
डुडुवा गाऊँ पालिका वडा नं.३ बनकटवा बस्ने लगभग १६ बर्ष राम शंकर चमारको दुर्घटनामा परी भएको निधनको आज तेस्रो दिन पनि सहमति नभएको कारण निजको लाश भेरी अस्पतालमै राखिएको छ ।
यही मंसीर १ गतेका दिन डुडुवा ३ देखि आफ्नो दीदीको घरमा जान लागेका राम शंकरंलाई डुडुवा २ संतलिया गाउ नजिक डुडुवा गाऊ पालिका वडा नं.१ बस्ने बिनोद लोनियाले मादक पदार्थ सेवन गरी तीब्र गतिमा चलाई रहेको टै«क्टरले किचिए पछि उपचारको क्रममा निज राम शंकरको ज्यान गएको । दुर्घटना लगत्तै निजलाई भेरी अस्पतालमा पु¥याई उपचारको क्रममा निधन भएको कुरा निज मृतकका भिनाजूले बताएका हुन ।

निज मृतकको बाबु जयपत्तर चमारले छाती समाती मेरो दुई छोरा एउटा ४÷५ बर्ष देखि गायब छ, अर्कोलाई टै«क्टरले मारि दियो हामीलाई पनि मारदिए हुन्छ भनी आमा बाबु दुबै जना तीन दिन देखी रुँदै अचेत हुँदै गरेका छन । बुढेसकालको सहारा नै नरहे पछि कसरी बाच्ने भनी आमा बाबु मर्ने बाँच्ने दोसाँधमा रहेका छन ।
चालक अनुमति पत्र बिनोद लोनिया संग नभएपनि निजले टै«क्टर चलाई ब्यवसाय गर्दै आईरहेका थिए । केही दिन पहिला बिर्ता भन्ने ठाऊँमा दुर्घटना भई एउटा बाख्रा निजले चलाई रहेको टै«क्टर बाटै मरेको थियो । निजले मादक पदार्थ सेवन गरी तीब्र गतिमा नभएको भए मेरो सालो मर्ने थिएन भनी शंकर चमारको भिनाजूले बताएका छन । निजले यस्ता चालकलाई कानूनी दायरामा ल्याई निज माथि कडा भन्दा कडा कानूनी कार्यवाहीको मांग गर्नु भएको छ ।
मृतकका आमा बाबुको एकमात्र सहारा खोसिएकोले गाऊँ वासीहरु समेत सोकाकुल बनेका छन । निज मृतकले दाउरा बेची बाबु आमालाई पाली आएको र अब सो पनि खोसियो, बाबु आमाले हात मुख जोर्न अप्ठ्यारो परेको कुरा बुद्धराम जयसवालले बताए । यता राजनीति कर्मीहरु गरीबको सहारा नबनी यो दुर्घटनालाई लिएर राजनीति शुरु गरेका छन । कसैले पनि आमा बाबुको मर्का नबुझेको जयसवालको भनाई रहेको छ । सहमती गरी असहाय आमा बाबुले पाई रहेको क्षतिपूर्ति रकममा पनि कटौती गरी राजनीति कायम राख्न खोजेको कुरा बताएका हुन । हाल केश मिलाउन चलखेल भईरहेको कुरा श्रोतले जनाएको छ । यो समाचार तयार पर्दा सम्म लाख भेरी अस्पतालमै रहेको अवस्था छ ।