
काेहलपुर, ४ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगरपालिका वडा नं १० को अध्यक्षमा भुपेन्द्र सुनार चयन भएका छन् ।
शनिवार भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कोहलपुर १० को दोस्रो वडा सम्मेलनले सुनारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती चएन गरेको छ । जसको उपाध्यक्षमा पद्मा पौडेल, सचिवमा तेजबहादुर बस्नेत, सह सचिवमा सन्दीप थारु र कोषाध्यक्षमा पबित्रा घर्ति मगरलाई चयन गरेको छ ।
वडा सम्मेलनले सदस्यहरुमा अक्कलबहादुर सिजापती, लक्ष्मी कुँवर, करिश्मा चन्द, रेउली एडी, बिर बहादुर रोकाय, कालि बहादुर रोकाय, नुर दिप कठायत, रोशन रावत, सर्जन घर्ति मगर, गिता रोकाय, मिमा पार्की कुमाल, अर्जुन देवकोटा, प्रेमबहादुर खत्री, तेजबहादुर थापा, धर्मबहादुर शाही र श्रीबहादुर बस्नेतलाई चयन गरेको छ ।
सम्मेलनले १५ जना नगर प्रतिनिधी, सल्लाकाहार समिती सदस्य, जेष्ट कम्युनिष्ट मंञ्चका लागि पनी वडावाट जाने प्रनितिधी छनोट गरेको निवर्तमान अध्यक्ष देबीलाल बोहराले जानकारी दिए ।
सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तुलाराज बिष्ट (बिहानी)ले माओवादी पुर्न गठन अभियानमा रहेको भन्दै माओवादीलाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने बताए । राजनैतिक परिर्वतमा माओवादीले खेलेको भुमिका जस्तै अव बिकास र समृद्धिका लागि पनि माओवादीले नै पहल कदमी लिने दाबि गरे ।
माओवादी केन्द्रको शनिवार देश भर वडा सम्मेलनहरु भई रहेका छन । जस अन्तर्गत कोहलपुर नगरपालिकाका १५ वटै वडमा सम्मेलनहरु भई रहेका छन् । सम्मेलन अघि कोहलपुर नगरपालिका वडा नं ११ मा झाकि र र्याली सहित नगर परिक्रमा गरेको माओवादी नेता बलबहादुर खड्काले जानकारी दिए ।
