सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण
डुडुवा, ३१ जेठ – बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ ।
रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनु पर्ने कुराहरुको बारेमा घर परिवारका सदस्यलाई जानकारी दिइएको छ । नेपालबाट रोजगारीका लागि जाने अधिकाँस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइएको छ ।
डुडुवा गाउँपालिका रोजगार शाखाले आज वार्ड नंं. २ को बेतहनी, नौरीगौढी र बाणीमा सामुदायिक अभिमुखीकरण गरेको छ । कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान -सामी) कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बन...









