Friday, December 19सत्यम खबर
Shadow

खेल

लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन, नयाँ मिति छिटै सार्वजनिक गरिने

लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन, नयाँ मिति छिटै सार्वजनिक गरिने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ मंसिर – नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ । नेपालगन्जमा खेलाडी र खेलकर्मीको सम्मानको लागि मंसिर १८ गते लुम्बिनी स्पोर्टस अवार्डको आयोजना गर्ने तयारी गरिएको थियो । अब छिटै नयाँ मिति केहि समय पछि सार्वजनिक गरिने लुम्बिनी स्र्पोटस अवार्ड संयोजक चाहना शाहले बताउनु भयो । आयोजना मिति थपिदा अवार्डलाई थप भव्य बनाउन सहयोग गर्ने लुम्बिनी स्पोर्टस अवार्डका प्रचार प्रसार संयोजक गजे थापाले बताउनु भयो । खेल र खेलाडीको सहरले परिचित नेपालगन्ज सहरमा आयोजनामा हुने स्पोर्टस अवार्डले प्रदेश स्तरका खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने संयोजक थापाले बताउनु भयो । लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड...
नरैनापुर-५ मा प्रथम वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट शुरु

नरैनापुर-५ मा प्रथम वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट शुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर-४, मंसिर - नरैनापुर गाउँपालिका-५ मा आयोजित प्रथम वडा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट आजबाट औपचारिक रूपमा सुरुवात भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताको योजक DSDN र संयोजक नरैनापुर गाउँपालिका-५ रहेको आयोजक समितिले जानकारी दिएको हो। स्थानीय युवामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोल तथा क्लबका टिमहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता तीन दिनसम्म निरन्तर सञ्चालन हुनेछ र अन्तिम दिन फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।...
सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु-१४ फुटबल च्याम्पियन

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु-१४ फुटबल च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल (छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा गोल गर्नु भयो । टोलीका लेखराज भारतीले ४१औं मिनेटमा गोल गर्नु भएको थियो । कोहलपुर बागेश्वरीका आशिष बलमे सुरुआतको ३१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर बागेश्वरीले अग्रतालाई धेरै बेरसम्म जोगाउन सकेन । त्यस्तै खेलको २०औं मिनेटमा सिद्धार्थका नविन रोकाले रातो कार्ड पाएर मैदान बाहिर जानु परेको थियो । बागेश्वरीका खेलाडीले डिबक्समा बल अगाडी बढाइरहेका बेला अन्तिम डिफेन्सका रुपमा रहेका नविनले बि...
नेपालगन्ज सेन्ट जेभियर्स, सिद्धार्थ र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश

नेपालगन्ज सेन्ट जेभियर्स, सिद्धार्थ र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ कार्तिक – नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको छात्रा टिम बाँकेमा जारी एन्फा यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा सोमबार भएको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स टिमले वेस्टजोन हाईस्कुललाई २–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको जितमा कप्तान लक्ष्मी बुढा मगरले १०औं मिनेटमा र आकृति यादवले १६औं मिनेटमा गोल गर्नु भयो । प्रतियोगिताको उपाधिको लागि नेपालगन्ज सेन्ट जेभियर्सले होलिल्याण्ड स्कुलसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी छात्रा तर्फको फाइनलमा सिद्धार्थ विद्या सदन नेपालगन्ज र कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलले प्रतिस्पर्धा गर्नेछन् । नेपालगन्ज रंगशालामा सोमबार भएको सेमिफाइनलमा सिद्धार्थ विद्या सदनले एकतर्फी नतिजा निकाल्ने क्रममा ग्रीनपिस मावि कोहलपुरलाई ९–१ ले हराएको छ । सिद्धार्थको जितमा लेकराज भारतीले ह्याट्रिक गर्नु भयो । उहाँल...
होलि ल्यण्डको गल्र्स टिम फाइनलमा प्रवेश

होलि ल्यण्डको गल्र्स टिम फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – होलि ल्याण्डको छात्रा टिम यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा भएको खेलमा होलिल्याण्डले मनकामना हाइस्कुल नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा होलिल्याण्डको तर्फबाट शुभद्रा सुनार, ईश्वरी धामी, स्वतिष्का यादवले गोल गर्नु भयो । मनकामनाको तर्फबाट अनुष्का तिमिल्सिना र हिमानी घिमिरेले गोल गर्नु भएको थियो । यसैगरी छात्रा तर्फको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा सेन्ट जेभिर्यसले वेस्टजोन माविसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी बिचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो । ...
यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनल प्रवेश

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनल प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ कार्तिक – जेन्जी आन्दोलनका कारण रोकिएको यु–१४ फुटबल प्रतियोगिता शनिबार देखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । प्रतियोगिता आयोजनाका लागि सहज वातावरण बन्दै गएकोले रोकिएका खेलहरु पुन संचालन गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । शनिबार भएको खेलमा जित हासिल गर्दै कोहलपुरको ग्रीनपिस स्कुल र नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा ग्रीनपिसले मनकामना मावि नेपालगन्जलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा युनाइटेड एजुकेशनल एकेडेमीले दिपज्योती विद्याश्रमलाई १–० ले हराएको छ । ग्रीनपिसको जितमा रोहन सापकोटाले ह्याट्रिक गर्नु भयो । उहाँले खेलको १७आंै, ३२औं र ५०औं मिनेटमा गोल गर्नु भयो । यसैगरी अर्को खेलमा युनाइटेडका आदित्य लम्सालले गोल गर्दै टोलीलाई जित दिलाउनु भयो...
तीन हजार विद्यार्थीको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रम उद्घाटन

तीन हजार विद्यार्थीको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रम उद्घाटन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ कार्तिक – करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जस अन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गरिएको हो । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्त रुपमा राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रबिन्द्र श्रेष्ठलाई फुटबल हस्तान्त्रण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा सहभागि विद्यालयहरुको तर्फबाट प्रतिनिधिका रुपमा ...
राष्ट्रिय पौडी : सगरमाथा स्वीमिङ क्लबको ३१ पदकसहित अग्रता, दोस्रो दिन २६ इभेन्ट हुँदै

राष्ट्रिय पौडी : सगरमाथा स्वीमिङ क्लबको ३१ पदकसहित अग्रता, दोस्रो दिन २६ इभेन्ट हुँदै

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक – दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को शनिबार दोस्रो दिनका खेलहरु बिहानैदेखि सुरु भएका छन् । प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शनिबार थप २६ इभेन्ट हुनेछन् । जसमा २५ मिटरदेखि ४०० मिटरसम्मका विभिन्न विधाका स्पर्र्धाहरु रहेका छन् । पहिलो दिनको खेलमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ३१ पदकसहित खेलमा अग्रता लिएको छ । प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शुक्रबार भएका २६ इभेन्ट मध्ये सगरमाथा क्लब एक्लैले १९ स्वर्ण, ६ रजत र ६ वटा काँस्यसहित ३१ पदक जितेर अग्रता लिएको छ । क्लबले जितेको स्वर्ण पदक मात्रै प्रतियोगिताको कूल स्वर्ण पदकको ७३ प्रतिशत हो । ललितपुरकै जेम्स स्कुलले ५ स्वर्ण, १० रजत र २ काँस्य गरी १७ पदक जितेर दोस्रो अग्रता लिएको छ । नेपालगन्जको आदर्श माध्यमिक विद्यालयले १ स्वर्ण ४ रजत र...
लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस गु्रपको सह–प्रायोजन

लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस गु्रपको सह–प्रायोजन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक – प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस गु्रप प्रालीले सह–प्रायोजन गरेको छ । नेपालगन्ज–०१ धम्बोझीमा रहेको रोयल समृद्धि बिजनेस गु्रप प्राली खेलकुदका सामाग्री बिक्री गर्ने कम्पनी हो । आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस गु्रप प्रालीका प्रमुख कार्यकारी टिकाराम खत्रीले अवार्डमा सह–प्रायोजन बारे हस्ताक्षर गर्नु भएको छ । लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ नेपालगन्जमा आगामी मंसिर १८ गते हुँदैछ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै रोयल समृद्धि बिजनेस गु्रप प्रालीका प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्टस अवार्डमा सह(प्रायोजन गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो कार्यक्रम निकै राम्रो छ । खेलकुदमा यस्ता कार्यक्रम कमै हुने गरेका ...
दोस्रो नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

दोस्रो नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ कार्तिक – दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका हुन् । मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो । क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता र क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तन्यबाट सुरु भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिता सफलताको कामना गरेका थिए । उद्घाटन खेलमा ५० मिटर अन्डर ८ ब्याक स्टोक इमेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय नेपालगन्जका ...