

डुडुवा, ५ असार – डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन ।

डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन ।

बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिकाले जवाफ दिनु पर्छ, भनी वडा अध्यक्ष द्वयले भन्दा पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नमिल्ने भनेकोमा वडा अध्यक्ष मिश्राले तपाईले बोलाएको कारण हामी आएको र जनताको माँगको बारेमा पनि बोल्न दिनु हुन्न, यस्तो महत्वपूर्ण बैठकमा तपाईले हामीलाई उपस्थित नगराउने भने हामी यो बैठकलाई बहिष्कार गर्दछौ भनी पाँचै जना बैठकलाई बहिष्कार गरी बाहिर निष्केको जानकारी वडा अध्यक्ष मिश्राले दिएका हुन ।
