रक्त अभियन्तालाई सम्मान सहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान
नेपालगन्ज, ४ असोज – गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो समयदेखि नियमित रक्तदान गर्दै आएका पाँच जना रक्त अभियन्ताहरुलाई सम्मान सहित रक्तदान कार्यक्रमको आयोजना गरिएकोछ ।
æजनमत रक्तदान अभियानको ७१ औं श्रृङ्खलाÆमा शनिवार सम्पन्न उक्त कार्यक्रममा ६३ जनाले रक्तदान गरेका हुन् ।
उक्त त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका सहनिर्देशक डा.तृप्ती पाल रमण, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।
æरक्तदान जीवन दानÆको महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको æत्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६९ औं श्रृङ्खल...









