Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

चिनियाँ ठेकदारमाथि स्थानीयद्वारा कुटपिट

चिनियाँ ठेकदारमाथि स्थानीयद्वारा कुटपिट

अपराध, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ मंसिर –प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयले आक्रमण गरेका छन् । काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका छन् । कुटपिटबाट दुई चिनियाँ प्राविधिक घाइते भएको आयोजनाका एक अधिकारीले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी स्थानीयलाई काम नदिएको र स्थानीय उत्पादन नलिएको भन्दै असन्तुष्ट समूहले आयोजनास्थलमा पुगेर झैझगडा गरेको बताए । धक्कामुक्की भएको भन्ने खबर आएपछि मैले प्रहरी परिचालनका लागि निर्देशन दिइसकेको छु,’ जैसीले भने,’आयोजनालाई हामी भरपर्दो सुरक्षा दिन्छौं ।’ मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण भइरहेको छ । तर, आयोजनामा बारम्बार विवाद भएपछि यसबारे निर्माण कम्पनीले चिनियाँ तथा कोरियन दूता...
कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल, नेता महरा र गुरुङले भने–‘एकताको विकल्प छैन’

कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल, नेता महरा र गुरुङले भने–‘एकताको विकल्प छैन’

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौं, ६ मंसिर - नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) र सत्ताँरुढ नेकपा (माओवादी केन्द्र) बिच आज कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल भएको छ । नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताहरुबिच तयस्तो छलफल भएको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले (क्रान्तिकारी) ‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ को विषयमा चलाउँदै आएको वहस अभियानको अन्तर्गत आज सत्ताँरुढ नेकपा (माओवादी केन्द्र) सँग समेत छलफल भएको जनाएको छ । माओवादी केन्द्र (क्रान्तिकारी) ले छलफलको विषयवस्तुबारे आफ्नो फेसबुक पेज मार्फत नोट प्रकाशन गर्दै त्यस्तो जनाएको हो । माओवादी केन्द्र (क्रान्तिकारी) ले पार्टीको योजना अनुसार सबै माओवादी तथा कम्युनिष्ट र देशभक्त, प्रगतिशिल, परिवर्तनकारी राजनीतिक दल, समूह लगाएतसँग कम्युनिष्ट एकता र जनवाद स्थापनाबारे गम्भिर छल...
“सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’’

“सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’’

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
युवराज थापानेपालगन्ज, ६ मंसिर – सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विधालयको संयुक्त साझेदारी र बिशेष गरी नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा “सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’’ भन्ने नाराका साथै आज देखि नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ बाट सरसफाई अभियान थालिएको छ । आजको उदघाटन संगै गरिएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष सुरेन्द्र गुप्ताको अधक्ष्यतामा सम्पन्न गरियो । प्रमुख अतिथिमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसी, बिशिष्ट अतिथि प्रकाश डि.सी. र अतिथिमा नेपाल प्रहरी निरीक्षक डिल्लीबहादुर खत्री रहनु भएको थियो । कार्यक्रममा पत्रकार, बिभिन्न सामाजिक संस्था, विधालयबाट बिधार्थीहरुको पनि उपस्थिति रहेको थियो । कार...
इण्डोनेशियामा ३ लाख भन्दा बढीले वैदिक सनातन धर्म स्वीकारे

इण्डोनेशियामा ३ लाख भन्दा बढीले वैदिक सनातन धर्म स्वीकारे

आस्था, धार्मिक, प्रदेश ५, विदेश, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – केही वर्षदेखि सम्पूर्ण युरोप र केही इस्लामी राष्ट्रमा वैदिक सनातन धर्मको प्रभाव बढेको छ ।केही दिन अघि इण्डोनेशियाकी राजकुमारी सुकमावतीले एक कार्यक्रम बीच वैदिक सनातन धर्म स्वीकारेपछि त्यहाँ वैदिक सनातन धर्म स्वीकार्ने लहर नै चलेको छ ।राजकुमारी सुकमावतीले वैदिक सनातन धर्म स्वीकार्दा समय एकै पटकमा ३३ हजार भन्दा बढीले वैदिक धर्म स्वीकारे थिए । अब दिनहुँ त्यहाँ वैदिक धर्म स्वीकार्ने लहर चल्दा ३ लाख भन्दा बढी जनताले वैदिक धर्म स्वीकारी सकेका छन् । यस्तै स्थिति रही रहने हो भने इण्डोनेशिया केही दिनमा नै हिन्दु राष्ट्रको रुपमा स्थापित हुने भएको छ । फोटोः गुगल अहिले रुश, अमेरिका, तुर्की, इरान लगायत १ सय ६० भन्दा बढी राष्ट्रमा वैदिक सनातन धर्मको प्रभाव बढ्दै गएको छ । जसको कारण विश्वको २ तिहाई स्थान केशरिया रंगमा रंगने अवस्था सिर्जित हुन थालेको छ ।हाम्रो देश नेपाल प्राचीनका...
गरीब व्यक्तिको पहुँचभन्दा टाढा हुँदै गएको विभिन्न निर्वाचनहरु

गरीब व्यक्तिको पहुँचभन्दा टाढा हुँदै गएको विभिन्न निर्वाचनहरु

आस्था, प्रदेश ५, बिचार, समाज
मितिः २०७८ मंसिर ६ गतेडी. के. त्यागीनिर्वाचनको जिकिर आउदै जनतामा एक प्रकारको उत्सुक्ता पैदा हुन्छ । यो यस कारण कि उनी बर्तमान जनप्रतिनिधी बाट दिक्क भएका हुन्छन । नया जनप्रतिनिधी आउन्छन भने त्यसले जनताको हितमा नयानोलौ प्रकारको विकास कार्यहरु गर्छ यो कुृरा बुझी जनता निर्वाचनबाट नयां जनप्रतिनिधी रोज्नेतर्फ लाग्छन तर भन्ने गरिन्छ कि जुन जोगी आए पनि कानै चिरेका हुन्छन नया जनप्रतिनिधी निर्वाचित भएर आउन्छन र त्यसले पनि पुरानो जनप्रतिनिधी अनुसार नै जनतको अहित गर्ने काम शुरु गर्दछन । अहिलेका जनप्रतिनिधी जनताको इच्छा आकांक्षँ र चाहना अनुसार किन काम गदैनन यो कुरा बुझन खोज्दा पाइन्छ कि बिभिन्न राजनीतिक दलमा गरीव,निर्धन र अतिपिछिडिएको बर्गबट ठूलो संख्यामा राजनितीक कार्यकर्ता कार्य गर्दछन उनीहरु दशकौंसम्म आफ्नो पार्टीकोलागि काम गर्दछन । तर निर्वाचन को समय यिनीहरुलाई निर्वाचन लडने मौका पार्टीले दिदैन उनी...
स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यस्मृति दिवस मनाइयो

स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यस्मृति दिवस मनाइयो

आस्था, प्रदेश ५, विदेश, समाचार
– विद्रोहीनेपालगन्ज, ६ मंसिर – हिन्दु हृदय सम्राट स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यस्मृति दिवस श्रद्धापूर्वक मनाइएको छ ।बाला साहेब ठाकरेको १७ नोभेम्बर २०१२ मा मुम्बईमा निधन भएको थियो । ठाकरे सम्पूर्ण विश्वका हिन्दु समुदायको सच्चा हितैषी रहनु भएकोले सबैले उहाँलाई श्रद्धापूर्वक हिन्दु हृदय सम्राट भनि सम्बोधन गर्थे । अयोध्यामा रहेको बाबरी मस्जिदलाई कारसेवकले भत्काउँदा सबै भन्दा पहिले सो डाँचा मेरो शिवसैनिकले भत्काएका छन् यसमा मलाई ठूलो गर्व छ उहाँले भन्नु भएको थियो ।ठाकरेको नवौं वार्षिक पुण्यतिथि कार्यक्रम बुधवार दिन महाराष्टूस्थित शिवाजी पार्कमा आयोजित गरिएको थियो । यस कार्यक्रममा महाराष्टूका मुख्यमन्त्री तथा उनका पुत्र उद्धव ठाकरे नाती आदित्य ठाकरे शिवसेना नेता संजय राउत लगायत पुगी ठाकरेको समाधिमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । ठाकरेले आफ्नो सम्पूर्ण जीवनमा सत्ता र ...
नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) र (माले) का महासचिवबिच भेटवार्ताः कम्युनिष्ट एकताको आवश्यकता बारे छलफल !

नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) र (माले) का महासचिवबिच भेटवार्ताः कम्युनिष्ट एकताको आवश्यकता बारे छलफल !

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ५ मंसिर - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र नेकपा (माले) का बिच आज काठमाण्डौंमा वृहत कम्युनिष्ट एकताको आवश्यकता र साम्यवादी लक्ष्यका विषयमा गम्भिर छलफल भएको छ । नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) र नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनाली (सी.पी.) बिच भएको भेटवार्ताका क्रममा त्यस्तो छलफल भएको हो । दुई पार्टीका महासचिवहरुको भेटवार्ताको क्रममा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले अघि सारेको ‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ लगाएत साम्यवादी लक्ष्य प्राप्तिको बाटो, कम्युनिष्ट पार्टीहरुको विभाजन, एकता र रुपान्तरणको अवस्था, आजको नेपाली समाजमा क्रान्तिको मोडेल लगाएत तमाम विषयमा गहन छलफल भएको थियो । उक्त छलफलमा माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका अध्यक्ष मनराज क...
नेकपा (माओवादी केन्द्र) कोहलपुरले सवै वडाहरुको अधिवेशन सम्पन्न गर्यो : नेता न्यौपाने

नेकपा (माओवादी केन्द्र) कोहलपुरले सवै वडाहरुको अधिवेशन सम्पन्न गर्यो : नेता न्यौपाने

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ५ मंसिर - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले कोहलपुर नगरपालिकाकाे १५ वटै वडा समितिको वडा अधिवेशन सम्पन्न गरेको छ । "नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’" भन्ने मूल नाराका साथ देशै भरका वडाहरुमा एकै दिन मंसिर ४ मा वडा अधिवेशन सम्पन्न गर्ने भनिएपनि कोहलपुरका २ वटा वडाहरु वडा नं ७ र १५ मा आज सम्पन्न भएपछि कोहलपुर नगरका सबै वडाहरुको अधिवेशन सम्पन्न भएको हो । विशेष कारणले हिजो सम्पन्न हुन नसकेका दुवै वडाहरुको अधिवेशन आज सम्पन्न भएसँगै सवै वडाहरुमा सर्वसम्मतरुपमा नेतृत्व चएन भएको माओवपादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले बताए । भुगोल र संगठित पार्टी सदस्यको आधारमा सबै जातजाती भाषा भाषीकोे प्रतिनिधित्व हुने गरी समावेशिताको आधारमा सवै वडाहरुमा नेतृत्व चयन भएको नेता न्यौपानेले बताए । अधिवेशनमा लोकतान्त्रिक र प्रजातान्त्रिक अभ्य...
कोहलपुर कला केन्द्र सञ्चालन

कोहलपुर कला केन्द्र सञ्चालन

आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ५ मंसिर - कोहलपुर नगरपालिका कृषि बजार नजिकै कोहलपुर कला केन्द्र सञ्चालनमा आएको छ । शनिवार भव्य समारोहका विच चलचित्र क्षेत्रका उदयमान डाइरेक्टर राजु गिरीले कोहलपुर कला केन्द्रको उद्घाटन गर्नुभएको हो । नेपाली कथानक चलचित्र पुरा भयो सपना मेरोको छायाङकन गर्न आएका डाइरेक्टर गिरीले कला क्षेत्रलाई माया गर्नुपर्छ, कला प्रदर्शनले नै भविश्य उज्वल हुने भएको हुनाले कलाकारिता प्रति अहिलेको क्रेज बढ्दै गएको उहाँले बताउनुभयो । आफ्नो कला प्रस्फुटन र उजागर गराउन नृत्य पहिलो प्रथामिकतामा पर्ने गरेको उहाँले जानकारी गराउनुभयो । हरेक कार्यक्रमलाई रोचक बनाउन नृत्यमा बढि जोड दिने गरेको हुनाले नृत्यले मान सम्मान पाउने र मनोरञ्जन प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । लामो समय नृत्य क्षेत्रमा काम गर्दै आएका कला केन्द्रका नृत्य निर्देशक तथा प्रशिक्षक कुन्दन चन्दले प्रशिक्षण दिने कला केन्द्रमा हरेक प...
माओवादी केन्द्रको पक्षमा कृष्णनगरका मधेशी जनता

माओवादी केन्द्रको पक्षमा कृष्णनगरका मधेशी जनता

आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु, ५ मंसिर - नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिवार नेपाल भर नै वडा सम्मेलन गरेको छ । कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणमा पर्ने कृष्णानगर नगरपालिकाको वडा सम्मेलनमा माओवादी केन्द्रको जनलहर देखिएको छ । कृष्णानगर नगरपालिका मधेशी बहुल्य क्षेत्र भएता पनि कृष्णानगरमा माओवादी केन्द्र पहिलो शक्तिशाली पार्टीको रुपमा उभिएको छ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य रुद्रलाला बन्जाडे, कपिलवस्तु जिल्ला समितीका सल्लाहकार थानेश्वर खनाल, नगर अध्यक्ष जावेद आलम खाँ, इन्चार्ज केशर ओलीको प्रमुख अतिथ्यता विशेष अतिथी तथा निर्वाचन प्रमुखहरुको उपस्थितीमा कृष्णानगर नपाका आठ वटा वडा सम्मेलन सम्पन्न भयेको छ । वडा सम्मेलन गर्नको लागि केन्द्रले दिएको निर्देशको पुर्ण पालना गर्दै हामीले पनि कृष्णानगरको आठ वटा वडा सम्मेलन भव्य रुपमा सम्पन्न गरेको सचिवालय सदस्य बन्जाडेले बताउनु भ...