Tuesday, October 22सत्यम खबर
Shadow

श्रम/रोजगार

कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द

कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ कार्त्तिक - बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन नेपालगन्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कार्त्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको हो । ३३ जना पुरुष र ८७ जना महिलाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक बृजेश मिश्रले जानकारी गराए । उनका अनुसार २९ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १३ जना पुरुष र १६ जना महिला रहेका छन । किभा फाउन्डेसका महासचिव एवं प्रवक्ता अजय पाठकका अनुसार प्राय मोतियाबिन्द र दृष्टि दोषले ग्रसित बिरामीहरु देखिएका छन । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको महासचिव पाठकले बताए । यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गर...
नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालन

नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – नेपालगन्ज उपमहानगरपालिकाले अपांगमैत्री संरचना विकास गर्ने क्रममा लिफ्ट निर्माण गरेको छ । अपांगता भएका ब्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख प्रशान्त विष्टले लिफ्ट सेवाको उद्घाटन गर्नुभएको हो । आफू निर्वाचित हुने बित्तिकै अपांगमैत्री संरचना विकास गर्ने प्रतिबद्धतासहित लिफ्ट संचालन गर्ने पहिलो निर्णय गर्नुभएका नगर प्रमुख विष्टले अब अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सेवा लिन निकै सहज हुने बताउनुभयो । विष्टले अपांगता र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि लिफ्ट निकै लाभदायी र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल मल्टी इन्जिनियरिङ कन्सर्न कोटेश्वर काठमाडौंले १९ लाख ५० हजार लागतमा लिफ्ट निर्माण गरेको नेपालगन्ज उपमहानगरपालिकाका योजना अधिकृत तेजेन्द्र रोकायले जानकारी दिनुभयो । डेढ वर्षमा ...
२२० जनाको निःशुल्क आँखा जाँच, ४७ जनालाई मोतिया बिन्द

२२० जनाको निःशुल्क आँखा जाँच, ४७ जनालाई मोतिया बिन्द

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ कार्तिक – बाँकेको डुडुवा गाउँपालिका–६ मा दुई सय २० जनाको आँखा जाँच भएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन नेपालगन्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र एक सय ३० जना महिला गरेर कुल दुई सय २० जना बिरामीको आँखा जाँच गरिएको हो । कात्तिक १ र २ गते हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ४७ जनालाई मोतिया बिन्दको समस्या देखिएको कार्यक्रम संयोजक बृजेश मिश्रले जानकारी गराए । उनका अनुसार यो संख्यामा २७ जना पुरुष र २० जना महिला रहेका छन् । शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतिया बिन्दको समस्या देखिएको छ । अन्य बढी जसो सामान्य समस्या भएको बिरामीले सेवा लिएका थिए । कार्यक्रम संयोजक मिश्रका अनुसार डुडुवा गाउँपालिकाका विभिन्न स्थानमा नियमित रुपमा १४ गते सम्म कार्यक्रम सञ्चालन हुनेछ । आँ...
मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी

मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – अमेरिकाले इजरायललाई गाजामा मानवीय सहयोगको वातावरण सिर्जना गर्न ३० दिनको समय दिएर पत्र लेखेको छ। अमेरिकाले लेखेको चेतावनी युक्त पत्रमा गाजामा मानवीय अवस्था अत्यन्त खराब भएका कारण यसलाई इजरायलले बेवास्ता गरे नीतिमा परिवर्तन हुनसक्नेसमेत जनाएको छ। अमेरिकाले लेखेको पत्रमा इजरायलले पछिल्लो महिना उत्तर तथा दक्षिणी क्षेत्रमा नै मानवीय संवेदनाको विषयलाई बेवास्ता गरेको उल्लेख गरेको छ। इजरायली अधिकारीले सो पत्रलाई गम्भीरतापूर्वक लिएको जनाएका छन्। आइतबार अमेरिकाले प्रेषित गरेको पत्रमा यूएस सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केट र सेक्रेटरी अफ डिफेन्स लायड अस्टिनले हस्ताक्षर गरेका छन्। चेतावनी युक्त पत्रका बाबजुद इजरायललाई अमेरिकाको सैन्य सहयोग भने यथावत नै राखेको छ। अमेरिकी रक्षा अधिकारीले सो पत्रले इजरायललाई केही असर पक्कै गर्नेछ।   तस्बिरः बीबीसी य...
हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – इजरायलले मङ्गलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ । इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि युएभी कमान्डरको मृत्यु भएको हो । युएभी एकाईले हिजबुल्लाह समूहको मानवरहित विमानको अनुगमन गर्दछ । मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल–अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो । इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कहाँ र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन । ‘बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण यूएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर गरिएको सेनाले जनाएको छ । इजरायली सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन ...
गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताएका छन् । अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उनले उल्लेख गरेका छन् । यदि यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उनले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताएका छन् । उनले अक्ट...
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – चीनले सोमबार ताइवान र यसको वरपरका टापुहरूमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ । यस अभ्यासमा १२५ विमान, विमानवाहक ‘लियानिङ’ र अन्य जहाजले भाग लिएका थिए । अभ्यासमा, प्रमुख बन्दरगाहहरू घेराबन्दी गरिएको थियो । जसका कारण ताइवानमा तनाव बढेको छ । बेइजिङले ताइवानमाथि चीनको सार्वभौमसत्ताको दाबी स्वीकार गर्न अस्वीकार गरेकोमा ताइवानका राष्ट्रपति लाइ चिङ-टे विरुद्ध सैन्य अभ्यासलाई दण्डात्मक कारबाही भएको बेइजिङले बताएको छ । यो अभ्यास ताइवानको राष्ट्रिय दिवसको चार दिनपछि भएको थियो । राष्ट्रिय दिवसमा आफ्नो सम्बोधनमा राष्ट्रपति लाइ चिङ-तेले चीनलाई ताइवानको प्रतिनिधित्व गर्ने अधिकार नभएको बताए । उनले मर्जर वा अतिक्रमणको सधैं विरोध गर्ने बताए । चीनको ताइवान मामिला कार्यालयले एक विज्ञप्तिमा लाइ चिङ-टेको स्वतन्त्र ताइवानको झुटो दाबीको लागि यो कडा सजाय भएको बताएको छ । उही समयमा, त...
भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनावको मिति घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगले मंगलबार दुई राज्यको चुनावको मिति घोषणा गरेको हो । पत्रकार सम्मेलन गर्दै मुख्य निर्वाचन आयुक्त राजीव कुमारले महाराष्ट्रमा एकै चरणमा नोभेम्बर २० मा चुनाव हुने जानकारी दिएका छन् भने अर्को राज्य झारखण्डमा दुई चरणमा चुनाव हुने छ । झारखण्डमा पहिलो चरणको मतदान नोभेम्बर १३ मा हुनेछ र दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ । दुवै राज्यको मतगणना नोभेम्बर २३ मा हुने आयोगले जानकारी दिएको छ । महाराष्ट्र विधानसभाको कार्यकाल २६ नोभेम्बरमा समाप्त हुदै छ भने झारखण्ड विधानसभाको कार्यकाल जनवरी ५, २०२५ मा समाप्त हुदै छ । २८८ सदस्यीय महाराष्ट्र विधान सभामा अहिले भारतीय जनता पार्टी, एकनाथ सिंधे नेतृत्वको शिव सेना र अजित पावर नेतृत्वको एनसिपीको गठबन्धनको सरकार रहेको छ । त्यस्तै ८१ सद...
६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाईयो

६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाईयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले ६९ औं प्रहरी दिवस भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आथित्यता तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको विशिष्ट आतिथ्यतामा प्रहरी दिवस मनाइएको बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक नारायण आयुशप्रसाद जोशीले प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त सुभकामना सन्देश वाचन गरेर सुनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले नेपाल प्रहरीको गर्विलो ईतिहास रहेको बताए । उनले जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको र त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले धन्यबा...
लामो समयदेखिको चिनियाँ अर्थतन्त्रको मन्दीलाई रोक्न बेइजिङ असफल

लामो समयदेखिको चिनियाँ अर्थतन्त्रको मन्दीलाई रोक्न बेइजिङ असफल

आर्थिक, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – बेइजिङले लामो समयदेखिको मन्दीलाई रोक्न धेरै उपायहरू गरे पनि चीनको अर्थतन्त्र पुनर्जीवित हुन सकेको छैन । ब्याजदर कटौतीदेखि सरकारी खर्च बढाउने र पुराना गाडी बदल्न जनतालाई प्रोत्साहन गर्न विद्युतीय सवारीमा दोब्बर अनुदान दिने जस्ता उपभोक्ताको विश्वास जगाउने प्रयास गरिएको छ । बरु डम्पिङको प्रयासलाई रोक्न धेरै देशहरूले विद्युतीय सवारीसाधन जस्ता चिनियाँ उत्पादनहरूमा आयात शुल्क लगाएकोले बेइजिङको परिदृश्यलाई थप जटिल बनाएको छ। अक्टोबर १ मा चीनको ७५ औँ राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रपति सी जिनपिङले देशको लागि अगाडिको बाटो आँधीबेहरी हुनसक्छ भनेर चेतावनी दिनु अचम्मको कुरा होइन। चिनियाँ अर्थतन्त्रको दोहोरो अंकको वृद्धिको कथा अहिले लोककथा बनेको छ। सन् २०२४ को दोस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको छ भने पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि भएको छ। अ...