Sunday, April 19सत्यम खबर
Shadow

मधेश मिडिया मिसनबाट अवधी पत्रकारिता दिवस बैशाख ३ गते भब्यताले मनाउने निर्णय

नेपालगन्ज, ४ मंसरि – मधेश मिडिया मिसनले बैशाख ३ गते ६२ औं अवधी पत्रकारिता दिवस तथा नयाँ वर्ष २०७९ को शुभकामना आदान–प्रदान भब्यताले मनाउने निर्णय गरेको छ ।
आज शनिबार मधेश मिडिया मिसन नेपाल बाँके शाखाको बसेको बैठकले विविध निर्णयहरु गर्दै आजै मिसनको कार्यालयमा आफ्नो कार्यसमिति पदाधिकारीहरुलाई परिचयपत्र वितरण गरेको छ ।

सोही बैठकबाट बैशाख ३ गते अवधी र हिन्दी भाषामा बाँके जिल्लामा पहिलो पत्रिकाका प्रकाशक÷सम्पादक प० योगेश्वर प्रसाद मिश्रा ‘वैद्यजी’बाट विधिवत दर्ता गराउनु भएकोमा मातृभूमि साप्ताहिक २०१६ साललाई आधार मानी अवधी पत्रकारिता दिवसको स्थापना गरी भब्यताले मनाउने निर्णय गरेको छ ।


बैठक चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा बसेको थियो । जसमा उपाध्यक्ष मनोजकुमार कौशल, सचिव सन्ध्या शर्मा, सहसचिव रमेशचन्द्र कुमाल, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु सकिल अहमद राई, आकाश गुप्ता, देवीदयाल मिश्रा, शुभम् शर्मालगायतको उपस्थिति रहनुका साथै सल्लाहकार अजयकुमार गुप्ताको विशेष सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *