Thursday, May 7सत्यम खबर
Shadow

विविध कार्यक्रम गरी ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा मनाइयो

नेपालगन्ज, ९ अषाढ – नेपालगन्जमा ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा एसओएस युवालय नेपालगन्जद्वारा बुधवार र शुक्रवार रक्तदान, युवालयका बालबालिका वीच विभिन्न खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको हो ।
एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासको अध्यक्षतामा शुक्रवार रोचक साँस्कृतिक कार्यक्रम सहित नेपालगन्ज उपमहानगपालिका वार्ड नं. १२ बेलासपुर स्थित एसओएस परिसरमा सम्पन्न समापन समारोहमा खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रममा सहभागीहरुलाई पुरस्कार वितरण गरियो भने एसओएस अभियानमा साथ दिने सहयोगीहरुलाई र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथिहरु नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादव र युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले सम्मान र विजयी बालबालिकाहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
एसओएस युवालय नेपालगन्जकी दिपेन्द्र शाही र सम्झना खड्का र सहायक निर्देशक लक्ष्मण कार्कीद्वारा सञ्चालित कार्यक्रममा एसओएस युवालय नेपालगन्जकी युवा निशा आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास, विशिष्ट अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादव पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा विशिष्ट अतिथि, अतिथिलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, वरिष्ठ पत्रकार पूर्णलाल चुके, वीरेन्द्र यादवले ३७ औं अन्तर्राष्टिूय एसओएसका संस्थापक डा. हर्मन माइनरको अवधारणा र सपनालाई साकार पार्नका लागि अभिभावक विहीन बालबालिकालाई संरक्षण, पालनपोषण र शिक्षा दिक्षा मात्र होइन अभिभावत्व दिएर उनीहरुको भविष्य निर्माण गरेर समाजमा स्थापित गर्न योगदान दिने एसओएस र यसका कर्मचारीहरुको जति सराहना गरे पनि कम हुने उल्लेख गर्नु भयो ।
कार्यक्रममा अध्यक्षीय मन्तव्य दिंदै एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले विश्वका १३६ देशमा अभिभावक विहिन बालबालिकाहरुको रेखदेख गरिरहेको एसओएसले आफ्नो खुट्टामा उभिनका लागि आत्मनिर्भर पनि बनाइरहेको बताउनु भयो । उहाँले भन्नुभयो एसओएस युवालय नेपालगन्जले मात्र ९८ जना युवायुवतिहरुलाई संरक्षण गरिरहेको छ ।
सो कार्यक्रममा एसओएसका निशा आचार्य, अञ्जली गिरी, सम्झना खडका, सपना सिजापति, जमुना सुनार, दुर्गा धामी, शर्मिला बिक लगायतले नृत्य प्रस्तुत गरेकी थिए भने विशाल सुनारले गीत गाएका थिए र सागर सुनारले संगीतमा सहयोग गरेका थिए ।
कार्यक्रममा एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले विगत १० वर्षलेखि एसओसलाई सहयोग गर्ने पत्रकार पूर्णलाल चुके र लालबहादुर खत्रीलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दाहरुको समेत उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा युवालयका नायव निर्देशक तुलाराम विश्वासले एसओएसका कर्मचारीहश्र सहायक निर्देशक मीनाकुमारी भुषाल (तुलाधर), सहायक निर्देशक लक्ष्मण कार्की, सिनियर लेखापाल खिम कुवँर, सिनियर काउन्सलर लक्ष्मण खनाल, नरेश क्षेत्री, विशाल राना, जया खनाल, तारादेवी चमार, कृष्णप्रसाद अधिकारीलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *