Saturday, April 18सत्यम खबर
Shadow

नरैनापुरलाई सि.एस.डि.आर.द्वारा, बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण !

आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत स्थानिय आपत कार्य सञ्चालन केन्द्र नरैनापुरलाई पूर्व सूचना सञ्चार, खोज तथा उद्धार, प्राथमिक उपचारका लागि क्षमता अभिबृद्धि गराई प्रभावकारी मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व सूचनालाई सुदृढिकरण गर्न सहयोग पु¥याउने हेतु सामग्री हस्तान्तरण गरिएको हो ।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र (सी.एस.डी.आर.) बाँकेको आयोजनामा पूर्व सूचना सञ्चार, खोज तथा उद्धार, प्राथमिक उपचारका लागि लाईफ जाकेट, हाते माईक, खोज तथा उद्धार डोरी, प्राथमिक उपचार बाकस, अग्नी नियन्त्रण सिलेण्डर, बेल्चा, गो ब्याग, टर्च लाईट, गमबूट (जुत्ता), फोल्डिङ्ग स्टे«चर, लाईफ ब्वाय रिङ्ग, टेन्ट, मेनुवल साईरन र थ्रो ब्याग आदि सामग्री नरैनापुर गाऊँ पालिकालाई हस्तान्तरण गरिएको छ ।

नरैनापुर गाऊँ पालिका अन्तर्गतका रहेका वडा नं.५ र ६ ले हरेक बर्ष बाढीले जन धनको क्षति ब्यहोर्दै आएको कारण क्षति न्यूनीकरणका लागि सामग्री बितरण गरिएको हो । अति जोखिममा रहेका समुदायलाई मनसून अगावै उक्त सामग्री दिने र मनसून पश्चात उक्त सामग्रीहरु फिर्ता लिने र उक्त सामग्रीहरुको मर्मत संम्हारको सम्पूर्ण जिम्मेवारी पालिकाको नै रहेको बताईएको छ ।

समुदायले बाढी आउनु भन्दा अगाडी समुदायलाई तयारी अवस्थामा रहने र आवश्यक परेको समयमा समुदायले माथि उल्लेखित सामाग्री प्रयोग गरि बाढीबाट हुन सक्ने धनजनको क्षतिलाई न्यून गर्न सक्ने अवस्था रहेको छ । मौसम पूर्वानुमानमा आधारित पूर्व सूचनाले समयमै सुरक्षित हुन, सम्भावित जनधनको क्षति कम गर्न र समय मै पूर्व तयारी गरि सामना गर्न सहयोग पुग्नेछ । स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रले समुदायमा समय मै सूचना दिन सक्ने र पालिकाले पनि आफ्नो तर्फबाट तयारी गर्नलाई सहयोग पुगेको छ ।

यसै गरी उपरोक्त सामग्रीको एक सेट नरैनापुर गाऊँ पालिका ६ नं.वडा कार्यालयको मातहतमा समुदायलाई हस्तान्तरण गरिएको छ । जुन समुदायलाई मनसून अगावै उक्त सामग्री दिने र मनसून पश्चात उक्त सामग्रीहरु फिर्ता लिने र उक्त सामग्रीहरुको मर्मत संम्हारको सम्पूर्ण जिम्मेवारी ६ नं.वडा कार्यालयको नै वडा कार्यालयले प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *