Friday, March 14सत्यम खबर
Shadow

चौरसिया समाजद्वारा रक्तदान

नेपालगन्ज, १९ भाद्र – बाँके जिल्लाको चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँके नेपालगन्जले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले भाद्र १९ गते शनिवार रक्तदान गरेका छन् ।
रक्तदान जीवनदान मूल नाराका साथ कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिनको लागी नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ नेपालगन्ज उद्योग वाणिज्य संघको अगाडी आयोजित रक्तदान कार्यक्रममा चौरसिया समाज बाहेकका पनि स्वयंसेवी रक्तदाताहरुले रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।


चौरसिया समाज नेपालका केन्द्रिय अध्यक्ष शिवाजी चौरसिया, समाजका बाँके जिल्लाका अध्यक्ष रमेशकुमार नाग, डा. प्रकाश नाग, डा.रबि भूषणप्रसाद चौरसिया, पप्पुकुमार जायसवाल लगायतले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिकलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो रक्तदान कार्यक्रममा चौरसिया समाज नेपालका केन्द्रिय अध्यक्ष शिवाजी चौरसिया र बाँके जिल्लाका अध्यक्ष रमेशकुमार नागले १–१ पिन्ट रगत दिएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।


यसरी सो रक्तदान कार्यक्रममा बीरेन्द्रकुमार शर्मा, पप्पु गोडिया, कमलेशकुमार लखेर, पवनकुमार कुम्हार, दिनेशप्रसाद तमोली, रबिन्द्रकुमार तमोली, दिपककुमार नाग, भरम रावत, अमर खत्री, रामगोपाल तमोली, बाउर तमोली, पंकज तमोली, बिनोदकुमार तमोली, बंशीलाल नाग, रितेश नाग, सन्तोषकुमार चौधरी, धर्म बडुवाल, रमेश तमोली, शिवकुमार जायसवाल, सुभेन्द्र तुलाधर, रोहित नाग, लगायतले रक्तदान गर्नुभएको थियो ।


शिरिषकुमार नागद्वारा सञ्चालित रक्तदान कार्यक्रममा डा. प्रकाश नाग, डा.रबि भूषणप्रसाद चौरसिया, महेन्द्र उच्च माध्यमिक बिद्यालय रानी तलाव नेपालगन्जका पूर्व प्राचार्य पूरनचन्द्र तमोली, चौरसिया समाज नेपालका केन्द्रिय अध्यक्ष शिवाजी चौरसिया र बाँके जिल्लाका अध्यक्ष रमेशकुमार नागले रक्तदाताहरुलाई प्रमाण–पत्र बितरण गर्नुभएको थियो ।
सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.११ पासाङ्ग ल्हामु मार्ग स्थित रहेको बैष्णवी हस्पिटल प्रा.लि.का डा.सुरेशकुमार नागको सहयोगमा सम्पूर्ण रक्तदाता लगायत अन्य सहभागीहरुको समेत निःशुल्क ग्लुकोज (सुगर) को जाँच राजकुमार यादव र सन्तोष ताम्राकारले गर्नुभएको थियो ।


कार्यक्रममा चौरसिया समाज बाँकेका सचिव रमेश चौरसिया, कोषध्यक्ष राजेन्द्रप्रसाद जैसवाल, समाजका सल्लाहकार परशुराम नाग, अनिता तमाोली, मोतीराम तमोली, कसौंधन बैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्य लगायत कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न ठाउँमा छरिएर बसोबास गरी रहेका समाजका स्वजातीय बन्धुहरुको पनि सहभागिता रहेको थियो ।
यसरी केही दिन मैं समाजले कोहलपुर नगरपालिका वार्ड नं.–१४ हवल्दारपुरमा बाउर तमोलीको संयोजकत्वमा चौरसिया समाजको आयोजनामा गरिने भएको छ ।
सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सन्दिप आचार्य, उपासना सुनार, रिता न्यौपाने, केसरसिंह डाँगी, बीरेन्द्र योगी प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *