Sunday, April 19सत्यम खबर
Shadow

कैलालीकाे घाेडाघाेडीमा कल्पवृक्ष लगाईयाे

नेपालगन्ज, ४ मंसिर – कैलालीमा तेस्रो कल्प वृक्ष लगाईएकाे छ । समाजसेवी रोहित कँडेलले कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा कल्पवृक्ष रोपेका छन् । उनलाई हरित हेमन्तले बिरुवा उपलब्ध गरेका थिए ।

यो बिरुवा हिन्दु धर्म अनुसार निकै धार्मिक महत्त्व राखेको बिरुवा हो । ६ हजार वर्षसम्म जीवित रहने कल्पवृक्ष रोपेका हुन । सो बोट रोप्नको लागी उनी नेपालगन्जबाट कैलाली पुगेका थिए ।

हिन्दु धर्ममा कल्पवृक्षको ठुलो महत्त्व छ । कल्पवृक्षको बारेमा वेद र पुराणमा उल्लेख गरिएको छ । कल्पवृक्ष स्वर्गको विशेष रूख भएको धार्मिक मान्यता छ ।

पौराणिक धर्मशास्त्र र हिन्दु मान्यता अनुसार यो रूखको मुनि बसेको व्यक्तिले चाहे अनुसारको जे पनि पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । यस अघि कैलालीका पत्रकार पुष्पराज जोशीले धनगढीको शिवपुरी धाममा कल्पवृक्ष रोपेका थिए ।

यो सँगै कैलालीमा कल्पवृक्षका ३ रुख रोपिएको बताइएको छ । कल्पवृक्षको पातमा भिटामिन सी अत्यधिक मात्रामा पाइन्छ । यस्तै गाईको दूध भन्दा दुई गुणा बढी क्याल्सियम पनि पाइने गरेको जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *