Thursday, February 13सत्यम खबर
Shadow

“सेवा नै धर्म हाे”: शुद्व खाने पानी वितरण

नेपालगन्ज, २९ जेठ – प्रचण्ड गर्मी बढेसँगै नेपालगन्जकाे ठाउँठाउँमा शुद्व खानेपानी वितरण गरिएकाे छ । यसैक्रममा आज फुल्टेक्रामा करीब १ हजार लिटर शुद्व खानेपानी वितरण गरिएकाे छ ।
“सेवा नै धर्म हाे” स्लाेगन राखी पिउने पानी वितरण कार्यक्रम समपन्न गरिएकाे छ । मानवतामा समर्पित भावना साथ गाैरव स्मृति तथा बियाेर सेल्फ फाउण्डेशनले आज साेमबार फत्तेबाल आँखा अस्पताल अगाडी फुल्टेक्रामा पानी वितरण गरेकाे छ । गर्मी बढेसँगै ठाउँठाउँमा पानीकाे अभाव भईरहेकाे बेलामा गाैरब स्मृतिद्वारा फुल्टेक्रामा पानीकाे स्टाल राखी सर्वसाधारणकाे लागि खाने पानीकाे व्यवस्था गरिएकाे छ ।
नेपालगन्जकाे प्रचण्ड गर्मी बारे सबैमा सर्वविदितै छ । आज नेपालगन्जकाे ४३ डिग्री तापक्रम रहेकाे अवस्थामा फुल्टेक्रमा वितरण गरिएकाे पानीले सर्वसाधारणहरूलाई राहत भएकाे स्थानियले बताएका छन् । स्थानियका अनुसार गाैरब स्मृति फाउण्डेशनले वार्षिक रूपमा मानवता प्रेमी कामहरू गर्नुका साथै स्वास्थ क्याम्पहरू समेत चलाउँदै आईरहेकाे छ ।
गाैरब स्मृतिका संरक्षक प्रदीप शाहका अनुसार कान्छाे छाेरा गाैरब शाहकाे स्मृतिमा दर्ता गरिएकाे गाैरब स्मृति तथा बियाेर सेल्फ फाउण्डेशन नामकाे संस्थाद्वारा विगत वर्ष झै यस वर्ष पनि असार १ गतेका दिन मानव सेवा आश्रम तथा बागेश्वरी मन्दिर प्राङ्गणमा रहेका असहाय दुःखीहरूकाे लागि खानाकाे व्यवस्था गरिने जानकारी गराउनु भयाे ।

गाैरब स्मृति फाउण्डेशनका अध्यक्ष मधु शाह, सचिव सुदिप चाैधरी, काेषाध्यक्ष बिजय काेरी, सदस्यहरू अनिता बस्नेत, शिवम शाह, मुन्सि हज्जाम लगायतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *