Thursday, May 22सत्यम खबर
Shadow

समाज

मेयर बिष्टले गरे माेनिकालाई विदाई

मेयर बिष्टले गरे माेनिकालाई विदाई

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ जेष्ठ - नेपालगन्जकी मोनिका कठायत फिलिपिन्सको राजधानी मनिला जाँदैछिन् । मोनिलामा मे २४ देखि २९ सम्म हुन गइरहेको ‘Little & Teen GLAM PAGEANT 2025’ का लागि उनी नेपालबाट छनौट भएकी हुन् । नेपालबाट उनीसंगै अन्य तीन जना पनि छनौटमा परेका छन् । तर, नेपालगन्जबाट भने उनी एक्ली प्रतिष्पर्धी हुन् । मोनिकालाई बुधबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विदाई गर्दै सफलताको शुभकामना दिएका छन् । आफ्नै कार्यकक्षमा उनले मोनिकाको विदाई गरेका हुन् । विष्टले नेपालगन्जको शानको रुपमा रही मनिला जान थालेकी उनलाई आफ्नो र नेपालगन्जको नाम सधैं ‘रोशन’ गर्न शुभकामना दिए । मोनिका आदर्श माध्यमिक विद्यालय सुर्खेतरोडमा कक्षा ७ मा अध्ययनरत छिन् ।...
‘व्यवहारमा कार्यान्वयन नगरेपछि जनता आक्रोशित’

‘व्यवहारमा कार्यान्वयन नगरेपछि जनता आक्रोशित’

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम तथा नीतिमा पालिका भित्र रहेको ताल, तलैयाहरुलाई संरक्षण सम्वद्र्धन गर्ने योजनाहरु विगतमा कागजी रुपमा मात्र अगाडी सारेको पाईन्छ । तर उक्त नीतिलाई कार्यान्वयन सम्बन्धित पालिकाले नै गरेपछि स्थानियहरु आक्रोशित भएका छन् । वास्तविकता यो छ कि हाल कान्तिताल, फुल्टेक्रा ताल, रानी तलाऊ, धोबी ताल, रामनगर स्थित ताल लगायत पालिका भित्र रहेका तालहरुको अवस्था जिर्ण हुनुका साथै कब्जा नीतिमा परिणत भएको पाईन्छ । सोही कब्जा नीति अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा रहेको प्रसिद्ध धोबी ताललाई सम्बन्धित वडाबाट नै कब्जा गर्न फोहोर फाल्न शुरुवात गरिएको स्थानीयहरुको आरोप रहेको छ । हाल नेपालगन्ज उपमहानगरपालिका—८ स्थित रहेको प्रसिद्ध धोवी तालमा उपमहानगरले फोहोर फाल्ने क्रम जारी राखेपछि त्यस क्षेत्रको वातावरण नै दुर्गन्धित भएको स्थ...
गौरव स्मृतिद्वारा प्रसाद वितरण (फोटोफिचर सहित)

गौरव स्मृतिद्वारा प्रसाद वितरण (फोटोफिचर सहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा आज दोस्रो मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको दोस्रो ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता पवन जयसवाल, रामबिहारी खटिक, जीवन शर्मा, करण साहु, विजय कोरी, शिवम् गुप्ता, शिवम् शाह, लोकबहादुर कठायत, अजय कोरी, मुंशी हज्जाम, लगायत कार्यसमितिका पदाधिकारी, सहयोगीहरूको सहभागिता रहेको थियो ।...
तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौं, ५ जेष्ठ – तारालाल श्रेष्ठको पाँचौं अनुसन्धान पुस्तक साइकल सौन्दर्य नेपाल पर्यटन बोर्ड काठमाडौंमा बिमोचन सम्पन्न भएको छ । कार्यक्रममा लेखक, कलाकार तथा साहित्यकारसँगै साइक्लिस्टहरुको बाक्लो उपस्थिति थियो । नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविश्यबारे साङ्गोपाङ्गो दस्तावेजीकरणको अभाव खडकिरहेको सन्दर्भमा श्रेष्ठको यस किताबले नयाँ खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न गहन योगदान पु¥याउने विश्वास कार्यक्रममा सहभागी अतिथिहरुले व्यक्त गरे । कार्यक्रममा भुइतहबाट साइकल शिक्षक तथा सिर्जनात्मक साइकल अभियान सञ्चालनमा ओगदान गरिआएका अगुवाहरु वक्ताका रुपमा उपस्थित थिए । जेन जी पुस्तालाई साइकल शिक्षणमा सघाइ आएका युवा अभियन्ता तानिया श्रेष्ठदेखि विश्व साइकल यात्री पुस्कर शाहसम्म कार्यक्रममा उपस्थित भई साइकल साहित्य तथा अभियानबारे विभिन्न कोणबाट विमर्श गरिएको ...
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित

चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ जेष्ठ – चलचित्र पत्रकार संघ नेपाल बाँकेले मोफसलमा रहेर कला कर्म र पत्रकारिता गरिरहेका २ जनालाई सम्मान गरेको छ । २६ औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको हो । सुवेदीलाई तिन हजार एकसय र गिरीलाई दुइ हजार एकसय नगद रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरि पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउँदै चलचित्र हेर्नका लागि गरेको ...
महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ

महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ जेष्ठ – बाँके जिल्लामा दर्ता भएको पहिलो र एक मात्र आधिकारिक योग संस्था योग समिति नेपालले आज नेपालगन्जको मुटु मानिने त्रिभुवन चोकको पूर्वस्थित महाकाली मन्दिर परिसरमा विशेषतः महिलाहरूलाई लक्षित गरी ३९औं योग केन्द्रको भव्य शुभारम्भ सम्पन्न गरेको छ । कार्यक्रमको सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गर्नुभएको थियो । सम्पूर्ण योग साधकहरुलाई हार्दिक स्वागत संस्थापक सल्लाहकार नन्दलाल बैस्यले गर्नुभएको थियो भने कार्यक्रममा केन्द्रको उद्देश्य र भावी कार्यदिशाबारे ३९औं योग केन्द्रकी संयोजक प्रशिक्षक संगीता बैस्यले प्रकाश पार्नुभयो । कार्यक्रममा योग समिति नेपालका कलाकार गायक चक्र मल्लले सन्देशमूलक सांगीतिक प्रस्तुति दिनुभयो । आजीवन सदस्य धु्रबकुमार बैस्यले शुभकामना मन्तव्य दिनु भएको थियो । उक्त शुभारम्भ कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीहरू निर्मला शाह, लोकमाया...
नेपालगन्जमा जेष्ठ ९ र १० गते व्याडमिन्टन तथा १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने

नेपालगन्जमा जेष्ठ ९ र १० गते व्याडमिन्टन तथा १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा यही जेष्ठ ९ र १० गते ब्याडमिन्टन तथा जेष्ठ १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै पूर्व खेलाडी समाज बाँकेद्वारा जानकारी गराउँदै उहाँहरुले – खेलकुद जीवनमा महत्वपुर्ण योगदान पुर्याउनु भएका पुर्ब खेलाडीहरुलाई एउटै मञ्चमा गोलबद्ध गरि उनीहरुको हकहित र संरक्षण गर्नका साथै खेलकुद क्षेत्रको सम्बर्धन गर्ने उद्देश्यले बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा २०८१ साल पौष १६ गते पुर्ब खेलाडी समाज बाँके दर्ता गराईएको बताए । संस्था दर्तासंगै हामीले यस बर्ष नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अण्डर–१५ ब्वाईज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता तथा बिधालय स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको जनाएका छन् । नेपालगन्ज रंग...
डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ३१ बैशाख – डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाईन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताउनुभयो । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाईन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताउनुभयो । पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरि खटाइएको प...
गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार

गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ३० बैशाख – गोधूलि कला साहित्य प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा यहाँँ साहित्यकारहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्याक्रमको आयोजना गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिएको प्रतिष्ठानको उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा पुरस्कार, सम्मान तथा अभिनन्दन अर्पण गरिएको हो । वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई गोधूलि वाङ्गमय शिखर अभिनन्दनले अभिनन्दित गरिएको थियो । सुवेदीलाई अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वल्र्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू राष्ट्रिय पत्रिका परिवार लगायत संघसस्थाहरुले सामूहिक रुपमा अभिनन्दन गरेका थिए । त्यसैगरि वरिष्ठ कवि लक्ष्मी मालीलाई गोधूलि काव्यश्री सम्मान...
गाैरव स्मृतिद्वारा “ठुलाे मंगलबार” प्रसाद वितरण

गाैरव स्मृतिद्वारा “ठुलाे मंगलबार” प्रसाद वितरण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख - गाैरव स्मृति तथा बी याेर सेल्फ फाउण्डेशनद्वारा आज मंगलबारका दिन बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।   प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाकाे पहिलाे ठुलाे मंगलबारका दिन भक्तजनहरूमा गाैरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम गरिएकाे संरक्षक प्रदीप शाहले बताउनु भयाे । ठूलाे मंगलबारकाे महत्व : हिन्दू धर्ममा ठूलाे मंगलको ठूलो महत्व छ । यस दिन हनुमान जीको पूजा गरिन्छ। बृहत् मंगलको अवसरमा हनुमानजीको पूजा–आराधना गरी गरिबलाई खाना खुवाउँदा पुण्य प्राप्त हुन्छ । ठूलाे मंगल भगवान हनुमानको पूजा गर्नको लागि उत्तम मानिन्छ। बडा मङ्गल हरेक जेठ महिनाको मंगलबार मनाइन्छ ।   जेष्ठ महिना हिन्दू नयाँ वर्षको तेस्रो महिना हो। यस महिनामा कुल ४ प्रमुख मंगल ग्रह रहनेछन्, जसमा हनुमान जीको पूजा गर्नाले धेरै समस्याबाट बच्न सकिन्छ । अशुभ...