चीनमा २ करोड मानिसको जनजीवन कोरोना संक्रमणका कारण प्रभावित
काठमाण्डौ, २३ भाद्र –कोरोनाको डर पहिलेको तुलनामा कम भएपनि चीनमा भने अझै डर कायमै छ । चीन सरकारले बिहीबार एक प्रमुख सहरमा पूर्ण लकडाउन लगाएको छ । करिब २१ लाख जनसंख्या भएको सहर चेङ्दुमा कोरोनाका बढ्दो केसलाई ध्यानमा राखेर यो कडा कदम चालिएको हो । सरकारले चार दिन लकडाउन गरेर न्यूक्लिक एसिड परीक्षण गर्ने जनाएको छ । सांघाईमा एक महिनाको लागि यस्तै लकडाउन लगाइएको थियो।
लकडाउन को नियम के छचेङ्दु दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी र ठूलो शहर हो। बुधबार यहाँ ज्ञण्ट जनामा कोरोनाका नयाँ केसहरू देखा परेका थिए, जसमध्ये छज्ञ जनामा लक्षण नै थिएन। सहरमा ३ सय ८१ उच्च जोखिम क्षेत्र पहिचान गरिएको छ । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार लकडाउनको समयमा परिवारका सदस्य दिनमा एक पटक मात्र बाहिर निस्कन पाउँछन् । तर, उनको न्यूक्लिक परीक्षणको रिपोर्ट पनि नेगेटिभ हुनुपर्छ ।
रद्द गरिएका उडानहरूसरकारले ...