Wednesday, May 21सत्यम खबर
Shadow

विचार/अन्तर्वार्ता

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता
रमेश कुमार बोहोरा मिति २०८२ जेष्ठ ५ गते, सोमबार नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाहरूको कमजोरीले लघुवित्त र सहकारी क्षेत्रहरूमा देखिएको अव्यवस्थाले अर्थतन्त्रमा गम्भीर संकट निम्त्याएको छ । कर्जाको अत्यधिक प्रवाह, त्यो पनि अनुत्पादक क्षेत्रमा, र सरकारी खर्चमा जवाफदेहिताको कमीले गर्दा आर्थिक वृद्धिमा अपेक्षित योगदान हुन सकेको छैन । निर्माण तथा सेवा क्षेत्रका भुक्तानी समस्याले निजी क्षेत्रको लगानी र रोजगारी सिर्जनामा नकारात्मक प्रभाव पारेको छ । मौद्रिक नीतिमा धेरै भरोसा गरेपछिको असर विश्वका धेरै देशले कोरोनापछि वित्तीय र राजस्व नीतिको संयोजनमार्फत पुनरुत्थानको प्रयास गरे । तर नेपाल भने मौ...
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मिति : २०८२ बैशाख २१ गते, आईतबार सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो । तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् २०२५ को नाराले यस वर्षको अन्तर्राष्ट्रिय पत्रकारिताको यथार्थलाई प्रतिविम्बित गरेको छ । नयाँ साहसी संसारमा रिपोर्टिङ – प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव यो नारा केवल प्रविधिको विकासको चित्रण मात्र होइन, पत्रकारिता क्षेत्रभित्र फैलिएको अनिश्चितता, चुनौती र सम्भावनाको सङ्केत पनि हो । आजको पत्रकारितामा पुराना चुनौतीहरू अझ गहिरिँदै छन्—प्रेसमाथि राज्यको नियन्त्रण, सेन्सरसिप, पत्रकारमाथिका आक्रमण, र सत्य रिपोर्टिङ गर्नेहरूलाई कारवाही । यससँगै, नया...
छापा पत्रकारिता: सम्भावना र रणनीति

छापा पत्रकारिता: सम्भावना र रणनीति

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा मितिः २०८२ बैशाख १६ गते, मंगलबार समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्दै गएको छ । सबै विषयमा प्रविधिको बोलवाला बढिरहेको अवस्थामा कतिपय नयाँ कार्यक्षेत्रहरू फैलँदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् । अहिलेको युग प्रविधिमैत्री बन्ने र तदनुरूप चल्ने समय हो । नत्र समयको गतिले मानिसलाई पछि पार्छ ।नेपालमा पनि यो परिवर्तनको प्रभाव सञ्चार क्षेत्रमा गहिरो देखिएको छ । विशेषतः छापा पत्रकारिता, जसले कुनै समय राजनीतिक सचेतना र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो, अहिले प्रविधि र डिजिटल माध्यमसँगको प्रतिस्पर्धामा...
राजनैतिक परिवर्तन त भयो तर ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन !

राजनैतिक परिवर्तन त भयो तर ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन !

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता
मितिः २०८१ चैत २४ गते, आईतबार सागर रावल हाम्रो देशमा छोटो समयमा धेरै राजनैतिक परिवर्तनहरु भए । राजनैतिक परिवर्तनसँगै देशमा सामाजिक, आर्थिक, शैक्षिक स्तरमा पनि उल्लेख्य सुधार हुनेछ । देशमा ठूला उद्योग तथा कलकारखानाहरु खुल्नेछन् । जनताको जिबनस्तरमा सुधार हुनेछ भन्ने धेरै नेपालीहरुको चाहना थियो । बिडम्बना देशमा राजनैतिक परिवर्तन त भयो तर राज्य संचालन गर्ने जिम्मेवार ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन । राज्य संचालनको जिम्मा लिएर बसेकाहरुको राज्य संचालनका लागि चाहिने स्पष्ट नीति, दुरदर्शिता, शिप, क्षमता र कौशलताको सिमितता हो वा निहित स्वार्थका कारण नेपालमा बिगतमा भएका साना, मझौला तथा ठुला उद्योग तथा कलकारखानाहरु बन्द भए । राजनैतिक कर्मीहरुको सत्ता प्राप्तिका लागि सधैको खिचातानी, राजनैतिक कलह, राजनैतिक अस्थिरता र निहित स्वार्थका कारण नेपालका अधिकांश उद्योग, कलकारखाना, संघ संस्थाहर...
नेपाली नागरिकलाई राजाले के दिएनन् ?

नेपाली नागरिकलाई राजाले के दिएनन् ?

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
ई.चिरञ्जीवी भटराई मितिः २०८१ चैत २४ गते, आईतबार नेपालको जन्म राजसंस्थाबाट भयो । नेपाल अधिराज्यको एकीकरण राजसंस्थाबाट भयो । आधुनिक नेपालको निर्माण राजसंस्थाबाट भयो । नेपालको अस्तित्व र अस्मिता राजसंस्थाबाट बच्यो । हाल हामीसँग भएका जति पनि बाटो, बिजुली, विद्यालय, विश्वविद्यालय, लोकसेवा आयोग, बिज्ञान प्रबिधि केन्द्र तथा अस्पताल औषधि, उद्योग, निर्माण सामग्री उद्योग, प्रहरी संगठन, सेना संगठन, बायुसेवा निगम, रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रकारिता, कला संस्कृति संगठन, नाचघर, प्रज्ञाप्रतिस्ठान, समाज कल्याण परिषद, महिला आयोग, संयुक्त रास्ट्रसंघमा सदस्य सार्क अन्तरास्ट्रिय सम्बन्ध, समाचार समिति, टेलिफोन, कृषि तालिम केन्द्र, सिंचाइ कुलोलगायत हरेक बिकासका एकएक पूर्वाधारहरु सबै राजसंस्थाले निर्माण गरेका हुन् । इतिहासको हरेक कालखण्डमा बिदेशी हस्तक्षेप, बिदेशी अतिक्रमण, बिदेशी आक्रमण र बिदेशी दु...
युवा अभियन्ता सन्तोषको साथमा सत्यमखबर

युवा अभियन्ता सन्तोषको साथमा सत्यमखबर

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८१ चैत २४ गते, आईतबार नेपालमा २४० वर्षको राजतन्त्र समाप्ती पछि आएको गणतन्त्रमा हाल आम सर्वसाधारण नेपाली जनता निराश हुनुको कारण, व्यप्त रहेको भ्रष्टाचार, हिन्दू राष्ट्रको चाहना लगायत विषयमा युवा अभियन्ता सन्तोष सिलवालसंग गरिएको संक्षिप्त अन्तरवार्ता प्रश्नः तपाईं किन राजतन्त्रलाई समर्थन गर्नुहुन्छ ? उत्तरः म राजतन्त्रलाई समर्थन गर्छु किनभने नेपालमा राजसंस्था मात्रै यस्तो संस्था हो, जसले देशमा स्थिरता, राष्ट्रिय एकता, र सुशासन कायम गर्न सक्छ । लोकतान्त्रिक व्यवस्था आएपछि नेपालमा बारम्बार सरकार परिवर्तन भएको छ, जसका कारण दीर्घकालीन विकासको खाका नै बन्न सकेको छैन । राजसंस्थाको पालामा नीति स्थिर थियो, सरकार निरन्तरता पाउँथ्यो, र विदेशी हस्तक्षेप कम थियो । तर गणतन्त्रको आगमनपछि, राजनीतिक अस्थिरता बढ्दै गयो, भ्रष्टाचार मौलायो, अनि राष्ट्रिय स्वाभिमान कमजोर बनाइयो । प्रश्नः गणत...
उच्च हिमाली क्षेत्रमा तुसारो

उच्च हिमाली क्षेत्रमा तुसारो

आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
सागर रावल मितिः २०८१ चैत १५ गते, शुक्रबार अछाम जिल्ला एक पहाडी दुर्गम र विकट जिल्ला भनेर चिनन्छ ! कर्णाली नदीको किनार सँगै जोडिएको र बझाङ बाजुरा, सुर्खेत, दैलेख, कालिकोटसंग नजिक रहेको अछाम जिल्लाको आफ्नै छुट्टै पहिचान छ । पहाडी र समतल भूभाग उच्च हिमाली फाँटहरुले सौन्दर्य देखिने अछाम आजभोलि धेरै चिसो र ओसिलो हावापानी सँगै उच्च हिमाली क्षेत्रमा तुसारो परेको हुन्छ । साना साना खोला नाला लगायतले आफ्नो गन्तव्य बोकेर हिँडेको हुन्छन् । रामारोशन ताल, जाल्पादेवी (साचुल्ला) मन्दिर, (पञ्चदेवल) वैजनाथ, यहाँका अधिकांश झरनाहरुले छुट्टै पहिचान बनाए पनि यहाँको राजनीतिक परिस्थितिले ओझेलमा परेको छन् । नेपालको राष्ट्रिय सम्पदामा सूचीकृत र पर्यटकीय स्थलको रूपमा परिचित रामारोशन ताल अझै पहिले कै गतिमा छ । दुई दशक लामो राजनीतिक भाषणहरुमा रामारोशन तालको संरक्षण र सम्बर्धनमा विकासै विकासको फड्को मार्ने भने...
पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
सालीग्राम पाण्डे मितिः २०८१ कार्तिक २७ गते, मंगलबार नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । रक्षक नै भक्षक भनेजस्तो राज्यको सुरक्षा निकायबाटै जानाजान र हाकाहाकी पत्रकारहरूमाथि भौतिक आक्रमणका घटनाहरू हुने गरेका छन् । पत्रकारहरूलाई सुरक्षाको प्रत्याभूति दिने काम सरकार तथा सुरक्षानिकायको हो । लोकतान्त्रिक शासन व्यवस्थामा हतियार प्रयोग गरी तानाशाहीतन्त्र चलाउने छुट कसैलाई छैन । पत्रकारविरुद्ध सुरक्षानिकायबाट एकपछि अर्को भौतिक आक्रमणको घटना हुनुले पत्रकारजगत मर्माहत भएको छ । देशैभरी पत्रकारहरू भौतिक आक्रमणको त्रासदीपूर्ण अवस्था ब्यहोर्न बाध्य बनाइएका छन् । सार्वजनिक ठाउँमा डराएर समाचार सङ्कलन कार्य गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । संविधानप्रदत्त सार्वजनिक अभिव्यक्ति स्वत...
“सार्वजनिक सम्पत्तिको अद्यावधिक अवस्था, संरक्षण र अवैध कब्जाको अवस्था”

“सार्वजनिक सम्पत्तिको अद्यावधिक अवस्था, संरक्षण र अवैध कब्जाको अवस्था”

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
चन्द्रेश्वर राज त्रिपाठीमिति : २०८१ जेठ ३१ गते, बिहिबार कहाँबाट शुरु गरौं, जता देखे पनि कानुनको बर्खीलाप कार्य भए गरेको पाईन्छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटा वार्डहरुको मात्र कुरा गर्नु पर्दा करीब १३२ बिगाह १६ कठ्ठा १४.५ धुर सरकारी पर्ति जग्गा रहेको उपमहानगरपालिका कै नापी शाखाको तथ्यांकले देखाईरहेको छ । जसमा थप सरकारी पोखरी, गड्हाको जग्गा जोड्दा ७० बिगाह १० कठ्ठा रहेको देखिन्छ । त्यति मात्र नभएर जंगल जोड्ने हो भने थप ३३८ बिगाह ७ कठ्ठा ४.५ धुर जग्गादेखिन्छ । यो तथ्यांक उपमहानगरपालिका भित्र नै रहेको पाईन्छ तर त्यसलाई कसरी सार्वजनिक सरोकार सँग जोड्न सकिन्छ भन्ने तर्फ उपमहानगरपालिकामा निर्वाचित भई पुगेका स्थानीय जनप्रतिनिधिहरुसित भिजन नै देखिएको छैन ।हुन त विभिन्न अटकल बाजी नभएको पक्कै नहोला भन्न सकिन्न तर राजनीतिक खिचातानीबाट अली परा गएर आम नागरिकको हकहित बारे सोच राख्ने...
फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्गको यात्रा

फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्गको यात्रा

आस्था, कला/साहित्य, प्रदेश ५, मौसम, यता पनि, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
बिष्णु गिरी निश्चल मिति : २०८१–०२-२७ गते, आईतबारसिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा मनै आन्दीत भयो ।मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र थियो । नेपाल तर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तार बारले घेरिएकोले प्रवेश बन्द गरिएको छ । चीनभित्र लोभलाग्दो पूर्वाधारहरू जस्तै सीमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवाश भवनहरू थिए भने नेपाल तर्फ खुल्ला थियो । सुरक्षाको लागि दुई जना ससस्त्र ...