
नेपालगन्ज, ४ मंसिर – नेपालगन्ज प्याब्सनले आज युवा तथा खेलकुद मन्त्रीलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिधालय सह परिक्षा नियन्त्रक सुमन गौतम, एन प्याब्सनका कुसुम रानाभाट कार्यक्रममा अतिथी ईस्वर पोख्रेलले निजि क्षेत्रलाई सरकारले विशेष ध्यान दिनु पर्ने र लगानी मात्र नभैइ निजि क्षेत्र भनेको युवाहरुको रोजगारिताको सम्भावना बोकेको हुनाले निजि प्रती निकै सहज बन्नु पर्ने बताउनु भयो ।
खेलकुद र विद्यार्थी एक अर्काको परिपुरक भएको र शिक्षा सङ्गै खेल्कुदका लागि पनि जोड दिनु पर्ने उनले बताए । कार्यक्रममा स्वागत मन्तव्य नरेन्द्र श्रेष्ठले राखेका थिए भने कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य सुनिलकुमार गुप्ता, एनप्याब्सन कुसुम रानाभाटले मन्त्रीको कार्यकाल सफलताको कामना गरेका थिए ।
मन्त्री अथकले युवाहरूले जागिर खोज्दै हिड्नु भन्दा स्वराेजगार बन्ने सम्भावना खोज्नु पर्ने बताउँदै हाम्रो देश मै थुप्रै सम्भावना भएको र तिनको पहल गर्नु पर्छ भन्नुभयाे । उहाँले नेपाल स्काउट सरकारी बिधालयलाई मात्र नभैइ प्राईबेट स्कुललाई पनि लग्ने विद्यार्थी भनेको राज्यको साझा हुन र सबैले एकै नासको अबसर पाउनु पर्ने बताउनुभयाे ।
कार्यक्रमको सञ्चालन नगर सचिब मानबहादुर थापाले गरेका थिए ।
