहरीले चेक जाँच गर्दा निजले लगाएको कालो रङको ज्याकेटको दाँया तर्फको बाहिरी साईड गोजीमा कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा १ (एक) ग्राम ५० (पचास) मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी रितपुर्वक पक्राउ गरी लागु औषध ब्राउन ...
अवधी संविधान हस्तान्तरण

अवधी संविधान हस्तान्तरण

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, १४ पुस – स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानून, न्यायतथा सँसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याएको छ । प्रकशित प्रतिलाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानूनकर्मी सन्तोष रेग्मीले प्रदान गर्नु भएको छ । मन्त्रालयमा एक समारोहका विच आइएचआरसीका सल्लाहकार रेग्मीले संविधान प्रकाशन बारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधी संविधान हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधी भाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अ...