Friday, June 12सत्यम खबर
Shadow

सूचना-प्रबिधि

फोनिज बाँकेले लगायो महासङ्घमा कालो ब्यानर

फोनिज बाँकेले लगायो महासङ्घमा कालो ब्यानर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ९ बैशाख - नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाँकेले नेपाल पत्रकार महासङ्घ बाँके शाखाको प्रवेशद्वारमा कालो ब्यानर टाँगेको छ । फोनिज बाँकेले स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक घोषणा गर्नका लागि दबाबस्वरुप केन्द्रीय कार्यक्रमअनुसार बाँके शाखामा कालो ब्यानर टाँगेको हो । स्व. सत्यनारायणबहादुर श्रेष्ठले तत्कालीन नेपाल पत्रकार संघ विसं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गर्नुभएको थियो । कार्यक्रममा फोनिज संघीय सदस्य प्रज्वल श्रेष्ठले विभिन्न कालखण्डमा आदिवासी जनजाति समुदाय विविध कारणले दबाबमा परिरहेको उल्लेख गर्दै आदिवासी जनजाति भएकै कारण कोही पनि पाखा लगाइन नहुने भन्दै सत्यनारायण बहादुर श्रेष्ठलाई महासङ्घले संस्थापकका रुपमा लिनुपर्ने बताउनुभयो ।   फोनिजका सङ्घीय सदस्य एवम्...
ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना

ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ५ चैत्र – हुलाक सेवा विभाग द्रुत डाँक सेवाले ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी यसको सेवा सुविधा बारे जानकारी गराएको छ । आज विहिबार हुलाक सेवा विभागको आयोजना तथा जिल्ला हुलाक कार्यालय बाँकेको समन्वय सहजीकरणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी थिए भने मनमाया ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रममा सहजीकरण जिल्ला हुलाक कार्यालय बाँकेका वरिष्ठ हुलाक अधिकृत ज्ञानेन्द्र प्रसाद थारुबाट स्वागत मन्तब्य व्यक्त गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको उद्देश्य बारे जानकारी गराउँदै ज्ञानेन्द्र प्रसाद थारुले भने हुलाक सेवा विभागले बाँकेमा यो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोले हामी अगामी समयमा द्रुत डाँक सेवालाई जनतामुखी बनाउने कुरामा हौंसिएका छौं । यथेष्ट प्रचारप्रसार गर्न नसकिएकोले ईएमएस सेवा बारे जनत...
पूर्व प्रधानमन्त्री ओलीलाई फौजदारी मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस

पूर्व प्रधानमन्त्री ओलीलाई फौजदारी मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २४ फागुन – जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले करिब पाँच महिनाको अनुसन्धानपछि आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले घटनामा गल्ती गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सिफारिस गरिएको बताए । उनका अनुसार प्रतिवेदन ९ सयभन्दा बढी पृष्ठको रहेको छ र त्यसमा विभिन्न अनुसूचीहरू पनि समावेश छन् । आयोगले भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका घटनाबारे छुट्टाछुट्टै विश्लेषण र सुझाव दिएको छ । भदौ २३ मा नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शन...
असल शासन पोष्टले मनायो रजत बर्ष

असल शासन पोष्टले मनायो रजत बर्ष

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ७ फागुन – असल शासन पोष्ट साप्ताहिक पत्रिकाको रजत समारोह नेपालगन्जमा भब्यताका साथ सम्पन्न भएको छ । सुशासनको विट मार्फत निरन्तर प्रकाशन हुदै आएको पत्रिकाको रजत समारोह निर्वतमान प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाहको अध्यक्षतामा भएको रजत समारोहमा पत्रिकाले रजत समारोह मनाएकोमा शुभकामना तथा पत्रिका प्रकाशनमा निरन्तर सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान र उत्कृष्ट पाठकलाई सम्मान गरिएको छ । कार्यक्रमका बिच उत्कृष्ट बिज्ञापन दाताको रुपमा अमृत बुक्स एन्ड स्टेशनरी नेपालगन्ज र ब्राइटल्याण्ड स्कुल नेपालगन्जलाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट पाठकको रुपमा माइति नेपाल नेपालगन्जमा प्रमुख केशब कोइराला र दिदि बहिनी समाज बाँकेका अध्यक्ष रमा देबि शाहलाई सम्मान गरिएको छ । पत्रिका प्रकाशनको क्रमम...
छापाखाना ऐनको अन्योलले प्रेस स्वतन्त्रता संकटमा

छापाखाना ऐनको अन्योलले प्रेस स्वतन्त्रता संकटमा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौ, २० माघ – संशोधित छापाखाना तथा प्रकाशन ऐन र नियमावली कार्यान्वयनका क्रममा उत्पन्न कानुनी तथा संरचनागत अन्योलका कारण प्रदेश सरकारअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालयमा हुँदै आएको अनलाइन सञ्चार माध्यमको दर्ता र पत्रकार परिचयपत्र नवीकरण प्रक्रिया पूर्ण रूपमा अवरुद्ध हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ठहर गरेको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले २०८२ माघ २० गते मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संघीय तहमा स्पष्ट कानुनी व्यवस्था, कार्यविधि र निर्देशन नहुँदा प्रदेश सरकार तथा सम्बन्धित कार्यालयहरू निर्णयविहीन अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो अवस्था सामान्य प्रशासनिक समस्या नभई पत्रकारको पेशागत निरन्तरता, प्रेस स्वतन्त्रता र संघीय शासन प्रणालीको व्यवहारिक अभ्यासमाथिको प्रत्यक्ष आघात भएको स्पष्ट गरिएको...
जसपाले आफ्नै महासचिव माे. ईस्तियाक राईलाई पार्टीबाट हटायो

जसपाले आफ्नै महासचिव माे. ईस्तियाक राईलाई पार्टीबाट हटायो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज,  १९  माघ - पार्टीकाे विधान विपरित गई नेकपा एमाले सुर्य चिन्ह लिई बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरि चुनावमा हाेमिका पुर्वमन्त्री माेहम्मद ईस्तियाक राईलाई पार्टीले कार्वाही गर्दै पार्टीकाे महासचिव लगायत सबै जिम्मेवारी र सदस्यबाट समेत सबै हटाएकाे जनाएकाे छ । जनता समाजवादी पार्टीले आज विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गरेको भन्दै राईलाई पद तथा सदस्यताबाट निष्कासित गरिएको विज्ञप्ती मार्फत जनाएकाे छ । जसपाले नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग संयुक्त रूपमा आगामी फागुन २१ गते हुने निर्वाचनमा एकीकृत चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको जनाएको छ। सोही अनुसार निर्वाचन आयोगमा दर्ता गरी उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय रहेको पार्टीले उल्लेख गरेको छ । तर नेपालगन्ज उपमहानगरपालिका–१...
ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज १६ मसिंर – अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि लैङ्गिक हिंसाबाट पिडित हुने गरेको महिलाहरु बताएका छन । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. २ मा गरेको समुहगत छलफलका सहभागीहरुले परम्परागत सोचका कारण अझै पनि आफ्ना बालिकाहरुलाई उच्च शिक्षा नदिनु दुर्भाग्यपुर्ण अवस्था रहेको अगुवाहरु बताएका छन । उनीहरुले समाजमा व्याप्त विभिन्न कुरुतीले महिलाहरु समाजमा अघि बढ्न नपाएको बताएका थिए । महिलाहरुले बाल विवाह, दाइजो प्रथा, जातिय भेदभाव, बहु विवाहको समस्याले किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन । मधेशी समुदायमा अझै पनि शिक्षाको अभाव भएकाले सबै भन्दा पहिला चेतना अभिबृद्धि गरी उनीहरुको जीवन परिवर्तन गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा महिला अगुवा लिलावती यादव, ...
कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल बीच सम्झौता

कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल बीच सम्झौता

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ मंसिर – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत बीच प्रदेश विशेष खस भाषाको समाचारमूलक रेडियो कार्यक्रम र प्रदेश गतिविधि सम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारणका लागि सम्झौता सम्पन्न भएको छ । सो रेडियो कार्यक्रम ले प्रदेश कोे सूचना प्रवाहलाई संस्थागत, प्रभावकारी र सहज बनाउने प्रदेशको पहिचान, सेवा–सुविधा, नीति–कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयहरूलाई नागरिक समक्ष छिटो छरितो समय मै र विश्वसनीय रूपमा पु¥याउने मार्ग प्रशस्त गरेको छ । प्रदेश सरकारका कार्यक्रम, योजना र गतिविधिहरूलाई रेडियो नेपालले व्यावसायिक ढंगले उत्पादन गर्नेछ । स्थानीय तह, सार्वजनिक सेवा वितरण, नागरिक सरोकार, कानुनी सचेतना, विपद् व्यवस्थापन, सुशासन जस्ता विषयमा ...
कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमकाे उल्लेखनीय भूमिका निर्बाह

कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमकाे उल्लेखनीय भूमिका निर्बाह

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ कार्तिक - सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट कर्णाली प्रदेश योजना आयोगका विभिन्न गतिविधिहरु प्रशारण गरिने भएको छ ।   प्रदेश योजना आयोगले कर्णाली प्रदेश अन्तर्गत विभिन्र योजनाहरु कसरी संचालन भइरहेको छ र त्यसका कार्यबिधिहरु के कस्तो रहेका छन् भन्ने विषयहरु कार्यक्रममा समेटिने छ। आज सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेत र कर्णाली प्रदेश योजना आयोग बीच द्विपक्षीय सम्झौता भएको हो ।   उक्त अवसरमा आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले रेडियो कार्यक्रम मार्फत कर्णाली प्रदेशभर योजना आयोगका गतिविधिहरु सहज रुपमा नागरिकमा पुर्‍याउन आग्रह गर्नुभयो ।   सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेतका प्रमुख बिजयकुमार बर्माले कर्णाली प्रदेशको...
होटल सिद्धार्थ क्यासिनोको गाडीको ठक्करबाट दुई घाईते, प्रहरी अनजान

होटल सिद्धार्थ क्यासिनोको गाडीको ठक्करबाट दुई घाईते, प्रहरी अनजान

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २२ असोज – सोमबार राती करीब ७ बजे ३० मिनेटमा नेपाल भारत सीमानाकामा दुई जना मोटरसाईकल रोकेर साथीसित गफ गरिरहेका थिए । उनीहरुलाई जानकारी थिएन के हुन्छ भनेर, त्यत्तिकैमा होटल सिद्धार्थमा रहेको क्यासिनोको गाडी आएर उनलाई ठक्कर दिन्छ । उनी दुर्घटना ग्रस्त भई सोही स्थानमा लडिरहेका हुन्छ । छेउछाउमा रहेको स्थानियहरु आउँछन् । भिड देखेर प्रहरी पनि पुग्छ केही बेर चर्काचर्की हुन्छ र प्रहरीले क्यासिनोको गाडी प्रहरी चौकीतर्फ लैजान्छ भने दुर्घटना ग्रस्त पीडितलाई नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचारको लागि पु¥याईन्छ । यो घटना हुन्छ भिड धेरै हुन्छ तर प्रमाण कही देखिदैन । त्यसको अर्को दिन पनि कुनै कही खबर आउँदैन । तर एकजना नाम नबताउने सर्तमा मंगलबार राती फोन गरेर जानकारी दिन्छन् तथा प्रश्न गर्छन पटक पटक क्यासिनोको गाडीबाट दुर्घटना हुँदा किन प्रहरीले कार्यवाही गर्दैन् ? त्यति मात्र नभई आम सर्वस...