Thursday, May 7सत्यम खबर
Shadow

धार्मिक

वडाअध्यक्ष बर्माको कार्यप्रगति बारे मेयरदेखि वडाअध्यक्ष सम्मले गरे प्रशंसा, वडा नं. १८ को बजेट १ करोड ६३ लाख

वडाअध्यक्ष बर्माको कार्यप्रगति बारे मेयरदेखि वडाअध्यक्ष सम्मले गरे प्रशंसा, वडा नं. १८ को बजेट १ करोड ६३ लाख

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले श्रावण १ गतेदेखि एम्बुलेन्स सेवा निःशुल्क घरदेखि अस्पतालसम्म पाउने वडा भेला उपमहानगर मेयर प्रशान्त बिष्टले दोहो¥याउनुका साथै वडा नं. १८ उपमहानगर कै उत्कृष्ट कार्य प्रगति गर्ने वडा भएको प्रशंसा गर्नु भएको थियो ।मेयर बिष्टले वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले जुन रुपमा अहोरात्र खटेर जनताको सेवा गरिराख्नु भएको छ त्यो स्वागत एवं प्रशंसा योग्य रहेको छ । उनले आफ्नो वडामा गर्नुपर्ने धेरै कार्यहरु गर्नुभएको छ । केही सीमित बजेट वडाको भएपनि उहाँले प्रदेश, केन्द्रबाट बजेट ल्याएर कार्यहरु गरेको सबैमाझ प्रष्ट रहेको देख्न सकिन्छ, बताउनुभयो ।नेपालगन्ज उपमहानगरपालिका अहिले शिक्षाको क्षेत्रमा फड्को मार्ने हिसाबमा कार्य अगाडी बढाएको छ । उपमहानगरभित्र रहेको विभिन्न वडाहरुमा सामुदायिक विद्यालयहरुको भौतिक निर्माण, स्तरउन्नतिका निम्ति विभिन्न कार्यहरु गरि...
उपमहानगरभित्र अगामी बजेटमा शिक्षा स्वास्थ्यलाई प्राथमिकता

उपमहानगरभित्र अगामी बजेटमा शिक्षा स्वास्थ्यलाई प्राथमिकता

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाको नगरसभाको १३औं अधिवेशन आज सुरु भएको छ । नगरसभाको १३ औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नु भएको हो ।उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८÷०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको छ । यो बजेट चालू आर्थिक बर्षको भन्दा ४ करोडले बढी हो । चालू आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको हो ।बजेट बक्तब्य वाचन गर्दै राईले समग्र नगर विकासका लागि वडा कार्यालयहरुसंगको सहकार्यलाई आत्मसाथ गर्दै चा...
विविध कार्यक्रम गरी ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा मनाइयो

विविध कार्यक्रम गरी ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा मनाइयो

आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ अषाढ – नेपालगन्जमा ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा एसओएस युवालय नेपालगन्जद्वारा बुधवार र शुक्रवार रक्तदान, युवालयका बालबालिका वीच विभिन्न खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको हो ।एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासको अध्यक्षतामा शुक्रवार रोचक साँस्कृतिक कार्यक्रम सहित नेपालगन्ज उपमहानगपालिका वार्ड नं. १२ बेलासपुर स्थित एसओएस परिसरमा सम्पन्न समापन समारोहमा खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रममा सहभागीहरुलाई पुरस्कार वितरण गरियो भने एसओएस अभियानमा साथ दिने सहयोगीहरुलाई र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विशिष्ठ अतिथिहरु नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादव र य...
डुडुवाको १४ औं गाउँसभाबाट ४८ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १४ औं गाउँसभाबाट ४८ करोड बढीको बजेट सार्वजनिक

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ९ अषाढ – डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको शुक्रबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निर्माण लगायतका २१ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।डुडुवा–४ शाहपूर्वामा गाउँपालिका स्तरीय १५ शैय्याको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग सञ्चालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद एव...
अषाढ मसान्त मै बजेट खर्च गर्ने बाध्यता वा खुशी !

अषाढ मसान्त मै बजेट खर्च गर्ने बाध्यता वा खुशी !

आर्थिक, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ अषाढ – आर्थिक रुपमा देशले विकास गर्न नसक्नु पछाडी वर्षभरीको काम अषाढ मसान्तमा मात्र गर्ने र भएभरको बजेट खर्च गर्ने परिपाटी बसि आएकोलाई मान्न सकिन्छ ।आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेलाबाट वडा सचिव मदनबहादुर रावतमार्फत बाचन गरिएको पूँजीगत खर्चको विवरण बारे सुनेर वडाबासीहरुले उक्त भनाई राखेका छन् ।सचिव रावतले ५९ लाख ५० हजार कुल बिनियोजित पूँजीगत बजेट मध्ये ११ महिनाको अवधीमा जम्मा १८ लाख ३७ हजार ६ सय १४ रुपैयाँ मात्र खर्च भएको तथा अषाढ मसान्त भित्र ४१ लाख १२ हजार ३ सय ८६ रुपैयाँ खर्च गर्नुपर्ने बताउनु भएको छ ।वडाबासीहरुका अनुसार वडाले केही सकारात्मक पक्षतर्फ समेत बजेट खर्च गरेको पाईन्छ । जसमा स्वास्थ्यलाई प्राथमिकता दिएको छ भने शिक्षालाई समेत प्राथमिकतामा राखेको पाईन्छ । तर अन्य बाटो निर्माण, नालामाथि ढक्कन निर्माण, मठमन्दिर सौन्दर्यकरण, ग्राभेल, माटो पटान लगायततर्फ...
कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन । डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन । बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिक...
सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारी बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका छन् । स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउँपालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्षसम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाउँपालिकामा निर्वाचित वडा नं.५ र ६ का वडा अध्यक्षले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९/०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ ...
जेठको अन्तिम मंगलबार उपमहानगरको विभिन्न स्थानमा प्रसाद वितरण

जेठको अन्तिम मंगलबार उपमहानगरको विभिन्न स्थानमा प्रसाद वितरण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० जेठ – वर्षभरीको १२ महिनामा नपाईने पुण्य जेठ महिनामा दान, धर्म, भोज, भण्डारा, पुजा, आराधनाबाट कमाउन सकिन्छ भन्ने धार्मिक मान्यता रहेको पाईन्छ ।सोही मान्यता अनुसार आज जेठ महिनाको अन्तिम मंगलबारका दिन नेपालगन्जको विभिन्न चोक, सडकहरुमा आफू खुसी प्रसाद वितरण कार्यक्रम सम्पन गरिएको छ ।सोही प्रसाद वितरण गर्ने क्रममा फुल्टेक्रा चोक स्थित शिव मन्दिर छेउमा भक्तजनहरु माझ प्रसाद वितरण गरिएको थियो ।श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिर प्रताप सिंहको एक लगानीले आज मंगलबार शिव मन्दिर चोकमा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।सोभन्दा अगाडी गत मंगलबारका दिन आंचल ज्वैलर्सका सञ्चालक क्रान्ति सोनीको एकल लगानीमा प्रसाद वितरण गरिएको थियो ।त्यसैगरी, फत्तेबाल आँखा अस्पताल अगाडी समेत प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ । साहु समाज जिल्ला कार्य समिति, बाँके, साहु समाज युवा जिल्ला कार्य समिति, ...
“सेवा नै धर्म हाे”: शुद्व खाने पानी वितरण

“सेवा नै धर्म हाे”: शुद्व खाने पानी वितरण

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ जेठ - प्रचण्ड गर्मी बढेसँगै नेपालगन्जकाे ठाउँठाउँमा शुद्व खानेपानी वितरण गरिएकाे छ । यसैक्रममा आज फुल्टेक्रामा करीब १ हजार लिटर शुद्व खानेपानी वितरण गरिएकाे छ ।"सेवा नै धर्म हाे" स्लाेगन राखी पिउने पानी वितरण कार्यक्रम समपन्न गरिएकाे छ । मानवतामा समर्पित भावना साथ गाैरव स्मृति तथा बियाेर सेल्फ फाउण्डेशनले आज साेमबार फत्तेबाल आँखा अस्पताल अगाडी फुल्टेक्रामा पानी वितरण गरेकाे छ । गर्मी बढेसँगै ठाउँठाउँमा पानीकाे अभाव भईरहेकाे बेलामा गाैरब स्मृतिद्वारा फुल्टेक्रामा पानीकाे स्टाल राखी सर्वसाधारणकाे लागि खाने पानीकाे व्यवस्था गरिएकाे छ ।नेपालगन्जकाे प्रचण्ड गर्मी बारे सबैमा सर्वविदितै छ । आज नेपालगन्जकाे ४३ डिग्री तापक्रम रहेकाे अवस्थामा फुल्टेक्रमा वितरण गरिएकाे पानीले सर्वसाधारणहरूलाई राहत भएकाे स्थानियले बताएका छन् । स्थानियका अनुसार गाैरब स्मृति फाउण्डेशनले वार्षिक रूपमा मानवत...
बागेश्वर धामका बाबालाई नेपाल आउन निमन्त्रण

बागेश्वर धामका बाबालाई नेपाल आउन निमन्त्रण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ जेठ – भारतको विभिन्न राज्यमा हिन्दु राष्ट्र भोषणा गर्ने अभियानका साथ चर्चामा रह“दै आईरहेका मध्यप्रदेशको छतरपुरमा रहेको बागेश्वर धाम सरकारलाई नेपाल भ्रमणको निम्तो दिईएको छ ।उक्त निम्तो नेपालका एक मात्र अरबपति तथा पश्चिम नवलपरासी संसदीय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य विनोद चौधरीका कान्छो छोरा वरुण चौधरीले बागेश्वर बाबाको आश्रम मै गएर दिईएका छन् ।उहाँ चौधरी ग्रुपको भारतीय बजारका लागि प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ दिल्लीमा रहेर भारत र दुबईमा व्यापार सञ्चालन गर्दै आउनु भएको छ ।चौधरी गु्रपले सिजी सिमेन्ट लगायतका नेपाली उत्पादनका वस्तुहरुको भारतीय बजारमा व्यापार गर्दै आएको छ । वरुण चौधरीले हिन्दु धर्मगुरु बागेश्वरी धाम सरकारलाई नेपाल भ्रमणमा आउन नियन्त्रणा दिनु भएको छ ।चौधरी मध्यप्रदेशको छतरपुरमा रहेको उनको आश्रममा भेटेर बागेश्वर धाम सरकारलाई नेपाल भ्रमणको निम्तो ...