नेपालगन्ज, १६ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले श्रावण १ गतेदेखि एम्बुलेन्स सेवा निःशुल्क घरदेखि अस्पतालसम्म पाउने वडा भेला उपमहानगर मेयर प्रशान्त बिष्टले दोहो¥याउनुका साथै वडा नं. १८ उपमहानगर कै उत्कृष्ट कार्य प्रगति गर्ने वडा भएको प्रशंसा गर्नु भएको थियो ।
मेयर बिष्टले वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले जुन रुपमा अहोरात्र खटेर जनताको सेवा गरिराख्नु भएको छ त्यो स्वागत एवं प्रशंसा योग्य रहेको छ । उनले आफ्नो वडामा गर्नुपर्ने धेरै कार्यहरु गर्नुभएको छ । केही सीमित बजेट वडाको भएपनि उहाँले प्रदेश, केन्द्रबाट बजेट ल्याएर कार्यहरु गरेको सबैमाझ प्रष्ट रहेको देख्न सकिन्छ, बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका अहिले शिक्षाको क्षेत्रमा फड्को मार्ने हिसाबमा कार्य अगाडी बढाएको छ । उपमहानगरभित्र रहेको विभिन्न वडाहरुमा सामुदायिक विद्यालयहरुको भौतिक निर्माण, स्तरउन्नतिका निम्ति विभिन्न कार्यहरु गरिएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को वडा भेलामा बोल्दै प्रमुख अतिथि तथा मेयर बिष्टले दृष्टिबिहन एवं मोतिया बिन्दुहरुको अवस्था प्रदेश मै धेरै भएको हुँदा गत आर्थिक वर्षमा ७ सय जनालाई हामीले निःशुल्क सेवा उपलब्ध गराईसकेका छौं । पर्यटन विकास क्षेत्रमा पनि हामीले नेपालगन्ज उपमहानगरपालिकाबाट महाआरतीको शुरुआत गरेका छौं । विभिन्न धार्मिक स्थलमा समेत लगानी गरिएको जानकारी गराउनुका साथै बाटोमा रहेको स्ट्रीट लाईटहरुको कार्यप्रगति अन्तिम चरणमा रहेको बताउनुभयो ।
यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले वडाभित्र सम्पन्न भईसकेका कार्यहरु बारे जानकारी गराउनुका साथै आउने बजेटबाट के कति कार्यहरु गर्ने बारे जानकारी गराउनु भएको थियो ।
कृषि क्षेत्रको विकास एवम् बृहत्तर प्रगतिको लागि वडा भित्र रहेका कृषकहरुलाई प्रयाप्त पानी पु¥याउन ५० वटा बोरि· कार्य जारी रहेको भएपनि थप १० वटा बोरि· जडान अन्तिम चरणमा पुगेको बताउँदै १५ वटा शुद्ध खानेपानी धाराको जडान गरिएको जानकारी गराउनुभयो ।
वडा अध्यक्ष बर्माले वडाबासीहरुको सेवालाई ध्यानमा राखी घरमै बसी सेवा उपलब्ध गराउन सफ्टवयरको काम अन्तिमचरणको पुगिसकेको हुँदा अब छिट्टै सेवा उपलब्ध हुने बताउँदै धेरै जसो वडाको कार्यहरु घर मै बसी गर्न वडाबासीहरुलाई सजिलो हुने जानकारी गराउनुभयो ।
सम्पन्न गरिएको विभिन्न कार्यहरु उपमहानगरपालिकाको बजेट, प्रदेश सरकार तथा संघीय सरकारको बजेटबाट सम्पन्न गरिएको जानकारी गराउनुका साथै थप छुटेका योजनाहरु अब आउने बजेटमार्फत सम्पन्न गर्ने जानकारी गराउनुभयो ।
आर्थिक वर्ष २०७९÷०८० को बजेट मार्फत शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य प्रगति गरिएको भए पनि वडा नं. १८ को विभिन्न स्थानहरुमा बाटो, नाला, ढल, माटो पटान, ग्राबेल, विद्यालय भवन निर्माण, सरकारी तथा गैरसरकारी विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराई साईबर क्राईम लगायतको कार्यलाई समेत प्राथमिकता साथ गरिएको बारे विभिन्न योजनाहरु सम्पन्न भएको वडाध्यक्ष बर्माले जानकारी गराउनु भएको थियो ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाअध्यक्ष कौशल धोबीले हामीले चुनावको बेला गरेको प्रतिबद्धता अनुसार घरमै पैसा उपलब्ध गराउने बारे बैंकको व्यवस्थापन चुस्तदुरुस्त नभएको हुँदा ढिलो भएपनि अब केही समयमा समाधान हुने तथा जनताको खाता मै पैसा पुग्ने व्यवस्थापन अन्तिम चरशमा रहेको जानकारी गराउनुभयो ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष गोपाल पुनले सार्वजनिक जग्गाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसतर्फ वडा नं. १८ ले पहल गरेजस्तै अन्य वडाअध्यक्षहरुले समेत पहल गर्नुपर्ने बताउँदै वडा नं. १८ का वडाअध्यक्ष बर्माले प्रदेश र केन्द्रबाट ल्याएको बजेटले डाहा उत्पन्न भएपनि उनको यही कार्यप्रगतिले गर्दा वडाध्यक्ष बर्माले वडाबासीले पुनः अवसर दिएको हुनुपर्दछ भन्नुभयो ।
अध्यक्ष पुनले उपमहानगरलाई प्रभाव पार्ने कार्यहरु गर्न सक्नु पर्दछ । सबभन्दा ठूलो वडाहरुको रुपमा २३ वटै वडा मध्ये वडा नं. ४,१८,२० भएको हुँदा कार्यप्रगतिको रुपमा पछाडी परेको अवस्था भए पनि अब फड्को मार्न सक्नु पर्दछ भन्ने उदाहरण वडा नं. १८ का वडाअध्यक्ष बर्माले शुरुआत गरिसकेका छन् । वडा नं. १८ ले सार्वजनिक जग्गा संरक्षण गर्ने बारे ल्याएको नीति अनुसार अन्य वडाहरुले जनताको हिताको लागि भएपनि त्यस खाले नीतिहरु ल्याउनु आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष पुनले हाम्रो दिमागमा हाल बाटो बनाउने, नाला बनाउने, लगायतको बनाउने कुरा मात्र सीमित भएको हुँदा वडाको बजेटबाट १ किलोमिटर बाटो समेत बनाउन नसक्ने भएको हुँदा सो व्यवस्था प्रदेश र संघले हातमालो गर्नुका साथै उपमहानगरलाई प्लाष्टिक मुक्त शहर बनाउने तर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, नेकपा एमालेका नगर अध्यक्ष दत्त प्रसाद आचार्य, वडा नं. १८ का सचिव बृज भुषण खाँ लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन वरिष्ठ कलाकार कमल बिक निर्माहीले गर्नु भएको थियो ।
वडा भेलामा सहभागि भएका पाहुनाहरुलाई वडा सदस्य दिगविजय ढुङ्गनाले स्वागत गर्नु भएको थियो । अधिकांश वक्ताहरु तथा वडाका सहभागिहरुद्वारा वडा नं. १८ मा गरिएको विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत कार्यको प्रशंसा गर्नुका साथै कार्यक्रमको शुरुआतमा वडा नं. १८ को कार्यप्रगति बारे पत्रकार आषिश मल्ल ठकुरको टीमद्वारा तयार गरिएको डाकुमेन्ट्री देखाईएको थियो ।