नयाँ रंग र भेरियन्टसहित बजारमा आयो रोयल इन्फिल्ड हन्टर ३५०
नेपालगन्ज, ३१ भदौ – रोयल इन्फिल्डले नेपालमा लोकप्रिय हन्टर ३५० लाई नयाँ भेरियन्ट र दुई नयाँ रंगसहित बजारमा ल्याएको छ । कम्पनीले हन्टर ३५० को नयाँ Tarmac Black भेरियन्ट सार्वजनिक गर्दै टप भेरियन्टमा Mumbai Yellow रMoonshot White रंग थप गरेको हो ।
नयाँ भेरियन्टमार्फत ग्राहकलाई डिजाइनसँगै दैनिक प्रयोगका लागि सहज र व्यावहारिक विकल्प उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको जनाएको छ । हन्टर ३५० को मौलिक रोडस्टर डिजाइन, चुस्त ह्यान्डलिङ र सहज राइडिङ अनुभवलाई भने नयाँ संस्करणमा पनि निरन्तरता दिइएको छ ।
नयाँ Tarmac Black भेरियन्टमा Alloy Wheels, Digi–Analog Instrument Cluster, राउन्ड ह्यालोजन हेडलाम्प, रोटरी स्विचगियर, Stitched Seat तथा स्पोर्टी ग्राब रेल राखिएको छ । यसमा Single–Channel ABS र Slip & Assist Clutch समेत उपलब्ध छन् ।
कम्पनीका अनुसार Slip & Assist Clutch ले गियर परिवर्त...









