कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द
नेपालगन्ज, ५ कार्त्तिक - बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।
भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन नेपालगन्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कार्त्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको हो ।
३३ जना पुरुष र ८७ जना महिलाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक बृजेश मिश्रले जानकारी गराए । उनका अनुसार २९ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १३ जना पुरुष र १६ जना महिला रहेका छन ।
किभा फाउन्डेसका महासचिव एवं प्रवक्ता अजय पाठकका अनुसार प्राय मोतियाबिन्द र दृष्टि दोषले ग्रसित बिरामीहरु देखिएका छन । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको महासचिव पाठकले बताए ।
यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गर...