अवधी पत्रकार संघद्वारा अवधी भाषी पत्रकारहरुलाई सम्मान (तस्वीरहरुको केही झलक सहित)
नेपालगन्ज, ४ बैशाख – नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित अवधी भाषी पत्रकारहरुलाई अवधी पत्रकार संघ नेपालको जिल्ला कार्यसमिति बाँकेले स्वागत सम्मान तथा नव वर्षको शुभकामना आदानप्रदानको कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ ।
सम्मान तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम नेपालगन्ज–४ श्री शिवपार्वती मन्दिर प्राङ्गण तथा अवधी पत्रकार संघ भवन निर्माण स्थलमा शनिवार सम्पन्न गरिएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य मो.आरिफ अन्सारी, प्रदेश परिषदका मेराज सल्मानी, सदस्यतर्फ भीष्म लोध, जावेद अन्सारी, जावेद हलुवाईलाई सम्मान गरिएको थियो भने प्रदेश परिषदका मुस्ताक अहमद जसगढ, सदस्य दिनेश ठाकुर अस्वस्थ भएको कारण कार्यक्रममा अनुपस्थित रहेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रममा पत्रकार महासंघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी लियाक...








