Friday, March 14सत्यम खबर
Shadow

प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

महेश चौधरी
डुडुवा, भाद्र २६–सहयोगी युवाहरुको संजालको सहयोगमा डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत रहेको खडैचा इलाका प्रहरी कार्यालयको आयोजनामा सर–सफाई कार्यक्रम सम्पन्न भएको छ ।

डुडुवा १ का वडा अध्यक्ष पटेश्वरी प्रसाद बर्माको सभापतित्व र सशस्त्र प्रहरी निरिक्षक हिमाल के.सी.को प्रमुख आतिथ्यमा शुरु भएको सर–सफाई कार्यक्रममा अतिथीहरु वडा सदस्य राम सागर लोनिय, शान्ति पुर्नस्थापना गृहकी अंजली शर्मा, बुद्धिजीवि कृष्ण गोपाल यादव, समाज सेवी बृजलाल यादव, वारिस शेष, कनिक तारा पासी, शुष्मा यादव, बृजु बर्मा लगायतको उपस्थितीमा इलाका प्रहरी कार्यालय खडैचा देखी शुरु भएको सर–सफाई कार्यक्रम पिपरहवा गाऊँ, पिपरहवा चौक, खडैचा गाऊँ, कधैपुर्वा हुंदै १ नं.वडा कार्यालयको परिसरको सर–सफाई गरी कार्यक्रम समापन भएको हो ।

इलाका प्रहरी कार्यालय खडैचाका इंचार्ज खिम बहादुर डांगीले अतिथीहरुको स्वागत गर्दै सबैलाई सर–सफाई अभियानमा लाग्न आग्रह गर्नु भएको थियो । अरुलाई नहेरी आफैबाट शुरुवात गर्न आग्रह गर्दै आ–आफ्नो घर अगाडी पछाडी पनि स्वच्छ र सफा राख्न वडा नं.१ का स्थानिय वासीहरुलाई अनुरोध गर्न भएको हो ।

यसै गरी उक्त कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी निरिक्षक के.सी.ले हामी सबैले आफैबाट शुरुवात गरे भने पनि सफलता प्राप्त गर्न सकिन्छ र हाम्रो समाज स्वच्छ र सफा हुन्छ भनी सर–सफाईमा ध्यान दिन सबैलाई आग्रह गर्नु भएको थियो !

यसै गरी कार्यक्रम सभापति एवं १ नं.वडा अध्यक्षको अध्यक्षता मै बसेको उक्त समापन कार्याक्रमले ५ वटा निर्णय गरेको छ, क्रमशः प्रत्येक टोलमा टोल सुधार समिति गठन गर्ने, प्रत्येक चोकमा रहेको पसल अगाडी डस्ट बिन राख्ने, प्रत्येक हप्तामा प्रहरीको संलग्नतामा सर–सफाईको निरिक्षण गर्ने र सल्लाह सुझाव दिने, सडकमा वा घर अगाडी फोहोर थुपार्न नमिल्ने मिलेको खण्डमा सफा गर्न लगाउने, टोल सुधार समिति र सर–सफाई अनुगमन वडा कार्यालयबाट हुने निर्णय भनी गरिएको छ ।

कार्यक्रम सभापति बर्माले आफ्नो वडा सभा बनाउन प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो भने उक्त कार्यक्रमलाई सहयोगी संस्थाका धर्म बीर सोनीले सञ्चालन गर्दै संस्थाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

उक्त सर–सफाई कार्याक्रममा संजालका आर्वज खान, सुनील सोनी, प्रदीप पाठक, महमूद खान, बिजय केवट, राजू ठाकुर, सुनिल हरिजन, अनिल बर्मा, बिरेन्द्र चौधरी, बिर्जु प्रसाद बर्मा, मेराज दर्जी, रबिन्द्र चौधरी, ओम प्रकाश बिश्वकर्मा, जगदीश गोडिया, मनी राम यादव, राम सागर केवट, सर्वेश बर्मा सुमिद सोनी, सुदिर खटिक, सुरज सोनार, संजय कुमार गुप्ता, सबिस ठाकुर, अजय बर्मा, प्रबिन कुमार आर्य, प्रदीप कुमार भुजवा, संजय भुजवा, कुलदीप सोनी, दिलीप ठाकुर, अंकुश बि.क., नन्के बिश्वकर्मा, मनोज तिवारी, इस्वे हुसैन खाँ, निजामुद्दीन खाँ लगायत अन्य २०० बढी स्थानिय वासीहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *