Thursday, May 7सत्यम खबर
Shadow

धार्मिक

महिनावारी बार्ने कि नबार्ने ?

महिनावारी बार्ने कि नबार्ने ?

आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
रबिन्द्र बोहरा२०८० श्रावण २९ गते, सोमबारमहिनावारी किन बार्ने भन्ने कुरा सबैले थाहा पाउन आश्यक छ । आजको विज्ञानको समयमा पनि यसको वैज्ञानिक कारणले स्थान पाउन सकेको छैन ।धर्म संस्कृतिको कुरा गर्दा भगवान इन्द्रबाट यसको प्रारुप सुरु भएको भागवत गीतामा पाउन सकिन्छ । इन्द्रले ब्राम्हाज्ञानीलाई मारे पछि त्यसको पाप र दुखको कारण उनी पुष्प भित्र लुकेर बसे र आफ्नो दुख र पाप कम गर्न उनले जल, माटो, रुख र स्त्रीलाई आफ्नो दुख र पाप बाँड्ने प्रस्ताव गरे । इन्द्रबाट बरदान पाउने लोभले सबैले इन्द्रको दुखको केही भार लिन स्वीकार गरी स्त्रीलाई पुरुषको भन्दा धेरै कामवास्नाको आनन्दको बरदान दिई रजको दुख बाँडी दिए ।सोही बेलादेखि स्त्री रजस्वाला हुन सुरु गरेको बताइएको छ । सो समयमा स्त्रीलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउने अवगुण समेत प्रदान भयो र उक्त समयमा शारीरिक रुपमै कमजोर भएको कारण धार्मिक कार्य गर्न नहुने, गु...
बाँकेको खजुरामा धार्मिक महोत्सवको सचिवालयको उद्घाटन

बाँकेको खजुरामा धार्मिक महोत्सवको सचिवालयको उद्घाटन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २८ श्रावण – बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा आयोजना हुने धार्मिक महोत्सवका लागि शनिबार सचिवालयको उद्घाटन गरिएको छ ।खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, धर्मगुरु ईश्वर शरण महाराज, वडा अध्यक्ष टेकवहादुर रोका र समितिका अध्यक्ष खड्ग वलीले सचिलायलको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो । भदौं ३० गतेदेखि सुरु हुने महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको सदस्यताका लागि प्रचारात्मक अभियान चलिरहेको छ ।सचिवालय उद्घाटनमा प्रखर परोपकार मिसन नेपालका महासचिव विवेक लामिछाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।...
चीनले सीमा बन्द गर्दा मन्दिरको पूजा रोकियो

चीनले सीमा बन्द गर्दा मन्दिरको पूजा रोकियो

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ श्रावण – २०७२ सालको महाविनाशकारी भूकम्प आउँदा उत्तरी छिमेकी चीनले नेपालसँग जोडिएको तातोपानी नाका बन्द गरेको थियो। रसुवागढी केरुङ नाकाबाट आंशिक रुपमा आयात निर्यात भइरहेको थियो। कोभिड–१९ को संक्रमणपछि चीनले करिब तीन वर्षसम्‍म नेपालसँग जोडिएका सीमा नाकालाई खुला गरेन। यसले नेपाललाई निकै ठुलो क्षति पुग्यो। दुई पक्षीय व्यापारमा नेपालले ठुलो आयतनको व्यापारघाटा सहनु पर्यो। हाल आएर नेपाली बजारमा चिनियाँ उत्पादनको मागमा ठुलो ह्रास आएपछि बल्‍ल चीनले नेपालसाँग जोडिएका सीमा नाकाहरु आंशिक रुपमा खुला गरेको छ तर अहिले पनि कतिपय नाकाहरु सुचारु भएका छैनन्। यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रमा रहेका जनताको जनजीवनमा समेत पर्न थालेको छ। बझाङ जिल्‍लाको तलकोट गाउँपालिका वडा नम्बर १ सुनिकोटका भुन्टु धामी स्‍थानीय देवस्थल रामणी मस्टादेवताका धामी पनि हुन्। उनी चार वर्षदेखि रोकिएको पूजा खुलाउन ...
चीनमा मुस्लिम धर्मावलम्बीलाई स्वतन्त्रता छैन: अकरम पठान

चीनमा मुस्लिम धर्मावलम्बीलाई स्वतन्त्रता छैन: अकरम पठान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, २४ श्रावण - राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं. ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगडमा आयोजना गरिएको थियो।समाजसेवी अकरम पठानको अध्यक्षता, प्रमुख अतिथिमा हाजी अब्दुल कलाम, राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, विशिष्ट अतिथिमा मौलाना सद्दाम हुसेन, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि,मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलामले मदरसाको व्यवस्थापन गर्न मुस्लिम समुदाय लगायत सम्पूर्ण सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रममा बोल्दै मौलाना सद्दाम हुसेनले मुस्लिम समुदायको मदरसामा पढाउने बिषयको पाठ्यक्रम तयार गरि मदरसाहरूम...
बाँकेको खजुरामा धार्मिक महोत्सव हुने

बाँकेको खजुरामा धार्मिक महोत्सव हुने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २१ श्रावण – बाँकेको खजुरा ४ एफ गाउँमा रहेको किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा–महोत्सवको आयोजना गर्न लागिएको हो । भदौं ३० गतेदेखि सुरु हुने महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुनेछ ।महोत्सवका लागि आईतबार भएको स्थानीयको भेलाले मुल समितिलाई पूर्णता दिएको छ । स्थानीयबासिको वृहद भेलाले खड्क वलीको संयोजकत्वमा मुल समिति गठन गरेको छ । समितिमा खजुरा गाउँपालिका वडा नम्बर ४ का सबै टोल, जानकी, कोहलपुर र बैजनाथ गाउँपालिकाबाट समेत प्रतिनिधित्व रहेको छ ।अध्यक्ष वलीका अनुसार सोमबारदेखि महोत्सवको सदस्यताका लागि प्रचारात्मक अभियान चलाइने भएको छ । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।...
चर्चित अध्यात्म गुरू बागेश्वरधाम नेपाल आउँदै, नवलपरासीको शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने

चर्चित अध्यात्म गुरू बागेश्वरधाम नेपाल आउँदै, नवलपरासीको शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २० श्रावण – भारत मध्य प्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका सस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आउँदैछन् । नेपालको नवलपरासीमा रहेको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा भदौ २ देखि ४ गतेसम्म हनुमन्त कथा वाचन गर्न बागेश्वरधाम नेपाल आउन लागेका हुन् । बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र अध्यात्मिक गुरूका रुपमा परिचित छन् । चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाम नेपालका अतिरिक्त भारतीय हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र बनेको छ । बागेश्वरधाम सरकारले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश दिदै पुण्यभूमि नेपालस्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन् । चौधरी ग्रुप एवं सीजी कर्प...
नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

आस्था, खेल, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगगन्ज, १६ श्रावण - नेपालगन्ज इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ । टिम डि-एडजको आयोजनामा सुरु हुने क्रसराइडको यात्रा डि एड्ज फिटनेस क्लव, जङ्गल हुँदै राप्ती पुल, सन्तानेश्वर, अगैंया, कोहलपुर हुँदै पुन नेपालगन्ज आइपुग्ने टिम डिएडजका सञ्चालक तथा संस्थाका आयोजक दिनेश थापाले बताएका छन् । थापाका अनुसार श्रावण २७ गते शनिबार बिहान ६ बजे डि एड्ज फिटनेस् क्लवदेखि यात्रा गर्ने र नेपालगन्जका डर्ट मोटरसाइकल टिम एक भई बाँकेका धार्मिक तथा पर्यटकीय, कृषी क्षेत्रलाई पहिचान गराउने उदेश्यले डर्ट मोटरसाइकल यात्रा गर्ने बताएका छन । पर्यटकीय यात्रामा जान या थप जानकारीको लागि सम्पर्क ९८५१००८१९९ मा गर्न सकिने टिम इन्डोरो नेपालगन्जले बताएको छ। ।...
खजुराको क्यान्सर अस्पताल पश्चिम नेपालकै गौरव, सोमवार ११ औं साधारण सभा हुँदै

खजुराको क्यान्सर अस्पताल पश्चिम नेपालकै गौरव, सोमवार ११ औं साधारण सभा हुँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ७ श्रावण – खजुरा स्थित प्रखर परोपकार मिसन नेपालको ११ औं साधारण सभा भोलि साउन ८ गते सोमवारका दिन आयोजना गरिंदैछ । पश्चिम नेपाल कै पहिलो सुविधा सम्पन्न क्यान्सर अस्पतालका प्रेरणा प्रदान गर्ने भारतका प्रसिद्ध महात्मा महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको प्रमुख आतिथ्य र अस्पतालका संकल्पकर्ता दीन दयालजी महाराजको विशिष्ठ आतिथ्यमा उक्त साधारण सभा हुन लागेको हो ।बाँके जिल्लाको ऐतिहासिक क्षेत्र खजुरा र आसपासका आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारण जनताको आवश्यकतालाई दृष्टिगत गरी चिरकालसम्म स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभिप्रायबाट प्रेरित भई प्रखर परोपकार मिसन नेपालको २०६२ सालमा विधिवत दर्ता गरी प्रखर परोपकार मिसन क्यान्सर अस्पताल प्रस्तावित गरिएको थियो । स्थानीय नागरिक अगुवा किस्मतकुमार कक्षपतिको अध्यक्षतामा विशुद्ध मानव सेवा र नाफारहित गैरसरकारी संस्थाको रुपमा स...
उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरसभाको १३औं अधिवेशनको दोस्रो वैठकबाट आज (शनिवार) बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएका हुन् । असार ९ गते बसेको नगरसभाको १३औं अधिवेशनको पहिलो वैठकमा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नु भएको थियो ।उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८÷०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नु भएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्...
भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ अषाढ – भारतीय सहयोगमा निमार्ण भएको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन गरिएको छ । बुधबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उक्त धर्मशालाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु श्री गगन कुमार थापा र श्री प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख श्री डा शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो । उक्त धर्मशाला भारत सरकारको करिब नेरु ५ करोड अनुदान सहयोगमा उक्त धर्मशालाको निर्माण भएको हो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको भारतीय दूतावासले जनाएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण...