Friday, August 14सत्यम खबर
Shadow

अपराध

सुनसरीको देवानगञ्ज घटनाबारे राष्ट्रिय एकता दलको उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग

सुनसरीको देवानगञ्ज घटनाबारे राष्ट्रिय एकता दलको उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौँ, साउन ११ – राष्ट्रिय एकता दलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारका अवसरमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दलले घटनाको निष्पक्ष छानबिन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । दलका केन्द्रीय अध्यक्ष विनय यादवले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा बोलबम यात्राको तयारीका क्रममा मन्दिर परिसरमा भएको घटनाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर परेको उल्लेख गरिएको छ । विज्ञप्तिमा मन्दिर परिसरमा धार्मिक झण्डा च्यातिएको र श्रद्धालुमाथि आक्रमण भएको दाबी गर्दै त्यसको कडा निन्दा गरिएको छ । दलका अनुसार घटनाका क्रममा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता र सुनिलकु...
एसपी जिसीको नेतृत्वमा जिल्ला प्रहरीको उल्लेखनीय उपलब्धीहरु

एसपी जिसीको नेतृत्वमा जिल्ला प्रहरीको उल्लेखनीय उपलब्धीहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ साउन – जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनाभर २९६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ११ वटा जघन्य अपराध, ५८ वटा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध तथा ५४ वटा आर्थिक अपराध सम्बन्धी मुद्दा रहेका छन् । सार्वजनिक चासोका ५८ वटा पेन्डिङ मुद्दा सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रणतर्फ २४ वटा मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ३४२ ग्राम ९३० ...
झारफुकको अन्धविश्वासले लियो राधेश्याम बढ्हीको ज्यान, वर्कत अली भन्ने सुर्खेती बाबा हिरासतमा

झारफुकको अन्धविश्वासले लियो राधेश्याम बढ्हीको ज्यान, वर्कत अली भन्ने सुर्खेती बाबा हिरासतमा

अपराध, अवधी, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण – बाँके जिल्लाको सबैभन्दा पिछडिएको पालिका मध्ये नरैनापुर गाउँपालिकामा हाल पनि अन्धविश्वास कायम रहेको एउटा घटना बाहिर आएको छ । केही दिनदेखि बिरामी भई झारफुकको लागि नरैनापुर गाउँपालिका वडा नं. ६ बस्ने वर्कत अली भन्ने सुर्खेत बाबा कहाँ राप्तीसोनारी गाउँपालिका वडा नं. ७ बस्ने कुन्नु बढहीको छोरा ३५ वर्षीय राधेश्याम बढ्हीको मृत्यु भएको छ । उक्त घटना बारे भगवानपुर ईलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृतक राधेश्याम बढ्हीलाई पोष्टमोर्टमको लागि नेपालगन्जमा रहेको भेरी अस्पताल पठाईएको छ भने झारफुक गर्ने वर्कत अली भन्ने सुर्खेती बाबालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको बताएका छन् । उता पीडितका परिवारले सुर्खेत बाबाले झारफुकको क्रममा राधेश्याम बढ्हीको मृत्यु भएको आरोप लगाएका छन् । आजको वैज्ञानिक युगमा समेत अन्धविश्वास माथि विश्वास गरी कसैको ज्यान गएको घटना...
साईगाउँ बिओपीद्वारा साढे ४ लाख बराबर सामान बरामद

साईगाउँ बिओपीद्वारा साढे ४ लाख बराबर सामान बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ असार – खुला सीमानाकाको फाईदा उठाउँदै तस्करहरुले तस्करीको कार्य जारी राख्दै आईरहेको अवस्थामा जिरो ट्रोलनेश अन्तर्गत कार्यरत रहेको सशस्त्र प्रहरी साईगाउँ चौकीले ठूलो उपलब्ध हात पारेको छ । विगत २ महिना भित्र लाखौं मूल्य बराबरको सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी गत १–२ दिनको सुरक्षा चेकजाँचको क्रममा करीब साढे ४ लाख मूल्य बराबर लत्ताकपडा, सलवार सुट, फुल, अवैध खाद्यान्न सामान लगायत बरामद गर्नुका साथै उक्त तस्करीको सामानमा ढुवानी गरिने मोटरसाईकल समेत बरामद गरिएको जनाईएको छ । बरामद गरिएको सम्पूर्ण सामान आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको छ भने बरामद सामान पचपोखराको बाटो हुँदै तस्करी भईरहेको जनाईएको छ ।...
कर्बलाको नाममा सार्वजनिक पोखरी कब्जा

कर्बलाको नाममा सार्वजनिक पोखरी कब्जा

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको २१० कट्ठा जग्गामा फैलिएको पोखरीलाई कर्बलाको नाममा कब्जा गर्न लामो समयदेखि प्रयास जारी रहेकै बेला नरैनापुर वडा नं. १ कटकुईया गाउँको दक्षिण तिर रहेको करीव २ विगाहा जग्गामा फैलिएको सरकारी पोखरी २०८३/२/२१ गते कब्जा गरिएको छ । प्राप्त जानकारी अनुसार नरैनापुर वडा नं. १ का वडा अध्यक्ष ईशाक जोलाहको मिलोमत्तो एवं निर्देशनमा वडा नं. १ महानितिया गाउँ बस्ने नूरमोहम्मद शाहको अध्यक्षतामा हुसैनी कर्बला महानितिया संचालक समिति बनाई २०८३/२/२१ गते उक्त संचालक समितिको नामावली सहितको बोर्ड पोखरीमा गाडेरकब्जा गरिएको हो । वडा अध्यक्ष ईशाक जोलाहले नरैनापुर वडा नं. १ मा रहेका सबै जग्गा प्रायः कब्जा गरिसकेको स्रोतको दावी रहेको छ । वडा अध्यक्ष ईशाक जोलाहले कब्रिस्तानको नाममा र ईदगाहको नाममा धेरै एलानी सरकारी जग्गा कब्जा गरीसकेको र गर्ने क्रम ज...
विशेष खोज: भेरी अस्पतालको ‘अपरेशन लुट’— ५० लाखको खरिदमा ३५ लाख नाफा, कमिसनकै लागि १ करोडका औषधि कुहाइयो !

विशेष खोज: भेरी अस्पतालको ‘अपरेशन लुट’— ५० लाखको खरिदमा ३५ लाख नाफा, कमिसनकै लागि १ करोडका औषधि कुहाइयो !

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगञ्ज, बाँके। बाहिरबाट हेर्दा भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हजारौं गरिब बिरामीहरूको ‘जीवनदायिनी’ संस्था हो। तर, यसका बन्द कोठाहरूभित्र पसेर हेर्दा यो अस्पताल बिचौलिया, भ्रष्ट कर्मचारी र माफियाहरूको ‘लुटको स्वर्ग’ बनिसकेको छ। ​हाम्रो खोजमूलक डेस्कले महिनौं लगाएर संकलन गरेका गोप्य सरकारी कागजात, स्वास्थ्य मन्त्रालयका पत्र, अख्तियारको अनुसन्धान विवरण, चुहावट भएका ह्वाट्सएप संवाद र गोदामभित्रका तस्बिरहरूले भेरी अस्पतालभित्रको डरलाग्दो ‘मेडिकल क्राइम’को पर्दाफास गरेका छन्। यस महाघोटालाका मुख्य योजनाकार हुन्— अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र उनका विश्वासपात्र तत्कालीन फार्मेसी/स्टोर इन्चार्ज उदय वीर शाही। ​एक सामान्य कर्मचारीदेखि ‘BYD’ गाडी चढ्ने करोडपतिसम्मको उदय वीर शाहीको यात्रा र भेरी अस्पतालको बर्बादीको पूर्ण फेहरिस्त यस प्रकार छ: ​१. मेहलकुनादेखिको ठगी र भ...
खैरो हेरोइन ६८ ग्राम ८१० मिलिग्राम सहित दुई जना पक्राउ

खैरो हेरोइन ६८ ग्राम ८१० मिलिग्राम सहित दुई जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ बैशाख – लागू औषधि नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीद्वारा विशेष सूचनाको आधारमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताद्वारा दिईएको जानकारी अनुसार आज बिहान नेपालगन्ज वडा नं. ५ स्थिति चेकजाँच गर्ने क्रममा भारतको उत्तर प्रदेश, बहराइच जिल्लास्थित रुपैडिया थाना बाबागञ्ज बस्ने ३२ वर्षीय मोहम्मद हामिद र सोही स्थानकी २२ वर्षीया सविना देवी पथरकटलाई ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको बताए । प्रहरीले दिईएको जानकारी अनुसार कानुन बमोजिम शरीर तलासी गर्दा मोहम्मद हामिदले लगाएको कालो पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको तथा खैरो हेरोइनका साथै दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट युपी ४० बीएच ४७०८ को मोटरसाइकल समेत बरामद गरिएको ...
मलाई न्याय देउ बालेन सरकार : पीडित शालिकराम पाठक

मलाई न्याय देउ बालेन सरकार : पीडित शालिकराम पाठक

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ बैशाख – मलाई न्याय देउ बालेन सरकार भन्दै पीडित शालिकराम पाठक पत्रकारहरु माझ आएका छन् । उनले आईतबार पत्रकार भेटघाट गर्दै विगतमा भएको २३–२४ गतेको जेनजी आन्दोलनमा सहभागिता जनाएको कै हुँदा आफूलाई चाहिए नचाहिएको मुद्दा लगाईएको हुँदा सो मुद्दाबाट छुटकारा दिलाउन बालेन सरकारलाई गुहार गरेका छन् । उन न्याय पाउन बारे प्रेस नोट जारी गर्दै ‘भदौं २४ को जन आकोश प्रदर्शनमा सहभागी भएकै आधारमा राज्यको सरकारी निकायहरुले अन्यायपूर्ण तरीकाले प्रतिशोधको भावना साधी पक्षपात पूर्ण तरीकाले म शालिकराम पाठक माथी विभेदपुर्ण तरीकाले मुद्दा लगाउने प्रयास गरियो । भदौं २३/२४ को जेन–जी प्रदर्शन देशै भरी उग्र तरीकाले हुँदा बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय तोडफोड आगजनि हुँदा हजारो हजार युवाहरुले सामुहिक रुपमा उक्त प्रदर्शनमा सहभागी भै उक्त घटना घटेको हो । सो घटनाको बारेमा नेपालगन्ज उपमह...
बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ

बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख – भारतीय नागरिक नेपालमा बसी कारोबार गर्दै आईरहेको अवस्थामा ०६२/०६३ मा नेपाली नागरिकता बनाई विधिवत नेपाली नागरिक भई कारोबार गर्दै आएका बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ परेको स्रोतले दाबी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पक्राउ परेका अन्सारी यस अगावै समेत तस्करी मुद्दामा -भालुको पित्त, कस्तुरी) को अवैध कारोबारमा चाईनिज व्यक्ति टासीसँग मिलेमतो गरी बफरार भएका थिए पछि कानुन बमोजिम भएको बताए । पक्राउ परेका बर्कत अन्सारीको पुरानो घर बहराईच जिल्ला नाजिरपुरा टोल भएको स्रोतले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज भन्सार कार्यालयमा चोरी गरेको सिसिटिभि पुटेजको आधारमा पक्राउ गरी अभियुक्त बर्कत अन्सारीलाई चोरी मुद्दा लगाई थप अनुसन्धान भईरहेको बताएका छन् ।...
अनेमसंघ बाँकेद्वारा दोषीलाई कानुन अनुसारको कारबाहिको मांग

अनेमसंघ बाँकेद्वारा दोषीलाई कानुन अनुसारको कारबाहिको मांग

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० चैत्र – अखिल नेपाल महिला संघ जिल्ला कमिटि बाँकेद्वारा चैत्र १४ गते २४ बर्षीय मोहम्मद आरिफ ढपाली प्रेमीद्वारा आगो लगाएर मारिएकी २२ बर्षीय सृजना मगरको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार गृहमन्त्रालय सिहदरवार काठमाण्डौंमा चैत्र २० गते ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउनेहरुमा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेल, अनेमसघं बाँके जिल्ला कमिटि अध्यक्ष मिना सुवेदी ढकाल, नि.बर्तमान उपाध्यक्ष इता शर्मा, अनेमसंघ युवा कमिटि बाँकेका अध्यक्ष विष्ना बस्नेत, अनेमसंघ नेपालगन्ज उपमहानगरपालिका नगर कमिटि बाँकेका अध्यक्ष रीना पौडेल, द्वन्द पीडित तथा एकल महिला संजाल बाँकेका केन्द्रिय महासचिव एकमाया विक, अनेमसंघ जिल्ला कमिटि सदस्य रमा गहतराज लगायतका महिलाहरुले पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिमको माग गर्दै ज्ञापन पत्र बुझाएका...