Tuesday, October 22सत्यम खबर
Shadow

सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

डुडुवा, ५ असार – डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारी बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका छन् ।

स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउँपालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्षसम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाउँपालिकामा निर्वाचित वडा नं.५ र ६ का वडा अध्यक्षले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९/०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ परिषद सम्पन्न गराएको ५ नं.वडा अध्यक्ष झंक थापाले बताएका थिए ।

गाउँ परिषद पश्चात पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हामीहरुलाई बेवास्ता गरी हाम्रो माँग परै जाओस् हामीहरु संग सम्पर्क गर्न छाडी आफ्नो मनोमानी ढंगले हालसम्म पालिका सञ्चालन गर्दै आएको हुँदा हामी निर्वाचित जनप्रतिनिधीहरुले सिफारिस गर्नु बाहेक आम जनता संग गरेको वाचा र आफ्नो वडाको बिकास गर्न असमर्थ भएको कारण मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन भएको बिशेष गाऊँ सभालाई बहिष्कार गरी हाम्रो माँग “२०७९ साल पौष महिनाको ४ गते भएको गाऊँ परिषद (सभा) को निर्णयको प्रतिलिपी उपलब्ध गराउनु पर्ने, गाउँ परिषद (सभा) पश्चात हालसम्मको आय–ब्यय बिबरण सार्वजनिक गर्नु पर्ने, हालसम्म यस पालिकामा रहेका सम्पूर्ण कर्मचारीहरुको बिबरण सार्वजनिक गर्नु पर्ने, प्रत्येक वडालाई सिलिङ्ग बजेट उपलब्ध गराउनु पर्ने र बिगतमा सिलिङ्ग बजेट उपलब्ध गराउने निर्णय भएपनि किन नगराएको कारण सार्वजनिक गर्नु पर्ने, यस पालिकामा रहेका सम्पूर्ण मेसेनरी सामग्रीहरुको अवस्था र रहेको स्थान सार्वजनिक गर्नु पर्ने, प्रत्येक वडामा भेटनरी पशु सेवा वडा कार्यालय मार्फत राख्न निर्णय गरी तत्काल खटाउनु पर्ने, सामाजिक सुरक्षा भत्ता समयमा बितरण गर्नु पर्ने, सेतो र पहेलो कार्ड भएका फरक क्षमताका ब्यक्तिहरुको भत्ता समय मै उपलब्ध गराउनु पर्ने, भुगोललाई अनुमान गरी एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने, ११ औं गाऊँ सभाको निर्णय सार्वजनिक गर्नु पर्ने” सम्बोधन नभएसम्म कार्यपालिकाको बैठक अवरुद्ध गरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौ भनी जानकारी गराउँदा पनि हालसम्म पालिका अध्यक्षले कुनै चाँसो नदेखाएको भनी ६ वडा अध्यक्ष मोहन मिश्रले बताउनु भएको छ ।

यसैगरी निःबर्तमान बिधायक बिजयबहादुर यादवले जनताको माँग सम्बोधन नगरी आम नागरिकहरुको हक हित सुनिश्चित नगरेको खण्डमा शान्तिपूर्ण आन्दोलनले बिकराल रुप लियो भने सो बाट उत्पन्न हुने बिपरीत परिस्थितीको जिम्मेवार डुडुवा गाऊँपालिका अध्यक्ष स्वयं हुने र पालिका अध्यक्षले गरिरहेको काखपाख आफूले चाहेको मान्छेको ऐलानी जग्गामा घर बनाउन दिने र निजले नचाहेको ब्यक्ति बर्षौदेखि बसी आएपनि त्यसको घर डोजर लगाई भत्काई दिने ! खबरदार अध्यक्ष ज्यू अब अन्याय सहन सकिन्न हामी चुप बस्दैनौ, प्रतिकार गर्छौ भनी जानकारी दिनु भएको ।

यसैगरी राजनीतिज्ञ बली भद्रपुन, वडा नं.४ का समाज सेवी महेन्द्र शाही, वडा नं.३ का विनयराज त्रिपाठी लगायतले आफ्नो धारणा राख्नु भएको थियो । उक्त बिरोध कार्यक्रममा ६ वटै वडामा करीब ६०० जनाको उपस्थिती रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *