Wednesday, November 20सत्यम खबर
Shadow

कला/साहित्य

स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान

स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पोखरा, ४ मंसिर - स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान गरिएको छ। गैह्रपाटनस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा स्टेप बाई स्टेप मा.वि. का आश्रय भुषाल मिस्टर पोखरा चाईल्ड स्टार हुन सफल भएका छन् । ऋषभ रानाले इन्टेलेक्चुअल अवार्ड तथा प्राप्त गरे भने फस्र्ट रनर अप हुन सफल भए । कृष्मा जि.सी. मिस पोखरा चाईल्ड स्टार हुन सफल भएकी छन् । मञ्जिता खत्री सेकेण्ड रनर अप भईन् । यस्तै आर्या वराल एक्सप्रेसन क्वीन अवार्ड र थर्ड रनर अप भईन् । दिप्तिका गुरुङले मल्टि ट्यालेन्ट अवार्ड प्राप्त गरिन् भने उनी फस्र्ट रनर अप भईन् । रबिना विश्वकर्माले वेष्ट क्याट वाक अवार्ड प्राप्त गरिन् । एरीका आचार्यले मिस पपुलर अवार्ड प्राप्त गरिन् । जोत्सना वरालले फोटोजेनिक अवार्ड, ऋतुजा वरालले स्वीट स्माईल अवार्ड र गौरवी विकले मिस पं...
मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ । आज बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराउनु भयो । अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने बताउनुभयो । ...
तृप्ती खड्काको मन को मान्छे सार्वजनिक

तृप्ती खड्काको मन को मान्छे सार्वजनिक

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक - मन को मान्छे आजभोली बोल्न छोडेको छ भन्ने बोलको गित सार्वजनिक भएको छ । चर्चित गायीका तृप्ती खड्का गुरुङको आवाजमा मनको मान्छे आजभोली बोल्न छोडेको छ मलाई किन अन्तै पाइला मोडेको छ भन्ने बोलको गित तृप्ती खड्का गुरुङ युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । एकदमै मार्मिक रहेको गितको शव्द गण्डकी पुत्राले गर्नु भएको छ भने म्युजिक पनि तृप्ती खड्का गुरुङकै रहेको छ । एरेञ्ज र मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ भने सारेगम स्टुडियोमा गितको रेकडिङ गरिएको गायीका तृप्तीले बताउनुभयो ।...
ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’

ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १३ कार्तिक – ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ÷माष्टरिङ रहेको छ गीतमा । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भन्नुभयो । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उहाँले बताउनुभयो । ...
महाेत्सव सफल पार्न शुभकामना आदान-प्रदान

महाेत्सव सफल पार्न शुभकामना आदान-प्रदान

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ कार्तिक - नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ लाई सफल पार्न नेपाल आदिवासी जनजाति महासंघका जातीय संगठनहरुले सामुहिक रुपमा सोमबार नेपालगन्ज बोैंद्द गुम्बमा एक कार्यक्रम गरि शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष डम्बर थापा मगरको सभा अध्यक्षमा भएको शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान कार्यक्रममा प्रमुख अतिथि नागरिक समाज बाँकेका अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघ बाकेका पुर्व अध्यक्ष र नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ , विशिष्ट अतिथि ब्यापारी संजय थापा , अतिथि , चेत बहादुर राना मगर, मिना पुन, मान सिङ पुन मगर, भुपेन्द्र पुन मगर, संगिता चोैंधरी, ...
दयारामकाे अध्यक्षतामा जाेगागाउँ मेला समिति गठन

दयारामकाे अध्यक्षतामा जाेगागाउँ मेला समिति गठन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राई नेपालगन्ज, ११ कार्तिक - बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँ स्थित सगरा कुट्टी क्षेत्रमा कार्तिक ३० गतेदेखि लाग्ने कार्तिक पूर्णिमा नहान मेलाको लागि मेला मूल समिति गठन गरिएको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि कार्तिक पूर्णिमाको अवसरमा लाग्ने नहान मेलाको लागि १७ सदस्यीय मेला मूल समिति गठन गरिएको हो । वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको अध्यक्षतामा आइतबार बसेको बैठकले दयाराम भुजुवाको अध्यक्षमा मूल समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा तिरथ राम अहिर, सचिव दिनेश सिंह घरोख सह-सचिव कुलबहादुर थापा, कोषाध्यक्ष राजु काँदु रहेका छन । यस्तै सदस्यहरुमा महेशचन्द्र बर्मा, राजेन्द्र पासी, फरेन्द्रनाथ मिश्र, राजेन्द्र जरवट, उदय राज काँदु, ध्रुवराज यादव, मनसा राम कहार, विजय धवन, मोहम्मद रजा इद्रिशी, लवकुश बर्मा र राजेश यादव रहेका छन । बैठकले मेल...
महोत्सव सफल पार्न होटल व्यवसाय तथा नेपाल आदिवासी बीच सहमति

महोत्सव सफल पार्न होटल व्यवसाय तथा नेपाल आदिवासी बीच सहमति

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ कार्तिक - नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ लाई सफल पार्न होटल व्यवसाय संघ बाँके नेपालगन्ज र नेपाल आदिवासी जनजाति महासंघ बिच एक आपसमा सहमति भएको छ । मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा होटल व्यवसाय संघ बाँकेले `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ मेला रहेको २५० स्टल मध्यका होटल तथा रेष्टुरेन्टका लागि छुट्टयाइएको २० वटा स्टलको जिम्मेवारी होटल व्यवसाय बाँके नेपालगन्जले जिम्मेवारी लिएको छ । विश्व भरी फैलिएका हामी जनजाति , हामी आदिवासी !! जोगाई राखोैँ भेेषभुषा , भाषा , संस्कृति !!´ जोगाई राखोै र ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई सफल पार्न आइतबार नेपालगन्ज बो...
नेपाल सम्वतको शुभारम्भमा नेपालगन्जमा भिन्तुना र्याली गरिने

नेपाल सम्वतको शुभारम्भमा नेपालगन्जमा भिन्तुना र्याली गरिने

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ कार्तिक – नेपाल र नेपालीहरुको मौलिक सम्वत् नेपाल सम्वत् ११४५ यही शनिवार म्हः पूजा तथा गोवद्र्धन पूजाको दिन शुभारम्भ हुँदैछ । शुभारम्भको अवसरमा विगतमा झैं नेपालगन्जमा शुभकामना अर्थात् भिन्तुना ¥यालीको आयोजना गरिंदैछ । बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशीको अध्यक्षतामा शुक्रवार र शनिवार नेपालगन्जमा सम्पन्न नेवार समुदायका संघ संस्था तथा गुठीहरुको वृहत् भेलाले नेपाल सम्वत्–११४५ शुभारम्भको अवसरमा नेपालगन्जमा भिन्तुना ¥याली आयोजना गर्ने निर्णय गरेको हो । भेलामा सहभागी नेवाः अगुवाहरुले नेपाल सम्वत् नेवार समुदायको मात्र नभएकोले सबै जातजातिका नेपालीहरुले अपनत्व लिने गरी सहभागिता गराउन आयोजकलाई सुझाव दिएका थिए । उनीहरुले नेवाः सहित अन्य जाती, भाषा र सम्प्रदायका अगुवाहरुलाई पनि भिन्तुना ¥यालीमा आमन्त्रण गरी सब...
विश्व साहित्य सम्मेलनमा छायो बाँके जिल्ला

विश्व साहित्य सम्मेलनमा छायो बाँके जिल्ला

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ कार्तिक – “नेपाली साहित्यको विश्वव्यापीकरण हाम्रो अभियान” भन्ने मूल मर्मका साथ काठमाडौँको गौशालास्थित होटल आनन्द पशुपतिको सभाहलमा सञ्चालित तेस्रो बृहत् साहित्यिक विश्व सम्मेलन–२०८१ मा बाँकेका तीन स्रष्टा सम्मानित भएका छन् । विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको अध्यक्षता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विश्वका १४ जना साहित्य साधकहरू सम्मानित हुँदा बाँके जिल्लामा रहेर भाषा साहित्य र समालोचनामा साधना गर्ने साधक श्रष्टाहरु प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, कल्पना पौडेल “जिज्ञासु” र लेकप्रसाद प्याकुरेल सम्मानित हुनु भएको हो । सम्मानित व्यक्तित्वहरू मध्ये प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेलाई नेपाली साहित्यदूत मकालु २०८० सम्मानले विभूषित गरियो । कल्पना पौडेल “जिज्ञासु” व...
एक आपसमा सहयोग गर्ने प्रतिवद्धतासहित दुवै महोत्सव सफल पार्न सहमति

एक आपसमा सहयोग गर्ने प्रतिवद्धतासहित दुवै महोत्सव सफल पार्न सहमति

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १० कात्र्तिक – नेपालगन्जमा सञ्चालन हुने दुवै महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको छ । यही कात्र्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म सञ्चालन हुने महोत्सव र नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको पौष ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको हो । शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघमा बसेको दुवै पक्ष विच एक आपसमा सहमति भई सहकार्य गरेर जाने सहमति भएको नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव सचिव राजन रानामगरले बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई परिमार्जन गरि नेपालगन्ज प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ राखिने सहमति भएको हो । यस्तै नेपालगन्ज उद्योग...