Sunday, April 19सत्यम खबर
Shadow

नेपालगन्ज म्याराथनको उपाधि एपीएफका बोगटीले जिते

नेपालगन्ज, ४ मंसरि – धारा सातौँ नेपालगन्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा ४२ किलोमिटर पूरा गरी उपाधि हात पारेका हुन् । योसँगै उनले एक लाख रूपैयाँ पुरस्कार जिते । किरण गत दक्षिण एसियाली खेलकुद (साग) मा ४२ किलोमिटर म्याराथनतर्फ नेपाललाई स्वर्ण दिलाएका खेलाडी हुन् ।
बोगटीलाई पछ्याएका नेपाली सेनाका नरेन्द्र रावलले उपविजेतामा चित्त बुझाए । रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरे । उनले ५० हजार नगद पुरस्कार पाएका छन् ।


तेश्रो स्थानमा एपिएफ कै सन्तोष बिष्ट भएका छन । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका छन् ।
यसैगरी, नेपालगन्ज हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारिन् । एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा हाफ म्याराथन पूरा गरेकी उनले ५१ हजार पुरस्कार पाइन् । उनी पनि १३ औँ सागमा १० किलोमिटरतर्फ स्वर्णविजेत खेलाडी हुन् । सन्तोषीलाई पछ्याएकी एपीएफकी पुष्पा भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरिन् । सुर्खेतकी बिन्दु हमाल तेस्रो भएकी छिन । उनले १ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा सो दुरी पार गरिन ।


सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिबार क्रियटिभ ह्याण्ड्सले नेपालगन्ज म्याराथन आयोजना गर्दै आएको छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेको सातौँ धारा नेपालगन्ज म्याराथनमा अभिनेता राजेश हमाललगायत सेना, पुलिसका उच्च अधिकारीहरू उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *