
‘नमुना’ फोहरमैला व्यवस्थापनमा एक कदम अगाडि बढेका छौंः विष्ट
नेपालगन्ज, १२ मंसिर - नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । जिआइजेडको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ ।
एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख विष्टले अन्य फोहरको तुलनामा स्वास्थ्यजन्य फोहर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले आफूहरु निर्वाचित भइसकेपछि यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै तदारुकताका साथ काम गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो । नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाको सिंगो टिम नेपालकै नमुनाको रुपमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न सफल भएको बताउनुभयो ।
उहाँले फोहरमैला व्यवस्थापनको ...