Tuesday, October 22सत्यम खबर
Shadow

धार्मिक

पदमा नरहे पनि मदरसाको हकहितमा सधैं काम गर्नेः– मौलाना मशहूद

पदमा नरहे पनि मदरसाको हकहितमा सधैं काम गर्नेः– मौलाना मशहूद

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, ५ कार्तिक – आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत गरेको छ । मौलाना मशहूद खां नेपाली करिब २६ महिना देखि लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष भएर काम गर्दै मदरसा शिक्षा व्यवस्थापनमा राम्रो पहल गर्दै आएको मदरसाका मौलाना हरू बताउछन् । हाम्रो टीमले उपाध्यक्ष मौलाना मशहूद खां संग कुरा गर्दा उहाँले मलाई नेकपा माओवादी केन्द्र पार्टी सरकारमा हुँदा मदरसाको व्यवस्थापन जिम्मेदारी दिएको प्रति धन्यवाद दिंदै अहिलेसम्म मलाई तथा मदरसा व्यवस्थापनमा साथ र सहकार्य गरेका केन्द्रीय सरकार, लुम्बिनी प्रदेशका विभिन्न मुख्यमन्त्री ज्यू, सामाजिक विकास मन्त्रीहरू, कर्मचारी लगायत सहयोग गर्ने सम्पूर्ण प्रति हार्दिक आ...
गौरव स्मृतिको सराहनीय कार्य, भक्तजनहरुलाई पानी खुवाउँदै.. ((फोटोफिचरसहित)

गौरव स्मृतिको सराहनीय कार्य, भक्तजनहरुलाई पानी खुवाउँदै.. ((फोटोफिचरसहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ असोज – प्रत्येक वर्ष झै यस वर्ष पनि गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले माता नव दुर्गा प्रतिमा बिर्सजन गर्न जाने भक्तजनहरुको लागि शुद्ध खानेपानीको व्यवस्थापन गरेको थियो । यस वर्ष बाँके जिल्लामा करीब ६ सय बढी माता नव दुर्गा भवानीको प्रतिमा विभिन्न स्थानहरुबाट डुडुवा गाउँपालिका वडा नं. ५ स्थित रहेको सिधनिया घाट (राप्ती घाट)मा बिर्सजन गरिएको छ । सोही क्रममा फत्तेबाल आँखा अस्पताल गेट अगाडी मुर्ति बिर्सजन गर्न जाने भक्तजनहरुको प्यास मेटाउन शुद्ध जल (खानेपानी) को व्यवस्थापन गरिएको गौरव स्मृति तथा बियोर सेल्फ फाउण्डेशनकी अध्यक्ष मधु शाहले जानकारी दिनुभयो । खानेपानी व्यवस्थापनमा गौरव स्मृतिकी अध्यक्ष मधु शाह, उपाध्यक्ष करन शाह, सचिव शुकराम ठाकुर, सहसचिव प्रेमा शाही, कोषाध्यक्ष विजय कोरी रहेका थिए भने सदस्यहरुमा शिवम् शाह, मुन्सी हज्जाम, अनिता बस्नेत, पास्कल ब...
तीन जिल्लाका सनातनी त्रिवेणी जाँदै

तीन जिल्लाका सनातनी त्रिवेणी जाँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
‘आलोक अवध’ कपिलवस्तु, २८ असोज – धर्मयात्रा अभियान अन्तर्गत कपिलवस्तु, रुपन्देही र परासी जिल्लाका सनातन प्रति आस्था राख्ने जनसमुदायको मोटरसाइकल यात्रा रैली हुने भएको छ । यही कार्तिक २ गते शुक्रवार कपिलवस्तुबाट शुरु हुने सो यात्रा कपिलवस्तुको बहादुरगंज, तौलिहवाको ताम्रेस्वर महादेव मन्दिर हुँदै रुपन्देहीको लुम्बिनी, मार्चवार, भैरहवा, धकाधइ, परासी हुँदै त्रिवेणी धाममा पुगी जल भरेर ताम्रेस्वर महादेव मन्दिरमा चढाउने कार्यक्रम रहेको छ । सो यात्रामा सयौ महानुभावहरुको सहभागीता रहने र सो को सफलताको शुभकामना कपिलवस्तु र रुपन्देहीका वरिष्ठ राजनीतिक व्यक्तिहरुले समाजिक संजाल मार्फत दिनु भएको छ । सो धर्मयात्राका संयोजक अनिल तिवारी धर्मयात्राको अभियानको पहिलो कडीको रुपमा कपिलवस्तुको रामघाटबाट जल भरी अयोध्यामा राममन्दिर उदघाटनको अवसरमा पैदलयात्रा गरी बिशेष चर्चा कमाउनु भएको थियो । उहाँ धर्मयात्रा अ...
विहिप नरैनापुरकाे शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

विहिप नरैनापुरकाे शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
(more…)
आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ असोज – नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा—आराधना गरिँदै छ । दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो । घटस्थापना कै पहिलो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रीका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि को...
कडा कार्वाहीको मांग गर्दै ज्ञापन पत्र बुझाईयो

कडा कार्वाहीको मांग गर्दै ज्ञापन पत्र बुझाईयो

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असोज – हाल सार्वजनिक सञ्जालको दुरुपयोग भईरहेको तर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नहुँदा यसबाट समाजमा द्वन्द उत्पन्न हुन सक्ने एक घटना क्रमले देखाएको पाईन्छ । घटना केही दिन अगाडी मात्र नरैनापुर गाउँपालिकाको रहेको छ । जहाँ एक जना मुस्लिम केटाले हिन्दु धर्मावलम्बीहरुलाई गाली गर्दै भिडियो सार्वजनिक सञ्जालमा अपडेट गरेको थियो । सोहीको जवाफमा हिन्दु केटाले समेत मुस्लिम धर्मावलम्बीहरुलाई गाली गर्दै भिडियो अपटेड गरेको देखियो तथा यो दुबै भिडियो एकै ठाउँमा राखी नरैनापुरको केटाले आफ्नो फोटो लगाई अपटेड गरेपछि त्यसको विवाद बढ्दै नरैनापुर पालिकाका मुस्लिम धर्मावलम्बीहरुले आपत्ति जनाउँदै भिडियो अपटेड गर्ने नाबालक बच्चालाई नानाथरी गाली गर्दै भगवानपुर थानामा झिकाई माफी मगाएका थिए । माफी मगाएर समेत सन्तुष्टि नभएपछि नाबालक केटालाई कान समात्न लगाई उठबस, मुर्गा बनाउनेसम्म कार्य गर्न ...
बंगलादेशमा सुफी तीर्थस्थलहरूलाई आक्रमणबाट जोगाउन सबै एकजुट

बंगलादेशमा सुफी तीर्थस्थलहरूलाई आक्रमणबाट जोगाउन सबै एकजुट

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ४ असोज – बंगलादेशमा सुफी तीर्थस्थलहरूलाई निशाना बनाएको रिपोर्टहरू देखा परेको केही दिनपछि, भक्त र स्वयंसेवकहरूले तीर्थहरूलाई कुनै पनि सम्भावित खतराहरूबाट जोगाउन आफ्नो जिम्मा लिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सिलहटको हजरत शाह परान दरबारमा भक्तहरू उर्स मनाउने क्रममा राति अबेर राति केही "दुर्घटनाहरू" ले आक्रमण गरेका थिए। सिलहट क्षेत्रका १४औं शताब्दीका सूफी संत शाह परानले आफ्ना मामा शाह जलालको नेतृत्वमा १३०३ सिलहटको विजयमा भाग लिए। यस्ता आक्रमणको खबरले भक्तजनमा डर पैदा गरेको छ । ढाकाको मुटुमा रहेको गोलप शाह सुफी दरबारमा लामो समयदेखि सुरक्षा गार्ड रहेका जाहिरले राजधानी बाहिरका तीर्थस्थलहरूमा भएको आक्रमणको खबर सुनेर दुःख व्यक्त गरे। ‘मन्दिरहरूमा धेरै समस्या थियो। हामी धेरै दबाबमा थियौं। बदमाशहरूले तीर्थहरूमा आक्रमण गर्ने धम्की दिए’, जाहिरले आइतबार एएनआईलाई भने। थप घटना हुन नद...
उइगुर मुस्लिममाथि किन भएको थियो अत्याचार

उइगुर मुस्लिममाथि किन भएको थियो अत्याचार

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, ४ असोज – छिमेकी चीनको सिन्चियाङ प्रान्तमा रहेका उइगुर मुस्लिममाथि अन्याय र अत्याचार भएको कुरा जगजाहेर छ । उइगुर मुस्लिममाथि अत्याचार हुँदा, उनीहरुको मानवअधिकार हनन् हुँदा विश्वभरका राष्ट्रहरुले त्यसको विरोध जनाएका थिए । यहाँसम्म कि यसको विरोध नेपालका पनि कैयौं भूभागमा भएका थिए । चीन सरकारले एकातिर आफ्नै देशका मुस्लिमका विभिन्न गतिविधिमाथि प्रतिबन्ध लगाएको छ भने नेपालका मुस्लिमहरुप्रति सहानुभूति देखाउँदै आफ्नो प्रभाव जमाउन खोजेको नागरिक अगुवाहरु भन्छन् । चीनको यस्तो क्रियाकलापप्रति आशंका पनि व्यक्त गरिँदैछ कि नेपाली मुस्लिम समुदायमा आफ्नो प्रभाव किन बढाउन खोज्दैछ । चीन उइगुर समस्यामा पश्चिमाहरूले अनावश्यक खेलेको आरोप लगाउने गर्दछ भने अन्य मुलुकले त्यहाँ चीनले जाति हत्या गरी मानव अधिकारको व्यापक उल्लंघन गरेको आरोप लगाउँछन् । पश्चिमा देश र संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको...
भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्र कपिलवस्तु, २८ भाद्र - कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघरबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो। भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरिन्छ । मुर्ति बिसर्जनका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थलसम्म पुर्याइएको थियो । कृष्णनगरमा बजार क्षेत्र ...
शिक्षाको नाममा धार्मिक प्रचारप्रसार, विद्यालय हाता भित्र चर्च राख्नुको उद्देश्य के ? कोहलपुर शिक्षा शाखा मौन किन ?

शिक्षाको नाममा धार्मिक प्रचारप्रसार, विद्यालय हाता भित्र चर्च राख्नुको उद्देश्य के ? कोहलपुर शिक्षा शाखा मौन किन ?

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ भाद्र – कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको जीवन ज्योती स्कुलले आप्mनो विद्यालय हाताभित्र देखाएको तमाम गल्तिलाई अखिल क्रान्तिकारीले उठान गरेपछि मुद्दा डाईभर्ट गर्न चन्दा मागेको भन्दै आप्mना केहि आसेपासेलाई राखेर जोमन जेम्स नेतृत्वको जीवन ज्योती स्कुलले पत्रकार सम्मेलन गरेको छ । पछिल्लो समयमा जीवन ज्योती स्कुलले राज्यको निती नियम र कानुनलाई गम्भिर उल्लंघन गरी अवैध क्रियाकलापमा संलग्न भएको यथेष्ठ प्रमाणहरु भेटीएको भन्दै अखिल क्रान्तिकारीले विद्यालयको हाता भित्र धर्मको प्रचार प्रसार, छात्रवृत्ती वितरणमा गम्भिर अपारदर्शीता, विद्यालय हाताभित्र चर्चको निर्माण आदि कुराले विद्यार्थीहरुमा ज्ञानआर्जन गर्ने भन्दा धर्मको प्रचार गर्न खोलीएको स्कुल हो भन्ने पुष्टि भएको क्रान्तिकारीले दावि गरेको थियो । सोहि दावि सहितको विज्ञप्ति सार्वजनिक पछि यतिवेला जीवन ज्योती स्कुलका जोमन जेम्स र नि...