‘पिच बाटो र ढक्कन निर्माण कार्य असोज–कार्तिकबाट शुरु हुने’– वडाअध्यक्ष सिंह
नेपालगन्ज, ७ भाद्र – वर्षौदेखि जिर्ण रहेको नाला र बाटो निर्माणको योजना बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ ले अषाढ महिनामा ५ सय ७८ मिटर दुबै तर्फ नाला निर्माण कार्य सम्पन्न गरेको छ ।नाला निर्माण कार्य सम्पन्न भईसकेपछि सोही ५ सय ७८ मिटरमा दुबैतर्फ नालाको ढक्कन र पिच बाटो बनाउने भनी वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले पटक–पटक प्रतिबद्धता दोहोर्याएको वडाबासीको भनाई रहेको छ ।
तर यस पटकको वर्षायाम अषाढमा शुरु नभई श्रावणमा शुरु भएको हुँदा हाल निर्माण गरिएको दुर्बतर्फ नालाको अवस्था दयनीय रहेको स्थानीयहरु बताउँछन् ।स्थानीय छोटकु सोनखरका अनुसार करीब २ महिना बितिसक्दा समेत वडाले ढक्कन र पिच बाटो बनाउने प्रतिबद्धतातर्फ ध्यान नदिएको गुनासो पोख्छन् ।यसैगरी उक्त ५ सय ७८ मिटर दुबैतर्फ निर्माण गरिएको नालाको ढक्कन नहुँदा स्थानीयहरुलाई बाटोमा आवत–जावत गर्न समस्या हुनुका साथै नाला गन्हाउने ग...









