Friday, December 19सत्यम खबर
Shadow

अपराध

गाडी भारतीय नम्बरको सवारी भन्सारको पार्किङ्गबाट उठाउँदै ?

गाडी भारतीय नम्बरको सवारी भन्सारको पार्किङ्गबाट उठाउँदै ?

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ पौष – नेपालगन्जको आर्थिक अवस्था सुधार नहुनुमा यहाँ कार्यरत रहेको प्रशासनीक निकायलाई नै प्रमुख आधार मान्नु पर्ने हुन्छ की भन्ने प्रश्न आम व्यापारीहरुको रहेको छ । भारतको रुपैडिया बजारमा भिड हुँदा नेपालगन्जका बजारमा सुनसान रहेको पाईन्छ । घरायसी सामानदेखि लिएर आवश्यक पर्ने सम्पूर्ण सामानहरुको खरिददारी भारतीय बजार रुपैडियाबाट नै हुने गरेको विगत कै तथ्यांकहरुले देखाईरहेको अवस्थामा अब भारतीय नम्बरको गाडी नेपालगन्जको सीमामा प्रवेश गरी सवारी समेत उठाउने गरेको जनगुनासो आईरहेका छन् । यसतर्फ पटक पटक समाचार सम्प्रेषण गर्दा समेत सम्बन्धित पक्षले कानमा तेल हाली बस्दा आम व्यापारी कहाँ रुन जाने भन्ने प्रश्न उठेको छ । कतिपय भारतीय व्यापारीहरुले समेत गुनासो गरिरहेका छन् हामीले रुपैडिहा टैक्सी स्टैण्डबाट सवारी उठाउनु पर्ने हुन्छ तर केही व्यवसायी साथीहरु रुपैडिया पारी नेपालगन्ज भन्सार भित्र ...
भन्सार छली ल्याईएका अवैध लत्ताकपडा बरामद

भन्सार छली ल्याईएका अवैध लत्ताकपडा बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ पौष – सशस्त्र प्रहरीले भारतबाट भित्रिँदै गरेका अवैध लत्ताकपडा बरामद गरेको छ । सिमा नाकाबाट सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका भन्सार छलिका सामाग्री बरामद गर्दै आइरहेको छ । बिहानको समयमा हुस्सु र कुहिरो लागेका कारण केही नदेखिने भएकाले अवैध सामाग्री ओसारपसार गर्ने गरेका छन् । भारतबाट अवैधरुपमा ल्याउँदै गरिएका लत्ताकपडा सशस्त्र प्रहरीले बुधबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल बागेश्वरी ३० नम्बर गण बाँकेको बढैया बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक लालबहादुर नेगीको कमान्डमा गएको टोलीले लत्ताकपडा बरामद गरेको थियो । सशस्त्र प्रहरी निरीक्षक नेगीलाई बिशेष सूचना आए पश्चात् तस्करले वेवारिसे अवस्था १ बोरा लत्ताकपडा छोडेर फरार भएको वरिष्ठ हवल्दार लोकेश चन्दले जानकारी दिएका छन् । अवैध सामाग्री ओसारपसार नियन्त्रण तथा र भन्सार छली गरेर अबैध रुपमा ल्याइने सानो–सानो सामग्री समेत...
गाई काट्ने, तस्करी गर्नेमाथि तत्काल कार्यवाहीको माग गर्दै राप्रपा नगरअध्यक्ष केसीद्वारा बुझाईयो ज्ञापनपत्र

गाई काट्ने, तस्करी गर्नेमाथि तत्काल कार्यवाहीको माग गर्दै राप्रपा नगरअध्यक्ष केसीद्वारा बुझाईयो ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ मंसिर – दैनिक रुपमा राष्ट्रिय जनावर गाई काटिने कार्य हुन लागेपछि राप्रपा नेपालका नगर अध्यक्ष हुकुम केसीसहितको टीम जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको गाईलाई बाँके जिल्लाको विभिन्न स्थानहरुमा काट्ने, तस्करी गर्ने लगायत कार्य तत्काल रोक्न तथा यसकार्यमा संलग्नहरुलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न ज्ञापनपत्रमा मांग गरिएको नगर अध्यक्ष केसीले बताएका छन् । राप्रपा नगर अध्यक्ष केसीका अनुसार पटक पटक प्रशासनलाई गुहार गरिएको तथा अब पनि त्यसतर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नभएको अवस्थामा हामी आफै कानून हातमा लिन बाध्य हुने चेतावनी समेत दिएका छन् । राप्रपा नगर अध्यक्ष केसीको टिमद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको ज्ञापनपत्रमा ‘नेपालको संविधान तथा प्रचलित कानुनले राष...
ओसाका एक्स्पो–२०२५ भ्रमणमा अनियमितता

ओसाका एक्स्पो–२०२५ भ्रमणमा अनियमितता

अपराध, आर्थिक, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, १९ मंसिर – ओसाका, जापानमा आयोजना हुँदै गरेको वल्र्ड एक्स्पो–२०२५ मा सहभागी नेपाली अधिकारीहरूको भ्रमणसँग सम्बन्धित अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा गम्भीर प्रश्न उठेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटना स्पष्ट गर्न ३० दिनको समय दिएर छानबिन प्रक्रिया अघि बढाएको छ । २०८१ चैत्र १३ देखि २८ सम्म जापान पुगेको नेपाली प्रतिनिधि टोलीमा सह–सचिव भरतविक्रम राणा, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निर्देशकहरू तथा बिध म्यानेजमेन्ट प्रालि र सम्बद्ध व्यक्तिहरू सहभागी थिए । टोलीले भ्रमणका क्रममा सरकारी स्रोत र पद अधिकारको दुरुपयोग गरेको आशंका मन्त्रालयमा दर्ता भएको छ । यस विषयमा जेन्जी २.० ले तीन निकायलाई आधिकारिक रूपमा जानकारी गराएको छ । जेन्जी २.० का प्रवक्ता अविन लिम्वूले भ्रष्टाचारीलाई कारबाही गर्न मागसहित आफूहले जानकारी गराएको जनाए । अर्का जेन्जी अमर सा...
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउको राष्ट्रिय एकता अभियानद्वारा स्वागत

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउको राष्ट्रिय एकता अभियानद्वारा स्वागत

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौँ, १८ मंसिर – नेपाल नागरिक उड्डयन प्राधिकरण (ऋब्ब्ल्) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (ऋक्ष्ब्ब्) ले पक्राउ गरेपछि राष्ट्रिय एकता अभियानले सो कदमलाई “सुशासन र जवाफदेहिता स्थापनातर्फको ऐतिहासिक पहल” भनेर स्वागत गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार यो पक्राउले देशमा जरा गाडिरहेको दण्डहीनताको संस्कृतिविरुद्ध महत्वपूर्ण सन्देश दिएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिहरू कानुनभन्दा माथि छैनन् भन्ने ध्वनि पहिलोपटक स्पष्ट रूपमा स्थापित भएको उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततामा ‘मुख्य जिम्मेवार’ राष्ट्रिय एकता अभियानले विगत लामो समयदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौं रुपैयाँको आर्थिक अनियमितता र त्यसले देशको हवाई सुरक्षा, पर्यटन सम्भावना र राष्ट्रिय गौरवमाथि पारेको असरबारे व्यापक रूप...
नरैनापुरमा शिक्षाको बेतिथी बिरुद्ध युवाहरु आन्दोलित

नरैनापुरमा शिक्षाको बेतिथी बिरुद्ध युवाहरु आन्दोलित

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १७ मंसिर – नरैनापुरका सामुदायिक बिद्यालयहरुमा भईरहेको लापरवाही, बेथिती बिरुद्ध नरैनापुरका युवाहरु आन्दोलित भएका छन् । आन्दोलनमा उत्रिएका युवाहरु नरैनापुर शिक्षा र स्वास्थय बाहेक सम्पुर्ण सेवा र यातायात अवरुद्ध गरेको बताएका छन । आन्दोलनकारीहरुले आज पहिलो दिन नरैनापुर–नेपालगन्ज सडकखण्डको कोहला नजिक ३ घण्टा सम्म सवारी साधन रोकेर बाटो अवरुद्घ गरेको आन्दोलनमा सहभागी नरैनापुर–६ का युवा नेता हेमकुमार यादवले बताए । यादवका अनुसार ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको अनुरोधमा ३ घण्टा पश्चात् अवरुद्ध बाटो खोलेको र आज सांझ बैठक बसेर भोली देखिको योजना सार्वजनिक गर्ने बताए । आन्दोलनकारीहरुले युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण कुमार चौधरीको शरुवा गर्नु पर्ने, गाउँ शिक्षा समिति खारेज गर्नु पर्ने, बिद्यालयहरुमा कक्षा १ देखि ८ सम्म लागू हुने स्थानिय पाठ्यक्रमको किताब यथासिघ्र...
बि.एन. कम्यूनीटि ईयर सर्भिसको अर्को झूठको भण्डाफोर

बि.एन. कम्यूनीटि ईयर सर्भिसको अर्को झूठको भण्डाफोर

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ मंसिर – केही दिन अगाडी मात्र भारतीय सीमा क्षेत्र रुपैडियाबाट विदेशी नागरिक प्रवेश गरेको आरोपमा दुई जना नागरिकलाई पक्राउ गरिएको थियो । उक्त पक्राउ गरिएको नागरिकमा एक जना ब्रिटिश महिला र एक जना पाकिस्तानी नागरिक रहेको सीमा सुरक्षा बल एसएसबीले जनाएको थियो । जसमा ब्रिटिश महिला नागरिकलाई नेपालगन्जमा रहेको बि.एन. कम्यूनीटि ईयर सर्भिस नामक अस्पतालले बोलाएको तथा उनलाई नेपालगन्जमा वरिष्ठ डा. आशिम किदवाईको गाडी नं. ७४०० बागमती प्रदेश ०१०३८ प. नम्बरको गाडी प्रयोग गरी रुपैडिहासम्म पु¥याईएको प्रमाण भेटिएको थियो । यसै सम्बन्धी बुझ्दै जाँदा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका प्रबन्धक चेतनारायण चौधरीका अनुसार केही समय अगाडी मेडिकल क्याम्प लगाउनलाई हामीबाट करोड बढीको सामान बि.एन. कम्यूनीटि ईयर सर्भिसले लागेका थिए । जुन जिल्ला प्रशासन क ार्यालय बाँकेको सहकार्यमा सम्झौता गरी फिर्ता...
विदेशी नागरिक भित्र्याउने बि.एन. अस्पतालमाथि कार्यवाहीको माग

विदेशी नागरिक भित्र्याउने बि.एन. अस्पतालमाथि कार्यवाहीको माग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक – नेपालगन्जको बाटो प्रयोग गर्दै भारत प्रवेश गर्न लागेका ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ । नेपाल–भारतको खुला सीमाको फाईदा उठाउँदै विगत वर्षदेखि कतिपय आतंककारी, लभजिहादको (सीमाको प्रेम कहानी) घटनामा संलग्नहरु भारततर्फ प्रवेश गरेको घटनाहरु सार्वजनिक भएसँगै हिजो शनिबार भारततर्फ प्रवेश गरेको ब्रिटिश महिला र पाकिस्तानी पुरुषको घटनाले नयाँ तरंग नै उत्पन्न गरेको छ । केही दिन अगाडी मात्र दिल्लीको लालकिलामा कार भित्र बम बिस्फोट भएको थियो । सो बम विस्फोटपछि नेपाल भारत सीमानाका पूर्णरुपमा कडा पारिएको थियो । यस्तो अवस्थामा ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिक भारतीय सीमानाका रुपैडिया प्रवेश गरी एसएसबीको हात लाग्नु कुनै चानचुन घटना होइन । यहाँ बुझ्नुपर्ने के देखिन्छ भने उनलाई यहाँसम्म ल्याउने को हो ? उन...
प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा २६ करोड बेरुजु

प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा २६ करोड बेरुजु

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – बर्दियाको बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू र लेखापाल नारायणराज त्रिपाठीको मिलेमतोमा २६ करोड रुपैयाँभन्दा बढी रकम बेरुजु भएको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ देखि २०८/०८१ सम्मको अवधिमा ठूलो रकम हिनामिना भएको पुष्टि गरेको हो । गाउँपालिकामा अहिलेसम्म ४९ करोड ८८ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसमा केवल ६ करोड २० लाख रुपैयाँ मात्र फछ्यौट भएको छ । प्रतिवेदनका अनुसार २०७७/०७८ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अर्जुन सुवेदी र लेखापाल नारायणराज त्रिपाठी तथा विनोदराज खनाल संलग्न रहँदा ९ करोड ९१ लाख रुपैयाँ बेरुजु भएको थियो । २०७८/०७९ मा पुनः अर्जुन सुवेदी र धर्मराज न्यौपानेको कार्यकालमा ८ करोड ८५ लाख रुपैयाँ बेरुजु देखिएको छ । २०७९/०८० मा लेखापाल त्रिपाठ...
दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा रहेको गाई–गोरुलाई दैनिक दर्जन बढी काट्ने कार्य जारी रहेको स्रोतको दाबी रहेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरमा दैनिक एक दर्जन बढी गाई गोरु काट्ने गरिएको प्रत्येक्षदर्शीहरुको भनाई रहेको छ । यस अगावै समेत समाचार प्रकाशन भई उक्त कार्यमा संलग्न रहेका आरोपीहरुको नाम सार्वजनिक गर्दा पनि हालसम्म प्रहरी प्रशासनले कानुन बमोजिम कुनै कार्यवाही नगरिनुमा स्थानीयहरु आक्रोशित भएका छन् । बाँकेमा वर्षौदेखि गाई–गोरु तस्करीदेखि लिएर काट्ने तथा काटिएका गाई–गोरुलाई सुकाएर सुक्टी बनाएर होटलहरुमा बिक्री गर्दै आईरहेको कतिपय घटनाहरुको तथ्यांक नै रहेको पाईन्छ । जसमा केहीलाई कानुन बमोजिम संजाय भएको छ भने केहीलाई पक्राउ गरि छोडिएको घटनाहरु देख्न सकिन्छ । तर वर्षौदेखि खजुरा गाउँपालिका वडा नं. ८ स्थित रनियापुरमा ...