नेपाली काँग्रेसको ६ वटा प्रदेश सभा क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता
नेपालगन्ज, ४ मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ६ वटा प्रदेश सभा क्षेत्रमा शनिबार (आज) उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । उम्मेदवारी मनोनयन पश्चात प्रदेश सभा क्षेत्र नम्बर ३ (क) र (ख) मा पदाधिकारी तथा प्रदेश प्रतिनिधी निर्विरोध निर्वाचित गरिएको छ ।प्रदेश सभा क्षेत्र नम्बर ३ (क) का मतदान अधिकृत विश्वजित तिवारीका अनुसार सभापतिमा केशवकुमार शाह निर्विरोध चयन निर्वाचित हुनु भएको हो । यस्तै उपसभापतिमा कन्हैलाल थारु र फरिरुद्धिन हल्वाई, सचिवमा धिरेन्द्रसिंह ठकुरी र निखिल बैगार तथा सह–सचिवमा नवराज रावल र तियाराम धोबी निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश प्रतिनिधीतर्फ खुल्ला र समावेशी कोटामा पनि सबै निर्विरोध निर्वाचित भएको तिवारीले जानकारी दिनुभयो ।
फाईल फोटो
यस्तै प्रदेश सभा क्षेत्र नम्बर ३ (ख) का मतदान अधिकृत बिक्रम भण्डारीका अनुसार सभापतिमा राजेन्द्रकुमार आचार्...








