नरैनापुरमा भूमिहीन दलितहरूलाई न्यानो कपडा वितरण
नरैनापुर, २५ पाैष - बाँकेको नरैनापुर गाउँपालिकाका १२८ जना भूमिहीन दलितहरुलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ। बढ्दो चिसो र शीतलहरलाई मध्यनजर गर्दै उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि राहत सामग्री उपलब्ध गराइएको हो।
नरैनापुर गाउँपालिकाको आयोजना तथा रेन परियोजनाको आर्थिक सहयोगमा उक्त राहत सामग्री वितरण गरिएको हो। जाडो मौसममा न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताइरहेका भूमिहीन दलित परिवारहरूलाई लक्षित गरी कम्बल, ज्याकेट लगायतका न्यानो लुगाहरू प्रदान गरिएको छ।
राहत वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पालिका भित्रका कोही पनि नागरिक चिसोका कारण समस्यामा नपरुन् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए। भूमिहीन र आर्थिक रूपले कमजोर रहेका दलित समुदायका लागि यो सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय ल...









