Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै बिरोध प्रर्दशन

हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै बिरोध प्रर्दशन

अवधी, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलबस्तु, २ मंसिर - कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ सरकार बिरुद्ध र्याली सहित बिरोध प्रर्दशन गरेका छन् । जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ । छठ पर्वको दिन विभिन्न स्थान धनुषा, बारासहित हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिलवस्तु, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध र्याली निकालेका हुन् । र्यालीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेश २ सरकार विरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुँदै कृष्णनगर बाजार परिक्रमागरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकार...
नेपालगन्जमा शनिबार ७ औं म्याराथन, १० हजार सहभागिता हुने अपेक्षा

नेपालगन्जमा शनिबार ७ औं म्याराथन, १० हजार सहभागिता हुने अपेक्षा

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २ मंसिर – बाँकेबासीले आफ्नो सहभागिता दरो रुपमा गराए अन्तर्राष्ट्रिय लेबलमा ७ औं धारा नेपालगन्ज म्याराथानलाई चिनाउन सक्ने बताईएको छ । मंसिरको पहिलो साता पर्ने शनिबार ४ गते बिहान आयोजना हुन गईरहेको धारा नेपालगन्ज ७ औं म्याराथनमा राष्ट्रिय कृतिमानी व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।बाँकेबासीबाट १० हजार बढीको सहभागिता रहने अपेक्षा रहेको बताउँदै त्यसो हुन सके नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने सकिने आयोजकद्वारा जनाईएको छ । २०६३ साल मंसिर ५ गते नेपालमा भएको विस्तृत शान्ती सम्झौता भएको दिनलाई सम्झना र सकारात्मक रुपमा लिंदै नेपालगन्जको क्रिएटिभ ह्यान्डसको आयोजना र क्रिएटिभ नेपालगन्ज मिडिया एण्ड इभेन्टसको ब्यवस्थापनमा विभिन्न निजि क्षेत्रको सहयोगमा यस पटकको नेपालगन्जमा ७ औं राष्ट्रिय नेपालगन्ज म्याराथन सम्पन्न हुने भएको हो ।शनिबार सम्पन हुने म्...
माइती नेपालद्वारा मनोरंजन तथा सेवा क्षेत्र सञ्चालनको मापदण्ड मस्यौदा तयार गर्न कृष्णनगरमा छलफल

माइती नेपालद्वारा मनोरंजन तथा सेवा क्षेत्र सञ्चालनको मापदण्ड मस्यौदा तयार गर्न कृष्णनगरमा छलफल

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, २ मंसिर – स्थानीय स्तरमा मनोरञ्जन तथा सेवा क्षेत्र सञ्चालनको मापदंड मस्यौदा तयार गर्न स्थानीय मानव वेचविखन नियन्त्रण समिति संग परामर्श कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहारहरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो ।कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार कार्कीले उपस्थित सबैलाई धन्यवाद दिंदै स्थानीय स्तरमा मनोरञ्जन तथा सेवा क्षेत्र सञ्चालनको मापदण्ड मस्यौदा तयार गर्न आफूले कार्यपालिकामा उक्त बिषय लैजाँदै आवश्यक पहल समेत गर्ने बताउनुभयो । कार्य...
डुडुवामा क्याम्पस सञ्चालन गरिने

डुडुवामा क्याम्पस सञ्चालन गरिने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २ मसिंर – बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ नौरीगौढीस्थित पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरिएको छ ।आज विहीबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको उदघाटन गर्नुभएको हो । त्यस क्रममा उहाँले गाउँपालिकाले उच्च शिक्षाका लागि पालिका भित्रै एउटा क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराउँदै त्यसका लागि आधारभुत आवश्यकता तथा अध्ययन गरि क्याम्पस स्थापना गर्ने बताउनुभयो । अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा आकर्षण गर्न विभिन्न कार्यक्रम तथा योजना ल्याइएकोले यस क्षेत्रका विद्यार्थीहरुलाई गाउँ मै क्याम्पस भएमा अध्ययन गर्न सहज हुने भन्दै आफना बालबालिकालाई शिक्षातर्फ अघि बढाउन अभिभावकहरुलाई अनुरोध गर्नुभयो । डुडुवा गाउँपालिकाद्वारा रु २४ लाख आर्थिक सहयोगमा निर्माण भएको तीन कोठे भवन निमाणपछि बालबालिकाहरुलाई अध्ययन गर्न ...
क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २ मंसिर – बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस कम्पनीको लागि तोकिएका जिल्लाहरु ः सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि मिति २०७८ कार्तिक २८ देखि ३० गतेसम्म सोलु खुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलु खुम्बुमाबीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भयो । उक्त तालिममा १५ जनाव्यक्तिहरुको सहभागिता रहेको थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले...
‘शारदा/ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

‘शारदा/ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ मंसिर – एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदा/ढुण्डीराज– नाफिजआर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्नेछ । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने छन् । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रो...
भारतकाे सहयाेगमा नुवाकोट र गोरखामा ५० हजार आवास पुर्ननिर्माण

भारतकाे सहयाेगमा नुवाकोट र गोरखामा ५० हजार आवास पुर्ननिर्माण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३० कार्तिक –भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो । कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताइन् । उनले नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौँलगायतका क्षेत्रमा साँस्कृतिक सम्पदाहरू पुनः निर्माणमा सहयोग गरिरहेको बताइन् । उपप्रमुख खाम्पाले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार स...
रारा म्याराथन वैशाख ११ मा

रारा म्याराथन वैशाख ११ मा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ कार्तिक - लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए । ‘यस क्षेत्र कै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने,‘खेलकुद विकास त मुख्य उद्देश्य हो । यसले विशेष गरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफ्नैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’ अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसल कै अग्रणी संस्था हो । १५ वर्षदेखी अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट...
डुडुवा ४ मा निर्विरोध नयाँ नेतृत्व र प्रतिनिधी निर्वाचित

डुडुवा ४ मा निर्विरोध नयाँ नेतृत्व र प्रतिनिधी निर्वाचित

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, २८ कार्तिक – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके डुडुवा गाउँपालिका ४ नं. वडाको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको निर्वाचनमा वडा एकाइ सभापति पदमा पुन हरिबहादुर रेउले सर्वसम्मत रुपमा निर्विरोध चयन हुनुभएको छ ।रेउलेको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा बिजयकुमार गुप्ता र रोशन थापा, सचिवद्धयमा सुनिलकुमार गुप्ता र सुन्तली बुढाथोकी, सहसचिवद्धयमा मो. सद्दाम हुसेन खाँ र चम्फा खत्री निर्वाचित हुनुभएको छ । यस्तै कार्यासमितिको सदस्य पदमा मोहमद साजीद खाँ, मुस्तकीम खाँ, रमेश खटिक, जाहिदा साई, जान अली सैयद, लिल रोका, करिम खाँ, नवि नाउ, तिरथराम खटिक, मो. ईरफान खाँ, खेमराज कलवार, हरि प्रसाद कलवार, पुत्तन वागवान, शमसुल बढही, सलिम खाँ र्निविरोध सर्वसम्मत रुपमा चयन भएको मतदान अधिकृत रामु ओलीले बताउनुभयो । यसैगरि अधिबेशनले क्षेत्री...
“जिन्दगी नै कहानी हो” को बिमोचन

“जिन्दगी नै कहानी हो” को बिमोचन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – बाँके नेपालगन्जमा नेपाल र भारतका गरी एक दर्जन स्रष्टाहरुलाई एक कार्यक्रमका बीच नेपालगन्जको सिद्धार्थ कटेज एण्ड रेष्टोरेन्टमा २७ गते शनिवार सम्मानका साथै विशिष्ट साहित्यकार डा.कृष्ण जङ्ग राणाको आत्मकथा “जिन्दगी नै कहानी हो” को गृह बिमोचन गरिएको छ ।सर्वदा साहित्य सङ्गम बाँकेको आयोजनामा, शिक्षाबिद् तथा लेखक÷साहित्यकार किरण आचार्यको अध्यक्षतामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मीले दीप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सर्वदा साहित्य सङ्गम बाँकेका अध्यक्ष खगेन्द्र गिरि कोपिला र सचिव श्रीधर भण्डारीद्वारा सञ्चालित विशिष्ट साहित्यकार डा.कृष्ण जङ्ग राणाको आत्मकथा “जिन्दगी नै कहानी हो” को गृह विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा डा.कृष्ण जङ्ग राणाको आत्मकथा २२ औं कृतिको रुपमा “जिन्दगी...