Tuesday, October 22सत्यम खबर
Shadow

हाम्रो बारेमा

सत्यम खबर डट कम नेपालका ७ वटै प्रदेशका खास गरेर आम सञ्चारमा पहुँच बनाउन न सकेकाहरुको तथा जनचासोका विविध आयामहरुमा केन्द्रित रहेर समाचार र विचार प्रकाशन गर्ने माध्यम हो । हामी आफूलाई गणतन्त्रका हिमायती र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिच्किचाउँदैनौ । गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोकोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ । नागरिकका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता नगर्ने प्रतिवद्धता ब्यक्त गर्न चाहन्छौं ।
जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् सत्य खबर मार्फत यहाँहरू समक्ष उपस्थित भएको छ ।
हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न पक्ष समेट्दै पाठकका लागि इलेक्ट्रोनिक पर्दा मार्फत सुचना सम्प्रेषणको प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
पत्रकारिताका मूलभूत मूल्य मान्यतामा सम्झौता नगरी लोकतान्त्रिक संस्कार सहितको मानवअधिकार प्राप्तीको पक्षमा सदैव कटिवद्ध रहने छौं ।