Saturday, April 18सत्यम खबर
Shadow

नरैनापुरमा बिपद पूर्व अभ्यास कार्यक्रम सम्पन्न !

मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.५ भगवानपुर र ६ सोनबर्षा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त अभ्यास कार्यक्रममा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा अभ्यास गराउनु भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्षति न्यूनगर्न अभ्यास गराईएको थियो ।

उक्त अभ्यास कार्यक्रममा साईरन, हाते माईक, तीन प्रकारको झण्डा, डोरी, लाईभ जाकेट आदिको प्रयोग गरी नरैनापुर गाऊँ पालिकाका बिपद फोकल पर्सन लक्ष्मीकान्त शर्माले दिएको सूचनाका आधारमा कार्यदलहरुले आफ्नो भूमिका निर्वाह गर्दै उक्त अभ्यास गरिएको थियो । उक्त अभ्यास कार्यक्रममा दुबै गाऊँको गरी लगभग २५० जनाको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *