Tuesday, November 4सत्यम खबर
Shadow

बिचार

रेमिटेन्सको भरमा टेको पाएको अर्थतन्त्र

रेमिटेन्सको भरमा टेको पाएको अर्थतन्त्र

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
रमेश कुमार बोहोरा मितिः २०८२ कार्तिक १५ गते, शनिबार नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा (साउन र भदौ) रेमिटेन्समार्फत नेपालमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले वृद्धि भएको हो । सोही अवधिमा मुलुकको विदेशी विनिमय सञ्चिति पनि ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति १९.७ महिनासम्मको वस्तु आयात र १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यी तथ्यांकहरूले स्पष्ट गर्छन् नेपालको आर्थिक रक्तसञ्चार अहिले रेमिटेन्सकै भरमा चलिरहेको छ । तर यति ठूलो रकमले पनि देशलाई दिगो आर्थिक मार्गमा लैजान सकेको छैन । सरकार र नीति–निर्माताले रेमिटेन्सलाई योजनाबद्ध रूपमा उत्पादनमुखी क्षेत्रमा प्रवाहित गर्न नसक्दा यसक...
जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको परीक्षा : आत्मसमीक्षा कि अस्तित्व संकट ?

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको परीक्षा : आत्मसमीक्षा कि अस्तित्व संकट ?

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ कार्तिक १३ गते, विहिबार जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक ढाँचामा जरा गाडेर बसेका नेतामाथि नेपाली जनताको अन्तिम असन्तुष्टि हो । करिब दुई दशकदेखि सत्ता र शक्तिमा रजगज गरेर बसेका ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमाथि अहिले तीव्र प्रश्न उठेको छ । यो प्रश्न आकस्मिक होइन दीर्घकालीन असफलताहरूको परिणाम हो । यी दलका नेताहरूले देशलाई राजनीतिक स्थायित्व, सुशासन र आर्थिक उन्नतितर्फ लैजान नसकेको मात्रै होइन पार्टीभित्र जकडिएको स्वार्थ र भ्रष्ट मनोवृत्तिले लोकतन्त्रको मुल मर्म नै कमजोर पारेको प्रष्ट देखिन्छ । यी नेताहरूले वर्षौंदेखि “हामी नै राज्य हौं” भन्ने अहंकारका साथ शासन गरेका थिए । जनताको भावनालाई तिरस्कार गरेर दलभित्र लोकतान्...
महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
  प्रेमचन्द्र झा मिति :२०८२ कार्तिक १० गते, सोमबार नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो। यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छ। यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ — सूर्य षष्ठी व्रत, जसलाई प्रायः छठ पर्व भनेर पनि चिनिन्छ। यो व्रत सूर्यदेव र उहाँकी शक्ति माता षष्ठी अर्थात् छठी मइया प्रति समर्पित हुन्छ। ‘सूर्य षष्ठी’ शब्दले नै यसको मर्म खोलिदिन्छ। ‘सूर्य’ जीवनका दाता, ऊर्जा र प्रकाशका स्रोत हुन् भने ‘षष्ठी’ संस्कृतमा छैटौँ तिथिको सूचक हो। त्यसैले शुक्ल पक्षको छैटौँ दिन सूर्यदेवको आराधना हुने भएकाले यसलाई सूर्य षष्ठी भनिएको हो। बिहार, झारखण्ड र उत्तर प्रदेशमा यो पर्व ‘छठ पर्व’ वा ‘दाला छठ’ नामले परिचित भए पनि नेपालमा यसले आफ्नै पहिचान र गहिरो सांस्कृतिक रंग पाएको छ। ...
जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ कार्तिक २ गते, आईतबार हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ । विश्वका हरेक मुलुकमा हुने राजनीतिक परिवर्तनको मूल ध्येय यही हो । नेपालको राजनीतिक इतिहासममा ४० को दशकयता थुप्रै परिवर्तन भयो । ती परिर्वनहरुमध्ये २०८२ भदौ २३-२४ को जेनजी क्रान्ति अभूतपूर्व रह्यो । असंगठित समूहको यो क्रान्तिले व्यवस्थाको साटो जनताको अवस्था परिवर्तनको माग राखेको थियो । वर्तमान राजनीतिक प्रणालीका केही आधारभूत पक्षहरुको सुधार चाहेको थियो र छ । २४ घण्टामै सत्ता ढल्ने गरी भएको जेनजी क्रान्ति वा आन्दोलन नेपालको राजनीतिक र सामाजिक इतिहासमा अद्वितीय र असामान्य घटना बन्न पुग्यो । आन्दोलनका पृष्ठभूमिहरु जेजस्तो थियो भनिए पनि अप्रमाणिक ती कथित विश्लेषणहरुको कुनै अर्थ छैन र देश अहिले नयाँ मोडमा उभिएको छ...
धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
-क्षितिज विक्रम खनाल मितिः २०८२ कार्तिक १ गते, शनिबार कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धनसम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै दृष्टिलेअत्यन्त गहिरो छ। हिन्दू परम्परामा दीपावलीको समय केवल उज्यालो बाल्ने र नयाँ वस्तु किन्ने मात्र होइन, जीवनमा नकारात्मकता हटाएर आत्मशुद्धि र सन्तुलनको सुरुवात गर्ने पर्व हो। धनतेरस त्यस पर्व यात्राको पहिलो दिन हो , जहाँ शरीर, मन र आत्माको सन्तुलनलाई धन, स्वास्थ्य र विवेकको रूपमा पूजा गरिन्छ। पौराणिक दृष्टिले धनतेरसको मूल जड समुद्र मन्थनसंग सवन्धित छ। कथा अनुसार देवता र असु...
कांग्रेसको अबको मार्गचित्र : पुनर्जागरणको संघर्ष र नयाँ युगको खोज

कांग्रेसको अबको मार्गचित्र : पुनर्जागरणको संघर्ष र नयाँ युगको खोज

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मिति : २०८२ असोज ३१ गते, शुक्रबार नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एउटा यस्तो शक्ति हो जसले देशलाई लोकतन्त्रको उज्यालोमा पुर्‍यायो तर अहिले आफ्नै छायाँभित्र हराएको जस्तो देखिन्छ । इतिहासमा अंकित त्याग, संघर्ष र बलिदानका गौरवपूर्ण पानाहरू अहिले केवल स्मृतिको तहमा सीमित भइरहेका छन् । मुलुक पुनः संक्रमणकालीन जटिलताबाट गुज्रिरहेको छ जहाँ पुराना शक्ति संरचनाहरू ढल्दै छन् र नयाँ पुस्ता सडकमा परिवर्तनको स्वर उठाइरहेछ । यही अवस्थामा नेपाली कांग्रेस आफैंसँग प्रश्न गरिरहेको छ । हामी कहाँ छौं र अब कहाँ जाने ? सन् १९४७ मा प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले स्थापित भएको नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बी.पी. कोइरालादेखि गणेशमान सिंह र किशुनजीहरूसम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका म...
जेन–जी आन्दोलन तथा नेपालगन्जको अवस्था

जेन–जी आन्दोलन तथा नेपालगन्जको अवस्था

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
चन्द्रेश्वर राज त्रिपाठी मितिः २०८२ असोज १ गते, बुधबार जेन–जी आन्दोलन र त्यसले दिएको सन्देशलाई आउने दिनमा कसरी समेट्न सकिन्छ भन्नेतर्फ सम्पूर्ण नेपाली जनताको ध्यान जानु पर्ने अहिलेको वर्तमान अवस्थाबाट पाठ सिक्नु जरुरी रहेको छ । यही भदौ २३–२४ गते देशभर जेन–जी आन्दोलनमा करीब ७२ जना युवाहरुले शहादत प्राप्त गरिसकेका छन् भने १ हजार भन्दा बढीले अझ पनि स्वास्थ्य उपचारत रहेका छन् भने खर्बौ बराबर आर्थिक भार देश माथि आई लागेको छ । हामी बाँके जिल्लाको सन्दर्भमा कुरा गर्नु पर्दा यहाँ रहेका सम्पूर्ण सरकारी कार्यालयहरु आगोमा खरानी भईसकेका छन् भन्दा फर्क पर्दैन होला । जेन–जी आन्दोलनलाई हामी र हाम्रो टीमले नजिकबाट नियालेको छ । नेपालगन्ज उपमहानगरपालिकाको गेट अगाडी बिपि चौकबाट शुरुवात गरिएको आन्दोलनमा बिहान १० बजेसम्म त्यति युवाहरु भेला नभएपनि त्यसलगत्तै हजारौं युवाहरुको हुल देखिएको दृश्यहरु देख्न पाईन्छ...
देशको आँसु पुछ्ने रुमाल कोसंग छ ?

देशको आँसु पुछ्ने रुमाल कोसंग छ ?

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ भदौ २६ गते, विहिबार देश नयाँ युगमा प्रवेश गर्ने क्रममा संक्रमणकालको उत्कर्षमा रहेको छ । आन्दोलनकारी जेनजी भावी नेतृत्व चयनको बहसमा केन्द्रित छ, नेपाली सेना जनताको सुरक्षामा खटिएको छ । तर, यो अत्यन्त तरल अवस्थामा सरकारविहीनता लम्बिनु घातक छ । अहिलेको समय भावना, आक्रोश आवेग मात्र नभई लोकतान्त्रिक पद्धतिको समेत ख्याल गर्नुपर्नेछ । आन्दोलनको बलमा जे गरे पनि हुन्छ भन्ने गलत अभ्यासले कालान्तरमा देशलाई नै घाटा हुन्छ । अहिले मुलुक रोइरहेको छ, नेपाल आमाको आँखाबाट बगिरहेको आँसु पुछ्ने सवाल केवल आन्दोलनको म्याण्डेट मात्र होइन, संवैधानिक, कानुनी हुँदै सामाजिक देशको ऐतिहासिक पक्षसंग पनि जोडिएको छ । छोटो समयको आन्दोेलनले जे गर्यो त्यो ऐतिहासिक छ, आन्दोलनका नाममा जेजस्तो प्रहार राष्ट्रको धरोहरहरुमा भयो त्यो पनि ऐतिहासिक नै । अब यिनको पुनःनिर्माण ठूलो प्रश्नको रूपमा खडा भ...
सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ भदौ २३ गते, सोमबार सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान र पिण्डदान जस्ता धार्मिक कर्महरू गरिन्छन् । यसै अवधिलाई पितृ पक्ष भनिन्छ । जसलाई ‘महालय’ वा ‘सोह्र श्राद्ध’ नामले पनि चिनिन्छ । हिन्दू मान्यताअनुसार पितृ पक्षमा गरिएका श्रद्धा र कर्महरूले दिवंगत आत्मालाई शान्ति, तृप्ति र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । परिवार र वंशजले पुण्य कमाउने, घरमा सुख समृद्धि आउने र जीवनमा शान्ति कायम हुने धार्मिक धारणा पाइन्छ । शास्त्रीय व्याख्याअनुसार श्राद्ध...
कालापानी लिपियाधुरा लिपुलेक नेपालीको हो

कालापानी लिपियाधुरा लिपुलेक नेपालीको हो

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, समाज
-प्रेमचन्द्र झा मितिः २०८२ भदौ १५ गते, आईतबार लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र कानुनी दस्तावेजहरूले निरन्तर रूपमा प्रमाणित गर्दै आएका छन् कि यी भूभाग सदियौंदेखि नेपालको अभिन्न हिस्सा रहिआएका छन्। तथापि, हालै भारत र चीनबीच भएको लिपुलेख मार्ग हुँदै व्यापार पुनःसञ्चालनको समझदारीले पुनः एकपटक नेपालको सिमाना र स्वाधीनताको विषय अन्तर्राष्ट्रिय बहसमा ल्याएको छ। सन् १८१६ को सुगौली सन्धिले काली नदीलाई नेपाल–भारत सिमाको आधार तोकेको छ। नेपालको दाबीअनुसार काली नदीको मूल उद्गम लिम्पियाधुरा हो, जसअनुसार लिपुलेख, कालापानी र लिम्पियाधुरा नेपालको भूभागमा पर्छन्। ईस्ट इन्डिया क...