चन्द्रमा सिंह राशिमा, पूर्व र उत्तर दिशाको यात्रा शुभ रहला
आइतवार, पुस १९, २०७७
साइत : आज चन्द्रमा सिंह राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।
आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।
साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६:५४ बजेदेखि ८:१३ बजेसम्म उद्धेग बेलाबिहान ८:१३ बजेदेखि ९:३१ बजेसम्म चर बेलाबिहान ९:३१ बजेदेखि १०:५० बजेसम्म लाभ बेलाबिहान १०:५० बजेदेखि १२:०८ बजेसम्म अमृत बेलाबिहान १२:०८ बजेदेखि १:२६ बजेसम्म काल बेलादिनमा १:२६ बजेदेखि २:४५ बजेसम्म शुभ...



