Tuesday, October 22सत्यम खबर
Shadow

प्रदेश १

डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूललाई गण्डकी स्टार सीजन- ५ को उपाधि

डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूललाई गण्डकी स्टार सीजन- ५ को उपाधि

आस्था, कला/साहित्य, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
पोखरा, ६ असाेज - विगत लामो समयदेखि निरन्तर रुपमा कार्यक्रम गरि ख्याती कमाउन सफल नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा गण्डकी स्टार सिजन - ५ ग्रान्ड फिनाले सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ पोखरामा आयोजित कार्यक्रममा गण्डकी स्टार सीजन ५ को उपाधि डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूल लेखनाथ तालचोक मा अध्ययनरत विद्यार्थी श्रेया श्रीस मगरले जितेकी छिन्। र गायन तर्फ कुश गरुङ्गले उपाधि जितेका छन् । गायन क्षेत्रमा फर्स्ट रनरअप: झलक गुरुङ्ग, सेकेण्ड रनरअप: ईञ्जिनियर, अनिल ढुङ्गाना, थर्ड रनरअप: दीपक सुनार, फोर्थ रनरअप: अमृता तामाङ्ग रहेका छन् । त्यसैगरी नृत्य क्षेत्रमा फर्स्ट रनरअप: इलीस्पा गौतम, सेकेण्ड रनरअप: स्वस्तिका तामाङ्ग, थर्ड रनरअप: स्विकृती गुरुङ्ग, फोर्थ रनरअप: शकुन्तला अधिकारी भएकी हुन । सबैलाई विभिन्न गीत सङ्गीतमा अवसर सँगै उपहार पन...
पोखरामा भ्रष्टाचारविरुद्ध ठूलो विरोध प्रदर्शन

पोखरामा भ्रष्टाचारविरुद्ध ठूलो विरोध प्रदर्शन

अपराध, आर्थिक, प्रदेश १, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
पोखरा, ६ असोज – पोखरामा भ्रष्टाचार विरुद्धको विरोध प्रदर्शन आज सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, पोखराको आयोजनामा जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि (सहिद चोक) मा आयोजित धर्नामा १५० भन्दा बढी सहभागीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र नागरिक उड्यन प्राधिकरणका भ्रष्ट्र महानिर्देशकलाई बर्खास्त गर्न माग गरे। धर्नाको नेतृत्व जिल्ला संयोजक टिका छिरिंगले गरेका थिए भने केन्द्रीय सदस्य ध्रुव चालीसे, केन्द्रीय अध्यक्ष विनय यादव र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपले संचालन गर", "विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानवीन गर", "नागरिक उड्यन प्राधिकरणका असफल तथा भ्रष्ट्र महानिर्देशकलाई बर्खास्त गर", "चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर" लगायतका नारासहित प्लेकार्ड बोक्दै नारा जुलुस गरेका थिए। प्रदर्शनकारीहर...
नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

आस्था, प्रदेश १, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
पोखरा, ४ असोज – संबिधान दिबसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समितिद्धारा विहिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संबिधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै बिरोध गरेको छ । बर्तमान समयमा देशको बिग्रदो राजनितिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संबिधान २०७२ ले सम्बोधन गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागिले बिरोध जनाएका थिए । उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष रमेश कुमार सि.केले यो राज्य व्यवस्था एकल जातिय र बर्गीय रहेकोले दलित, जनजाती, मधेशी, मुस्लिम, महिला, अल्पसंख्यकहरुलाई यो संबिधानले सम्बोधन गर्न नसकेकोले संशोधन गर्नुपर्ने बताउनुुभयो । सो अवसरमा ज.स.पा.नेपालका केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय समितिका उपाध्यक्ष मनबहादुर गुरुङले नाताबाद र फरियाबादले देश खोव्रmो बनाएको नेपालीको टाउ...
चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

आर्थिक, आस्था, प्रदेश १, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ कार्तिक – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सामाजिक र आर्थिक विकासलाई नयाँ उचाइमा पुर्‍याएर चीनले विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध हुने सफलता हासिल गरेको बताए। पछिल्लो समय चीनले गरिबी निवारणमा उच्चतम सफलता हासिल गरी गरिबी पूर्ण उन्मूलन गरेको भन्दै उनले औद्योगिकीकरण र सूचना प्रविधिको क्षेत्रमा चीनले पाएको सफलताबाट प्रेरणा लिनुपर्ने बताए। उनले नेपालसँग सीमा जोडिएको र नेपालको विकासमा एक असल मित्रको रूपमा चीन सरकारले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको बताए। फोटो प्रदर्शनीमा चिनियाँ...
‘लाखे’को आइटम ट्रयाक सार्वजनिक

‘लाखे’को आइटम ट्रयाक सार्वजनिक

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश १, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ कार्तिक – ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन् ।दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल घिसिङले बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०७८ मा फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड पाइसकेकी छिन् । काठमाण्डौ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रासमेत गरिसकेकी छिन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन । ‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । सौरभ लामाको छायांकन र सन...
फेसबुक ‘ह्याक’ गरेर ठगी, तीन जना पक्राउ

फेसबुक ‘ह्याक’ गरेर ठगी, तीन जना पक्राउ

अपराध, प्रदेश १, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ५ भाद्र –प्रदेश १ मा ‘कम्प्युटर साइन्स’ अध्ययनरत विद्यार्थीले सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोह खडा गरेर ठगी गरिरहेको पाइएको छ । सर्वसाधारणका फेसबुक ‘ह्याक’ गर्दै नक्कली ई–सेवा आईडी बनाएर रकम ठगी गरिरहेको फेला परेको हो । ठगी गर्ने गिरोहका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशीलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु ‘कम्प्युटर साइन्स’ अध्ययनरत विद्यार्थी हुन् । झापाको भद्रपुरबाट गत बुधबार पक्राउ गरी तीनै जनाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डिएसपी राईले दिए । गत जेठमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ भएको थियो ...
महानगरमा बालेन शाहको अग्रता कायम

महानगरमा बालेन शाहको अग्रता कायम

आस्था, प्रदेश १, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, १ जेष्ठ – काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेल शाहले अग्रता लिएका छन् । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन् । कुन वडामा कसले कति मत पाएका छन् ?यी पाँचै वडामा २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए । यसपालि ३२ वडामध्ये भित्री नेवार वस्ती बाहेकका २० वडामा बालेन शाहको जबरजस्त आकर्षण देखिएको सेतोपाटीले लेखेको थियो ।वडा नम्बर १ मा बालेन ५ सय ५० मतसहित पहिलो स्थानमा छन् । ३ सय ५० मतसहित नेपाली काँग्रेसकी सिर्जना सिंह दोस्रो र २ सय ७३ मतसहित नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन् ।यसअघिको निर्वाचनमा यो वडामा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मतसहित विजयी भएका थिए । वडा नम्बर एकमा नक्साल, नारायणहिटी क्षेत्र पर्छन् ।यस्तै २ नम्बर वडामा पनि ५ स...
महिला भलिबल खेलाडी नगदसहित सम्मानित

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, २१ माघ – नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले “बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप” विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्नुभएको हो । गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुद मन्त्री अथकले नगद पुरस्कारको घोषणा गर्नुभएको थियो । मन्त्री अथक कै पहलमा पौष १४ गते बसेको मन्त्री परिषदको बैठकले उपाधि बिजेता टिमका १२ खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो । ...
फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, २१ माघ – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित हुनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभएको हो ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्र्तिक १ गते बसेको मन्त्री परिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो ।यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल ...
मोरङ व्यापार संघसँग नाफिजको छलफल, सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो

मोरङ व्यापार संघसँग नाफिजको छलफल, सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो

आर्थिक, आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बिराटनगर, १३ पौष – नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेश स्तरीय अन्तरक्रिया तथा कार्यक्रम प्रदेश१ बाट सुरु गरेको छ । सो क्रममा नाफिजले प्रदेश १ का निजी क्षेत्रका संघ संगठनहरुसँग भेटघाट तथा छलफल गरेको छ ।भेटघाट तथा छलफल कार्यक्रम अन्तर्गत नाफिजले मोरङ व्यापार संघसँग छलफल कार्यक्रम सम्पन्न गरेको हो ।छलफलमा मोरङ व्यापार संघमा आवद्वव्यवसायीहरुले सरकार र राष्ट्र बैंकको नीतिले व्यापारी मारमा परेको गुनासो गरेका छन् । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भइ व्यापार संकटमा परेको व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने, पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीको लागि ताकेता लगाउँदा व्यापारीहरु हतोत्साहित भएको उनको भनाइ छ ।“बैंकहरु राष्ट्र बैंकको कारवाहीको ब्याकमेल गर्दै कर्जाको ब्याजदर बढाइरहेका छन् भने सावाँ ...