Tuesday, October 22सत्यम खबर
Shadow

सूचना-प्रबिधि

भारतको हरियाणामा बिजेपीको प्रचण्ड बहुमतसहित हैट्रिक जीततर्फ अग्रसर

भारतको हरियाणामा बिजेपीको प्रचण्ड बहुमतसहित हैट्रिक जीततर्फ अग्रसर

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २३ असोज – भारतको हरियाणा राज्यको विधान सभामा भारतीय जनता पार्टीले अग्रता लिॅदै जीततर्फ उन्मुख रहेको छ । ९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार बिजेपीले ५१ सिटमा अग्रता लिएको छ त्यस्तै भारतीय नेशनल कांग्रेसले ३४ सिटमा अग्रता लिएको छ भने अन्य ५ सिटमा अगाडी रहेका छन् । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ । यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए । त्यस्तै जम्मु कश्मिरमा कांग्रेस नेतृत्वको गठबन्धनले ४८ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी २९ सिटमा अगाडी रहेको छ । त्यस्तै पिडिपी ३ र अन्य १० सिटमा अगाडी रहेका छन् । ९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरम...
चिनियाँ ह्याकरद्वारा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक

चिनियाँ ह्याकरद्वारा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २२ असोज – चिनियाँ सरकारसँग सम्बन्धित उच्च कुशल ह्याकरहरूको समूहले पछिल्ला केही दिनमा धेरै अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक गरेको छ । अमेरिकी मिडिया रिपोर्टका अनुसार चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधहरूमा पहुँच प्राप्त गरेको बताइएको छ । यस ह्याकिङबाट भएको क्षतिको बारेमा अझै अनुसन्धान भइरहेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू एटी एण्ड टी, भेरिजोन र लुमेन लगायत धेरै प्रमुख ब्रोडब्यान्ड र इन्टरनेट प्रदायक कम्पनीहरूलाई निशाना बनाएका छन् । चिनियाँ ह्याकरहरूको घुसपैठले सम्भावित राष्ट्रिय सुरक्षा जोखिमहरूको बारेमा अमेरिकी अधिकारीहरू बीच गम्भीर चिन्ता खडा गरेको छ । अमेरिकी टेलिकम्युनिकेसन कम्पनीहरूमा चिनियाँ ह्याकरहरूले गरेको यो साइबर हमला अत्यन्त आधुनिक र परिष्कृत भएको रिपोर्टहरूले बताएका छन् । यसले साइबर जासुसी र विभिन्न सुरक्षा मुद्दाहरू...
एक्सनमा काउन्सिल अध्यक्ष बस्नेतः एकैचोटी ४३ युट्युब च्यानललाई गरे कारवाहीको सिफारिस, तीन अनलाइन कालोसूचीमा

एक्सनमा काउन्सिल अध्यक्ष बस्नेतः एकैचोटी ४३ युट्युब च्यानललाई गरे कारवाहीको सिफारिस, तीन अनलाइन कालोसूचीमा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २२ असोज – प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामाग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारवाहीका लागि प्रहरीमा पठाउँदै आएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो । काउन्सिलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफ्वाह फैलाउने, अतिरञ्जित थम्बनेल...
इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी

इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १८ असोज – भारतीय विदेश मन्त्रालयले इरानका लागि भारतीय नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको एडभाइजरीमा भारतीय नागरिकहरूलाई इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह दिइएको छ । हाल इरानमा रहेकाहरूलाई सतर्क रहन र तेहरानमा रहेको भारतीय दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका सम्बन्धमा पनि एडभाइजरी जारी गरेको छ । यसमा भारत सरकार पश्चिम एसियाको सुरक्षा अवस्थाप्रति चिन्तित रहेको उल्लेख गरिएको छ । यसमा नागरिकको सुरक्षाका लागि संयम अपनाउन अपिल गरिएको छ । साथै वार्ता र कूटनीतिबाट सबै समस्या समाधान गर्न आह्वान गरिएको छ । मंगलबार इजरायलस्थित भारतीय दूतावासले पनि भारतीय नागरिकका लागि एडभाइजरी जारी गरेको थियो । जसमा इजरायलमा बस्ने भारतीयहरूलाई सतर्क रहन र सुरक्षा सम्बन्धी प्रोटोकलहरू पालना गर्...
‘डार्क फाईल्स, नामक फेक भिडियो प्रशारण गर्ने सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

‘डार्क फाईल्स, नामक फेक भिडियो प्रशारण गर्ने सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १४ असोज – सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल ...
“निरन्तर शिक्षाका लागि पुस्तकालय”

“निरन्तर शिक्षाका लागि पुस्तकालय”

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ भाद्र – १७ औं राष्ट्रिय पुस्तकालय दिवस “निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मुख्य नाराका साथ ¥याली सहित आज शनिवार नेपालगन्जमा मनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.८ रानीतलाउ स्थित रहेको महेन्द्र पुस्तकालयदेखि शुरु भएको ¥यालीमा विभिन्न नारा सहित नेपालगन्जका महेन्द्र नमूना माध्यमिक बिद्यलाय, सरस्वती माध्यमिक बिद्यलाय, नारायण नमूना माध्यमिक बिद्यालय र मंगल प्रसाद नमूना माध्यमिक बिद्यालयका छात्र–छात्रा, महेन्द्र पुस्तकालयका पदाधिकारी, कर्मचारी आजीवन सदस्यहरुको सहभागितामा त्रिभुवन चौक,ं त्रिबेणीमोड, न्यूरोड स्थित भानुभक्त चौक हुदैं पुन पुस्तकालयमा पुगेको थियो । महेन्द्र पुस्तकालय नेपालगन्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले ब्यानर वाचन गरेर कार्य...
“उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग”

“उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग”

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, ११ भदौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता र निर्माणमा भएको भ्रष्टाचारप्रति कडा असन्तोष व्यक्त गर्दै राष्ट्रिय एकता अभियानले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पान्डेलाई ज्ञापन पत्र बुझाउँदै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। अभियानले अधिकारीको नेतृत्वमा भएको अनियमितता र असक्षमताले देशको प्रतिष्ठित परियोजनालाई गम्भीर संकटमा पार्नुभएको बताएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा आज मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा ठूला भ्रष्टाचार र प्रविधिक त्रुटिहरू भएको आरोप लगाइएको छ। विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा संचालनमा आउन नसक्नुमा नागरिक उड्डयन प्राधिकरणको असक्षमता मुख्य कारक रहेको पत्रमा उल्लेख गरिएको छ। ...
दुई ठूला दल एक ठाउँ उभिँदा दशकपछि फुक्यो शान्ति प्रक्रियाको गाँठो

दुई ठूला दल एक ठाउँ उभिँदा दशकपछि फुक्यो शान्ति प्रक्रियाको गाँठो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, ३१ साउन – संसदका दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँ उभिँदा एक दशकपछि शान्ति प्रक्रियाको गाँठो फुकेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको हो। यसअघि दलहरुबीच सहमति नहुँदा विधेयक थाँति रहेकामा रमेश लेखक गृहमन्त्री बनेसँगै राजनीतिक सहमतिका लागि द्रुत गतिमा काम भएको थियो। लगत्तै राजनीतिक सहमति भयो। र, प्रतिनिधिसभाको बुधबारको बैठकले आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित गरेको हो। नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच भएको विस्तृत शान्तिसम्झौताअनुरुप संक्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच यही साउन १७ गते समझदारी भएको थियो। कांग्रेस, एमाले रमाओवादी केन्द्रका नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटना...
शेख हसिनाविरुद्ध मुद्दा दर्ता, बंगलादेश फर्किए पक्राउ पर्न सक्ने

शेख हसिनाविरुद्ध मुद्दा दर्ता, बंगलादेश फर्किए पक्राउ पर्न सक्ने

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २९ साउन – बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनासहित उनीनिकट ६ जनाविरुद्धको मुद्दा दर्ता गरेको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकारेको हो। अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ। ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । दण्डसंहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञा लिएकोले अभियुक्तहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिने ब्यवस्था छ । हसिना स्वदेश फर्किए यही मुद्दाका कारण पक्राउ पर्न सक्ने छिन् । अन्य अभियुक्तहरूमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महा...
ट्रम्प फर्किए टविटरमा (एक्स), मस्कलाइ स्पेशमा दिए अन्तर्वाता

ट्रम्प फर्किए टविटरमा (एक्स), मस्कलाइ स्पेशमा दिए अन्तर्वाता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २९ साउन – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प टविटरमा फर्किएका छन । उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई अन्तर्वार्ता दिईरहेका छन । यतिखेर एलन मस्क र ट्रम्प बिचको अन्तवार्ता चलिरहेको छ । नेपाली समय अनुसार मंगलबार बिहान ५ः४५ बजे देखी अन्तवार्ता हुने भनिए पनि प्रावधिक कारणले केही ढिलाई भएको थियो । अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी टविट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ । जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्प माथी तत्कालिनन टविटरले प्रतिबन्ध लगाइएको थियो। त्यसपछि ट्रम्प ट्वीटरबाट निष्क्रिय भएका थिए भने उनले आफनै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए । तर जब मस्कले २०२२ मा ट्विटर किने तव उनले ट्रम्पको खाता माथीक...