Tuesday, June 30सत्यम खबर
Shadow

अवधी

वडाबाटै राजश्व संकलनको तयारी

वडाबाटै राजश्व संकलनको तयारी

CoVid19, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १५ असोज – नेपालगन्ज उपमहानगरपालिकाले वडा तहबाट राजश्व संकलनको तयारी गरिरहेको छ । शुक्रबार जिआईजेडको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको सूचना प्रविधी तथा विद्युतीय साक्षरता सम्बन्धि अभिमुखिकरणको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख उमा थापा मगरले उपमहानगरपालिकाको कार्यालयबाट मात्रै भईरहेका केही राजश्व संकलनको कार्य केही समय भित्रै वडा कार्यालयबाट हुने जानकारी दिनुभयो ।उपमहानगरपालिका सूचना प्रविधी मैत्री बन्ने प्रयास गरिरहेको छ , उपप्रमुख मगरले भन्नुभयो,– कर्मचारी र जन प्रतिनिधीसँगै सेवाग्राही पनि सूचना प्रविधि मैत्री हुन जरुरी छ । सूचना प्रविधीको प्रयोगसँगै तथ्यांकको सुरक्षामा पनि विशेशष ध्यान दिनुपर्ने उहाँको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाका सूचना प्रविधी अधिकृत घनश्याम वर्माले वडा तहबाट राजश्व संकलनको काम गर्नका लागि इन्टरनेटसँगै इन्ट्रानेट जडान भईसकेको बताउनुभयो ।...
भारत सरकारको आर्थिक सहयोगमा ५ स्थानिय तहमा राहत बितरण

भारत सरकारको आर्थिक सहयोगमा ५ स्थानिय तहमा राहत बितरण

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
महोत्तरी, १२ असोज – नेपाल भारत महिला मैत्री समाजले महोत्तरी जिल्लाको विभिन्न ५ स्थानीय तहमा राहत बितरण गरेको छ । भारत सरकारबाट प्राप्त सहयोग नेपाल भारत महिला मैत्री समाजले एक कार्यक्रमकोबीच उक्त स्थानीय तहका करिव एक सय बाढीपहिरो पीडित घर परिवारलाई राहत बितरण गरिएको हो । मटिहानी, बलबा, जलेश्वर, एकदाढा र लोहपट्टि लगायत स्थानीय तहका पीडितहरुलाई स्थानीय प्रतिनिधिको उपस्थितिमा राहत बितरण गरिएको थियो । त्यस्तै बिपद ब्यबस्थापनमा खटिने सुरक्षा निकायका लागि २० थान टेन्ट जिल्ला प्रशासन प्रमुखलाई हस्तान्तरण गरेका थिए । करिव ५० लाख मुल्य बराबरको अस्थायी बसोबासका लागि सामग्री रहेको सांसद चौधरीले बताइन । राहत पीडित परिवारसम्म पुग्ने उनले बिश्वास ब्यक्त गरिन । नेपाली जनताको दुखमा जहिले पनि भारत सरकार सहयोग गर्दै आइरहेको स्मरण गर्दै अहिले पनि सहयोग गरेको बताउदै उनले धन्यवाद ब्यक्त गरिन । महोत...
आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ असोज ११ गते– रोहित मिश्राआश्विन शुक्ल प्रतिपदाको दिन पितृ विसर्जन हुने भएको छ । प्रत्येक आश्विन कृष्ण प्रतिपदादेखि पितृ पक्ष (१६ श्राद्ध) शुरु हुने गर्छ र आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ । १६ वटा तिथिमा दिवंगत भएको पितृलाई सम्मानका साथ बिहान जल वैदिक मन्त्रोच्चारणका साथ तर्पण गर्ने कुरा प्रचलनमा रहेको छ ।यस कारण यो पक्षलाई पितृ पक्ष भन्ने गरिन्छ । यस पक्षलाई केहीहरु प्रेत पक्ष पनि भन्छन् । व्यक्ति दिवंगत भएपछि विभिन्न योनीमा रहन्छ यसै योनीलाई प्रेत योनी भनिएको हो । पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिमा श्राद्ध गर्ने प्रथा रहेको छ । व्यक्ति जुन तिथिमा दिवंगत हुन्छ त्यही तिथिमा श्राद्ध कर्म गर्ने गरिन्छ । यसमा पुरुष दिवंगत भए पुरुष ब्राम्हणहरुलाई विधि विधानले भोज खुवाइन्छ जुन तिथिमा महिला दिवंगत हुन्छिन् त्यही तिथिमा महिला ब्राम्हिणीहरुलाई विधि विधान र श्रद्धाले भोज खुवाई यथाशक्य द...
मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला कार्य समितिको अध्यक्ष पदमा चन्द्रेश्वरराज त्रिपाठी

मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला कार्य समितिको अध्यक्ष पदमा चन्द्रेश्वरराज त्रिपाठी

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– लक्ष्मी गुप्तानेपालगन्ज, ११ असोज – मधेश मिडिया मिसन नेपाल बाँके जिल्ला कार्य समितिको अध्यक्ष पदमा चन्द्रेश्वरराज त्रिपाठी सर्वसम्मत चयन भएका छन् ।शनिवार दिन नेपालगन्जमा मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला समितिका सचिव अजयकुमार गुप्ताले बोलाएको बैठकबाट चन्द्रेश्वराज त्रिपाठी अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा मनोजकुमार कौशल, सचिवमा सन्ध्या शर्मा, कोषाध्यक्षमा चन्दा सिंह र सदस्य पदमा समिर अली, आकाश गुप्ता, सुभम शर्मा, शकीलअहमद राई, अशोककुमार मौर्य र सल्लाहकारमा चन्द्रशेखर पाण्डे, अजयकुमार गुप्ता, विष्णुलाल कुमाल, मो. आरिफ अन्सारी रहेका छन् । भेला कार्यक्रममा बोल्दै मिसन नेपालका अध्यक्ष चन्द्रशेखर पाण्डेले भने, मधेश आन्दोलनको समयमा मधेशमा पत्रकारिता गर्नु धेरै नै कठिन थियो सो समय हामीले मधेशी पत्रकारिता र मधेशी अवधी भाषाको लागि मधेश मिडिया मिशनलाई यस जिल्लामा स्थापित ग¥...
प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम कोरम पूरा नहुँदा भेला निष्कर्ष बिहिन

प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम कोरम पूरा नहुँदा भेला निष्कर्ष बिहिन

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– रमेश चन्द्र कुमालनेपालगन्ज, ११ असोज – प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम कोरम पूरा नहुँदा असफल भएको छ ।स्व. श्री राम गोपाल वैश्यका छोरा र प्रतिष्ठानका उपाध्यक्ष अजय कुमार गुप्ताले आफ्नो बुवाको नाममा रहेको प्रतिष्ठानलाई १ लाख भन्दा बढी रकम करीब २ वर्ष अघि उपलब्ध गराएका थिए । सो रकम एनआइसी एशिया बैंकमा समाजसेवी नन्दलाल वैश्य र शैलेन्द्र वैश्यको व्यक्तिगत खातामा जम्मा रहेको छ । यो रकम प्रतिष्ठानको नाममा खाता खोलाई जम्मा गर्नु पथ्र्याे तर कार्य समितिको हेलचक्र्याईको कारण सो रकम अव्यवस्थित रुपमा जम्मा छ ।यो रकम प्रतिष्ठानको नामा खाता खोलाई जम्मा गर्न प्रतिष्ठानका उपाध्यक्ष अजय कुमार गुप्ता लामो समयदेखि प्रयास गर्दै आएका छन् तर रकम प्रतिष्ठानको नाममा खाता खोलाई जम्मा गर्न सकिएको छैन । अहिले रकम व्यवस्थित पार्ने उद्देश्यले शनिवार दिन भेला...
आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित प्रदर्शन

आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित प्रदर्शन

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ५ असाेज - आणविक अस्त्र रहित, विश्वका लागी आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित मंगलवार मानव अधिकार तथा शान्ति समाज बाके शाखा नेपालगन्जले प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनको आयोजना गरेको मानव अधिकार तथा शान्ति समाज बाके शाखा नेपालगन्जले त्रिभुवन चोक देखि पदयात्रा गर्दै जिल्ला प्रशासन पुगि प्रदर्शन गरेको छ । शाखाको सल्लाहकार बिष्णुलाल कुम्हालका अनुसार हरेक बर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको बताएका छ्न । यसै क्रममा नि.वर्तमान अध्यक्ष कृष्णादेवी पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको बता...
संविधान दिवसको शुभकामना दिदै कार्यान्वयनमा ध्यान दिन आग्रह

संविधान दिवसको शुभकामना दिदै कार्यान्वयनमा ध्यान दिन आग्रह

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, ३ असोज – आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२÷६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।संविधान दिवसका अवसरमा प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे । साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिनुपर्ने बताए । नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको खांले ...
मंगलबारदेखि पितृ पक्ष (सोह्र श्राद्ध)शुरु

मंगलबारदेखि पितृ पक्ष (सोह्र श्राद्ध)शुरु

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, ३ असोज – वैदिक सनातन धर्मावलम्बीको पितृ पक्ष यही मंगलबारदेखि शुरु हुनेछ ।पितृपक्ष १४ दिनको हुन्छ र १५ औं दिनमा पितृको विसर्जन गरिन्छ । यस कारण वैदिक सनातन धर्मावलम्बीहरु आफ्ना पितृहरुको स्मरण गर्दै बिहानपख पितृहरुलाई जल अर्पण गर्ने प्रचलन रहेको छ ।पितृपक्षमा दिवंगत भएका पितृहरुको आगमन हुन्छ यस कारण बिहान कालो तिल, चामलको अक्षत, गंगा जल, चन्दन, फूल, पानीमा मिसाई कुश हातमा समाती पितृहरुलाई जल अर्पण गर्ने गरिन्छ । जल अर्पण गर्दा पूर्व दिशातर्फ भगवान सूर्य नारायणलाई श्री सूर्य देवाय तृप्यामी शब्द उच्चारण गर्दै सूर्य नारायणलाई सोझो अंजुलीले जल अर्पण गर्दै तस्मेय स्वधा भन्ने गरिन्छ । त्यस्तै उत्तर दिशातर्फ देउताहरुको वास छ यस कारण उत्तरतर्फ देउतागणहरुको स्मरण गर्दै ओमकृष्णाय नमः ओम नारायणाय नमः, नमः ओम माधवाय नमःको शब्द उच्चारण गरी जलअर्पण ३ पटक गर्ने गरिन्छ । ...
ब्रेन ट्युमर पिडित पत्रकारलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

ब्रेन ट्युमर पिडित पत्रकारलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राैताहट, १ असाेज - पिडित पत्रकार रामपुकार राउतलाई रु ५०,२६६ को बिशेष आर्थीक सहयोग गरियो छ । रौतहट जिल्लाको परोहा नगरपालिका - ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्यका छोरा तथा नेशनल ईन्जिनियर्स एसोसियसन नेपाल प्रदेश नं २ काे उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरु र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयाेगमा ब्रेन ट्युमर पीडित पत्रकार रामपुकार राउतलाई आर्थिक सहयोग गरिएको छ । विभिन्न सामाजिक सञ्जालबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई आर्थिक सहयोगको आवश्कता परेको जानकारी समाजसेवि आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफ्ना साथीहरु र दाजु प्रमोद पटेलको मद्दतले पिडित पत्रकारलाई रु ५०,२६६ पचास हजार दुई सय छयासठी आर्थिक सहयोग गरेका छन् । आर्यान सुरज राउतले आफ्नो र आफनो साथीहरु रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), सिब ...
कजरी तीजको महत्व

कजरी तीजको महत्व

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ भाद्र २८शुभम शर्माआदिकालदेखि कजरी तीज र हरितालिका तीज पर्व वैदिक संस्कृति मान्नेहरुले मनाउँदै आएका छन् । यो पर्व केही शताब्दीदेखि होइन बरु आदिकालदेखि मनाइँदै आएको कुरा ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । यो पर्व भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिनसम्म मनाउने प्रचलन छ । हरितालिका तीज पर्व माता पार्वतीसँग जोडिएको छ भने कजरी पर्व भगवान शिव र पार्वती दुवैसँग जोडिएको छ ।नेपाली संस्कृतिमा हरितालिका तीजको व्रत राखे यसबाट सुख, समृद्धि पाउने र मनोवाञ्छित वरको प्राप्ति हुने रहेकोले युवतीहरु राम्रो जीवनसाथी पाउन यो व्रत राख्ने गर्छिन् । भविष्य पुराणमा यस पर्वलाई हरितालिका तीज भनि उल्लेख रहेको छ । माता पार्वतीको बिहे भगवान विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह नहोस् बरु भगवान शिवसँग होस् यस्तो चाहना माता पार्वतीले राखेकाले उनीका सखीहरुले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यस पर्वलाई हरित...