Thursday, February 13सत्यम खबर
Shadow

जेठको अन्तिम मंगलबार उपमहानगरको विभिन्न स्थानमा प्रसाद वितरण

नेपालगन्ज, ३० जेठ – वर्षभरीको १२ महिनामा नपाईने पुण्य जेठ महिनामा दान, धर्म, भोज, भण्डारा, पुजा, आराधनाबाट कमाउन सकिन्छ भन्ने धार्मिक मान्यता रहेको पाईन्छ ।
सोही मान्यता अनुसार आज जेठ महिनाको अन्तिम मंगलबारका दिन नेपालगन्जको विभिन्न चोक, सडकहरुमा आफू खुसी प्रसाद वितरण कार्यक्रम सम्पन गरिएको छ ।
सोही प्रसाद वितरण गर्ने क्रममा फुल्टेक्रा चोक स्थित शिव मन्दिर छेउमा भक्तजनहरु माझ प्रसाद वितरण गरिएको थियो ।
श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिर प्रताप सिंहको एक लगानीले आज मंगलबार शिव मन्दिर चोकमा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सोभन्दा अगाडी गत मंगलबारका दिन आंचल ज्वैलर्सका सञ्चालक क्रान्ति सोनीको एकल लगानीमा प्रसाद वितरण गरिएको थियो ।
त्यसैगरी, फत्तेबाल आँखा अस्पताल अगाडी समेत प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ । साहु समाज जिल्ला कार्य समिति, बाँके, साहु समाज युवा जिल्ला कार्य समिति, बाँके तथा गौरव स्मृति तथा बियोर सेल्फ फाउण्डेशन नेपालगंजको संयुक्त आयोजनामा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *