
‘व्यवहारमा कार्यान्वयन नगरेपछि जनता आक्रोशित’
नेपालगन्ज, ७ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम तथा नीतिमा पालिका भित्र रहेको ताल, तलैयाहरुलाई संरक्षण सम्वद्र्धन गर्ने योजनाहरु विगतमा कागजी रुपमा मात्र अगाडी सारेको पाईन्छ । तर उक्त नीतिलाई कार्यान्वयन सम्बन्धित पालिकाले नै गरेपछि स्थानियहरु आक्रोशित भएका छन् । वास्तविकता यो छ कि हाल कान्तिताल, फुल्टेक्रा ताल, रानी तलाऊ, धोबी ताल, रामनगर स्थित ताल लगायत पालिका भित्र रहेका तालहरुको अवस्था जिर्ण हुनुका साथै कब्जा नीतिमा परिणत भएको पाईन्छ ।
सोही कब्जा नीति अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा रहेको प्रसिद्ध धोबी ताललाई सम्बन्धित वडाबाट नै कब्जा गर्न फोहोर फाल्न शुरुवात गरिएको स्थानीयहरुको आरोप रहेको छ ।
हाल नेपालगन्ज उपमहानगरपालिका—८ स्थित रहेको प्रसिद्ध धोवी तालमा उपमहानगरले फोहोर फाल्ने क्रम जारी राखेपछि त्यस क्षेत्रको वातावरण नै दुर्गन्धित भएको स्थ...