Monday, December 8सत्यम खबर
Shadow

बागेश्वर धामका बाबालाई नेपाल आउन निमन्त्रण

नेपालगन्ज, २३ जेठ – भारतको विभिन्न राज्यमा हिन्दु राष्ट्र भोषणा गर्ने अभियानका साथ चर्चामा रह“दै आईरहेका मध्यप्रदेशको छतरपुरमा रहेको बागेश्वर धाम सरकारलाई नेपाल भ्रमणको निम्तो दिईएको छ ।
उक्त निम्तो नेपालका एक मात्र अरबपति तथा पश्चिम नवलपरासी संसदीय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य विनोद चौधरीका कान्छो छोरा वरुण चौधरीले बागेश्वर बाबाको आश्रम मै गएर दिईएका छन् ।
उहाँ चौधरी ग्रुपको भारतीय बजारका लागि प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ दिल्लीमा रहेर भारत र दुबईमा व्यापार सञ्चालन गर्दै आउनु भएको छ ।
चौधरी गु्रपले सिजी सिमेन्ट लगायतका नेपाली उत्पादनका वस्तुहरुको भारतीय बजारमा व्यापार गर्दै आएको छ । वरुण चौधरीले हिन्दु धर्मगुरु बागेश्वरी धाम सरकारलाई नेपाल भ्रमणमा आउन नियन्त्रणा दिनु भएको छ ।
चौधरी मध्यप्रदेशको छतरपुरमा रहेको उनको आश्रममा भेटेर बागेश्वर धाम सरकारलाई नेपाल भ्रमणको निम्तो दिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *